नयाँ दिल्ली– ब्याडमिन्टन स्टार पिवी सिन्धुलाई भारतको तेस्रो सर्वोच्च नागरिक अवार्ड पद्म भुषणबाट सम्मानित गर्न खेल मन्त्रालयले सिफारिस गरेको छ। ओलम्पिकमा रजत पदक जितेकी सिन्धुले थुप्रै उपाधि जितेकी छिन्। उनले २०१६ मा चाइना ओपन र यही वर्ष इन्डिया ओपन र केही समयअगाडि मात्र कोरिया ओपनको उपाधि जितेकी थिइन्।
सिन्धुले रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन्। उनले ग्लास्गो विश्व च्याम्पियनसिपमा पनि रजत जितेकी थिइन्।
सिन्धुसँगै भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पूर्व कप्तान महेन्द्रसिंह धोनीको नाममा पद्म भुषणको प्रस्ताव गरेको छ। धोनी विश्व क्रिकेटका पहिलो कप्तान हुन्, जसको नेतृत्वमा भारत तीनवटै भर्सनको च्याम्पियन बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।