पेरिस – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमारको पारिश्रमिक सार्वजनिक भएको छ।
फुटबल लिकले दाबी गरेअनुसार यही सिजन पिएसजीमा आबद्ध नेइमार पारिश्रमिकमा भने दोस्रो नम्बरमा परेका छन्। उनी सिजनमा विश्वकै सर्वाधिक २२ करोड २० लाख युरो (२७ अर्ब ४० करोड रुपैयाँ) मा पिएसजीमा आबद्ध भएका थिए। उनको मासिक पारिश्रमिक ३० लाख युरो (३७ करोड रुपैयाँ) छ। यो हिसाबले उनको वार्षिक पारिश्रमिक ३ करोड ६८ लाख युरो हो। फुटबल लिकको दाबी अनुसार उनले दैनिक एक लाख (१ करोड २३ लाख रुपैयाँ), घन्टाको ४ हजार र मिनेटमा ६६ युरो कमाउँछन्।
नेइमारभन्दा अर्जेन्टिनी फरवार्ड कार्लोस टेभेजले गत वर्ष बढी पारिश्रमिक लिएका थिए। टेभेजले गत सिजन चाइनिज सुपर लिगमा साङ्घाइ सेनहुआबाट ३ करोड ८४ लाख युरो पारिश्रमिक लिएका थिए।
टेभेज र नेइमारको तुलनामा बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेसीको पारिश्रमिक थोरै छ। त्यसैले नयाँ हुने सम्झौतामा मेसीको वार्षिक पारिश्रमिक ४ करोड युरो पुर्याउउन लागिएको फुटबल लिकले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।