• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फुटकै तहमा पुगेको हो नेकपा?

64x64
डिबी खड्का बिहीबार, असार १८, २०७७  १८:११
1140x725

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ सकेसम्म सम्हालिएर बोल्छन्। पार्टी बैठकको अवस्थाअनुसार उनको ‘मुड’ बन्छ। पत्रकार माझ प्रस्तुत हुँदा कहिले गम्भीर बन्छन्। कहिले ख्यालठट्टा गर्छन्। पार्टीलाई हानी हुने विषयमा उनी सकेसम्म जोगिएर प्रस्तुत हुन्छन्। तर बैठकमा छलफल भएको विषयको संकेत भने गर्छन्। त्यो संकेत गर्दा उनी ठट्यौलो लाग्छन्। 

बिहीबार स्थायी कमिटी बैठक भएको छलफलबारे पत्रकारहरूलाई जानकारी दिनुअघि प्रवक्ता श्रेष्ठले पत्रकारलाई लक्ष्य गरेर ठट्टा गरे, ‘तपाईंहरु हुनुपर्ने साक्षी मात्रै हो तर कहिलेकाही त्यो भन्दा बढी भइदिनुहुन्छ।’ यसबाट के बुझ्न सकिन्थ्यो भने सञ्चारमाध्यममा आएका विषयहरुलाई लिएर पार्टी नेताहरुको असमझदारीको खाडल बढ्यो। स्थायी कमिटी स्थगन गरेर भएको शीर्ष तहका नेताहरुको छलफलमा बुधबार भएका भेलाको विषय उठ्यो। सञ्चारमाध्यमबाट जानकारी लिएर उनीहरु एकअर्काप्रति बढी सशंकित भए। उनीहरुबीच दूरी बढ्दै गएको छ। 

यसरी बिहीबारको बैठकको जानकारी दिन सुरु गरेका श्रेष्ठले अन्त्य पनि केही संकेतसहित गरेका छन्। पत्रकारलाई मैले भाषा सिकाउनुपर्ने भन्दै उनले स्पष्ट रुपमा भनेको कुराले नेकपाको वर्तमान अवस्था छर्लङ्ग पारेको छ। बिहीबार अवस्थामा अध्यक्षहरू रहने हो भने नेकपा एकतामा गम्भीर संकट आएको उनको भनाइबाट स्पष्ट हुन्छ। त्यही संकट टार्न एकदिनका लागि स्थायी कमिटी स्थगित गरेको उनी बताउँछन्।

उक्त संकटको अर्थ बुझाइदिन भन्दै पत्रकारले गरेको प्रश्नमा श्रेष्ठको उत्तर थियो, ‘पार्टी एकतामा खतरा उत्पन्न भयो। पार्टी एकताको रक्षा गर्नुपर्छ। पार्टी एकतालाई सुदृढ गर्न अन्तिम पर्यत्न गर्नुपर्छ।’ पार्टीका शीर्ष नेताहरुबीच आइरहेको दरार नपुरिने अवस्थामा पुगेको त होइन भन्नेमा नेकपा कार्यकर्ता मात्रै होइन, शीर्ष नेताहरु पनि सशंकित छन्। 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' स्थायी कमिटीको बैठक बीचमै छाडेर शितल निवास पुग्नुमा फुटको सन्देह छ।  त्यसैले स्थायी कमिटीका अन्य सदस्यसँग छलफल गरेर अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगे। भेटमा उनले पार्टी फुटाउन सहज हुने अध्यादेश जारी नगर्न अनुरोध गरेका छन्। प्रचण्डको भनाइ उद्घृत गर्दै प्रवक्ता श्रेष्ठ भन्छन्, ‘कमरेड प्रचण्ड राष्ट्रपतिकहाँ जानुभएको कारणचाहिँ अध्यादेश ल्याउने चर्चा चलेको छ। अहिले त्यो अवस्था होइन भनेर अध्यादेश जारी नगर्न अनुरोध गर्नु हो।’ 

राष्ट्रपति भण्डारीले अध्यादेश आइनसकेको जानकारी अध्यक्ष प्रचण्डलाई दिएकी छिन् भने अध्यक्ष ओलीले पनि अध्यादेश नल्याएको उल्लेख गरेको जानकारी प्रचण्डले स्थायी कमिटीलाई दिएका छन्। तर, यति कुराले मात्रै नेकपा स्थायी कमिटी सदस्यहरु ढुक्क हुन सकेनन्। सबैको सुझाव रह्यो– पार्टी एकता संकटमा पर्न दिनुहुन्न। तपाईं शीर्ष नेताहरु अझै राम्ररी छलफल गर्नुहोस्। त्यसपछि बाँकी छलफल गरौंला।

त्यसैले शुक्रबार दिनभर दुई अध्यक्ष र शीर्ष तहका नेताहरुलाई छलफल गर्ने समय दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। उनले भने, ‘भोलि दिनभर अध्यक्षको कमरेडहरुको र परिआउँदा अन्य शीर्ष तहका नेताहरुबीच पनि संकट  समाधानका बारेमा छलफल हुनेछ।’ पार्टी एकतालाई सुदृढ गर्न आपसी छलफल आवश्यकता महसुस  गरेर शनिबार ११ बजेसम्मका लागि  स्थायी कमिटी स्थगित गरिएको बताए। 

पार्टी फुटतिरै उन्मुख भएको हो कि भन्ने शंका उत्पन्न हुने मैदान चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीले बनाइदिएका हुन्। बिहीबार दिउँसो बसेको मन्त्रिमण्डलले अनपेक्षित रुपमा संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गर्‍यो र केहीबेरमै राष्ट्रपति भण्डारीले अन्त्य गरिदिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु र स्थायी कमिटी सदस्यलाई समेत अधिवेशन अन्त्यको कारण थाहा भएन। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी नगर्ने बताएको उनले जानकारी दिए। संसद अधिवेशनको अन्त्यका बारेमा भने स्थायी कमिटी अनविज्ञ रहेको उनले बताए। उनले भने, ‘उहाँ बैठकमा आउनुभएन। जानकारी गराउनुभएन। आजै किन अन्त्य गर्नुपर्‍यो? त्यसको जवाफ सरकारसँगै होला।’

स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेको समयमा संसद् अधिवेशन अन्त्य गर्ने सरकारको चाह बाघ कराउनु र बाख्रो हराउनुको जस्तो संयोग बनेको छ। 

सकारबाट एक्कासी गरिएको यो निर्णयलाई लिएर अनेक लख काट्न थालिएको छ। पार्टीमा प्रधानमन्त्री केपी ओली रक्षात्मक अवस्थामा पुगेपछि धेरैले संसद अधिवेशन स्थगितलाई  पार्टी फुटाउने प्रक्रियामा रुपमा बुझेका छन्। 

अधिवेशन चलिरहँदा कुनै पनि अध्यादेश सरकारले ल्याउन नसक्ने भएकाले अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिएको सरकारकै केही मन्त्रीहरुको बुझाइ छ। ‘पार्टीमा उहाँलाई अप्ठ्यारोमा परेका बेला यस्तो निर्णय भएको छ। यसलाई दल फुटाउन सहज हुने अध्यादेश आउन सक्ने संकेत रुपमा पनि बुझ्न सकिन्छ। प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट दबाब बढ्दै गएपछि उहाँले आफूलाई बलियो बनाउन विभिन्न विकल्प बनाउनु स्वभाविक हो,’ एक मन्त्रीले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पार्टीभित्र ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले पेल्दै गए विभाजनको बाटो समात्ने रणनीति संकेत प्रधानमन्त्री ओलीले यसबाट गरेका हुन सक्छन्।  यो संकेतबाट उक्त समूह अध्यक्ष र प्रधानमन्त्रीको राजीनामाको विषयबाट पछि नहटे पार्टी फुटाउन सजिलो हुने अध्यादेश ल्याउन सक्छन्। यसअघि ल्याएर फिर्ता लिएको उक्त अध्यादेशले अब पार्टीभित्र अल्पमतमा परेपनि पार्टी फुटाउन सकिने बाटो खोलिदिनेछ।

राजनीतिक दलसम्बन्धी विद्यमान ऐनमा पार्र्टी फुटाउनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्य आवश्यक पर्छ। प्रचण्ड–नेपाल एक हुँदा नेकपाभित्र ओली समूह अल्पमतमा छ। संसदीय दलमा भने ओली पक्ष केही बलियो देखिन्छ। संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर पार्टी फुटाउने विकल्प केही महिना अघि उनले ल्याएको अध्यादेशमा छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली असफल भएको भन्दै १७ जना स्थायी कमिटी सदस्यहरुले उनको राजीनामा माग गरेका छन्। तर, बिहीबारको स्थायी कमिटी बैठकमा पुगेका आमन्त्रित स्थायी कमिटी सदस्य केशव बडालले प्रधानमन्त्री ओलीविरुद्ध असन्तुष्ट समूह खनिएपछि परिस्थिति बिग्रिएको बताए। बडालले भने, ‘बोलीको शैली सीमा पर गयो। परिस्थिति बिथोलियो।’

‘१७ जनाले स्थायी कमिटीमा बोलेको विषय गम्भीर रहेको चरम अपमानजनक भएको उनको बुझाइ छ। वर्तमान संकट गहिरिंदै गएको बेलामा समेत सचिवालय प्रभावकारी नभएको भन्दै उनले विघटनको माग गरेका छन्। 

पार्टीभित्र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले ‘इगो’ साँधेकाले विवाद लिएको उनले बताए। ‘आठौं महाधिवेशनमा केपी-जेएन लडे। इगो एउटा भयो,’ बडालले भने, ‘आठौं महाधिवेशनमा केपी नभई पार्टी नै चल्दैन भन्नुभएको नेपालजी आफैं नवौं अधिवेशनमा अध्यक्ष उठ्नुभयो। अर्को इगो भयो।’

अर्का नेता बामदेव गौतम निर्वाचन हारेसँगै प्रधानमन्त्री बन्ने लाइन बिग्रिएपछि उनमा पनि ‘इगो’ देखिएको बडालले बताए। पूर्व एमाले र माओवादीको एकता पानीसँग पानी मिसिएको जस्तो नभएको उनले स्वीकारे। अन्तर्घुलन हुन नसक्दा एकताले सार्थकता नपाएको बडालको बुझाइ छ।

घटनाक्रमले चरम रुप बुधबार बिहानदेखि लिएको हो। बुधबार प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई बालुवाटार बोलाएर सुझाव लिएका थिए। बुधबार बेलुकी कार्यकारी अध्यक्ष प्रचण्डले आफूनिकट नेता भेला गरे। बिहीबार बिहान ओलीनिकट नेताहरुलाई प्रचण्डले भेटेका थिए। प्रचण्डलाई भेटेका नेकपा संसदीय दलका उपनेता सुभाष नेम्बाङले परिस्थिति गम्भीर भएको बताएका थिए।  

प्रचण्ड–माधव समूह आफूलाई पदबाट राजीनामा गराएरै छाड्ने अवस्थामा पुगेको प्रधानमन्त्री ओलीले मात्रै बुझेका छैनन्, उनी पक्षीय नेकपा कार्यकर्ताले पनि बुझेका छन्। त्यसैले ओली पक्षका कार्यकर्ताले माइतीघर मण्डलामा प्रदर्शन समेत गरिसके। 

शुक्रबार नेकपाका लागि महत्वपूर्ण दिन हुनेछ। प्रधानमन्त्री ओलीको लचकताको अपेक्षा प्रचण्ड–माधव समूहले गर्नेछ। स्थायी कमिटीबाट आफूविरुद्ध निर्मम निर्णय नगर्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीको हुनेछ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १८:११
  • #ncp

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्