• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

के भारत युद्धको तयारी गर्दैछ?

64x64
नेपाल लाइभ मंगलबार, असार १६, २०७७  १५:३१
1140x725

काठमाडौं– भारत र चीनबीचको सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले रुस भ्रमण गरी फर्केका छन्। जुन २२ अर्थात् असार ८ गते राजनाथ सिंह रुस पुगेका थिए। २३ जुनमा राजनाथ सिंहले रुसका उपप्रधानमन्त्री युरेव बोरिसवलाई भेटे। उक्त भेटलाई उनले भारत र रुसबीच मित्रवत् सम्बन्ध मात्र नभई सैन्य र अन्य रणनीतिक साझेदारीको सम्बन्ध भएको बताएका थिए। 

रक्षामन्त्री सिंहको रुस भ्रमणलाई विश्व कुटनीतिमा दुई अर्थमा हेरिएको छ। चीनसँग रुस नजिक भएकाले भारत र चीनबीच वार्ता गराउन उसको मध्यस्थता र भारतलाई हतियार बिक्रीका सम्बन्धमा रुसले प्रयास गर्न लागेको आँकलन गरिएको छ। रक्षामन्त्री सिंहको भेटपछि के भयो भन्ने कुरा प्रष्ट रूपमा बाहिर आइसकेको छैन। यी विषय आगामी दिनमा सार्वजनिक हुँदै जाला।

हालै चीन र भारतबीचमा लद्दाखको गलवान क्षेत्रमा हिंस्रक झडप हुँदा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए। चिनियाँ पक्षमा भएको क्षतिको विवरण सार्वजनिक भएन। जसका कारण भारतले अपमान व्यहोर्नुपर्‍यो। चीनले भारतीय सैनिकले गलवान क्षेत्रमा लाइन अफ कन्ट्रोल (एलओसी) नाघेको आरोप लगायो। 

चीनमाथि निगरानी गर्न भारतले हिन्द महासागर क्षेत्रमा पनि सैनिक परिचालन बढाएको छ। पूर्व लद्दाखको गलवान उपत्यकामा भएको हिंस्रक झडपपछि भारतले हिन्द महासागरमा निगरानीका लागि सेना परिचालन बढाएको हो। अमेरिका र जापानका समुद्री आत्मरक्षा बलसँगै परिचालन भएका छन्। शनिबार भारतीय नौसेनाले उनीहरुसँग संयुक्त सैन्य अभ्यास गरेका थिए। 

भारत-चीन विवादका बीचमा केन्द्र शासित जम्मुकाश्मीरका जनतालाई दुई महिनासम्मका लागि पुग्ने गरी खाद्यान्न तथा अत्यावश्यक सामग्रीको जोहो गर्न  प्रशासनले निर्देशन दिएको छ। प्रशासनको यस्तो सूचनाले त्यहाँका स्थानीय भने चिन्तित भएका छन्। एलपिजी सिलिन्डर स्टक गर्न पनि प्रशासनले भनेको छ। प्रशासनले विद्यालय खाली गर्न पनि निर्देशन दिएको छ।

जम्मुकाश्मीरका राजनीतिक दलले भने प्रशासनको यो निर्देशनप्रति आपत्ति प्रकट गरेका छन्। त्यस्तै जिल्ला प्रहरी अधिक्षकलाई माध्यमिक र हाइस्कुलसमेतका शैक्षिक संस्था खाली गर्न भनिएको छ। प्रशासनले भने अमरनाथ यात्रामा जाने यात्रुका लागि बन्दोबस्ती गर्न यस्तो निर्देशन जारी गरिएको बताएको छ। तर सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता अल्ताफ ठाकुरले भारत-चीनका बीचमा जारी रहेको सीमा विवादका कारण यो क्षेत्र खाली हुन लागेको बताएका छन्। सुरक्षाकर्मीका लागि अस्थायी ट्रान्जिट क्याम निर्माणको काम गर्नका लागि भएको उनले बताए। मनसुन सुरु हुन लागेकाले स्थानीयलाई ग्याँसलगायत वस्तुको भण्डार गर्न भनिएको दाबी गरेका छन्।

भारत सरकारले जुन २९ मा टिकटकसहित ५९ एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार चीनमा निर्माण भएका टिकटकसहितका एपहरुमाथि प्रतिबन्ध लगाएइएको हो। भारतीय सरकारको सार्वभौमिकता र अखण्डतामा आँच ल्याउने यस्ता एप्लिकेसनलाई प्रतिबन्ध लगाइएको दाबी गरिएको छ। भारत र चीनका बीचमा सीमा विवाद चर्किरहेको समयमा भारतको यस्तो निर्णय आएकाले यसलाई पनि दुई देशबीचको कूटनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। 

प्रतिबन्ध भएका एप्लिकेसनहरूमा टिकटक‚ सेयरइट‚ क्वाइ‚ यूसी ब्राउजर‚ बाइडू म्यापलगायत रहेका छन्। पछिल्लो समय चिनियाँ उत्पादनको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै भारतीय नागरिकले सामाजिक सञ्जालमार्फत चर्को दबाब सिर्जना गरिरहेका थिए। भारतको पछिल्लो कदमसँगै दुई देशबीचको जारी सीमाको विवाद अब प्रविधि क्षेत्रमा समेत प्रवेश गरेको छ। यो प्रतिबन्धलाई भारतले चीनसँग प्रविधि युद्धको घोषणा गरेको रुपमा पनि हेरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भारत र चीनका बीचमा जारी सीमा विवादमा वार्ता भएपनि ठोस उपलब्धि हुन सकेको छैन। भारतले एलओसीमा रहेका अधिकारीका बीचमा वार्ता गरेपनि उच्चस्तरमा वार्ता हुन सकेको छैन। चीनले भारतीय सैनिकले गलवान क्षेत्रमा सीमा नाघेका कारण हिंस्रक झगडा भएको आरोप लगाउँदै आएको छ। भारतले यसको जवाफमा चिनियाँ पक्षले गलत गरेको भन्दै आएको छ। भारतीय प्रधानमन्त्री र सेना प्रमुखले ज्यान गुमाएका सैनिकको बलिदान खेर जान नदिने बताउँदै आएका छन्।

भारतले पछिल्लो समय सीमा क्षेत्रमा खटिएका सैनिकलाई हतियार प्रयोग गर्न सक्ने अनुमति दिएको छ। यसअघि यस्तो अनुमति थिएन। चीन र भारतले सीमामा दुवै देशले हतियार प्रयोग नगर्ने सहमति गरेका थिए। वर्षौंदेखि उक्त सहमति पालना हुँदै आएको थियो। तर असार २ गते गलवानमा भएको झडपमा २० सैनिकले ज्यान गुमाएपछि भारतले असार ८ गते नियन्त्रण रेखा (एलओएसी)मा खटिएका आफ्ना सैनिकलाई हतियार प्रयोग गर्ने अनुमति दिएको थियो। असार ५ गते चिनियाँ पक्षले नियन्त्रणमा लिएका १० भारतीय सैनिकलाई रिहाइ गरेको थियो। 

सैनिक स्रोतलाई उद्धृत गर्दै हिन्दूअखबारले जनाएअनुसार रिहा हुनेमा लेफ्टिनेन्ट कर्णेल र तीन मेजर थिए। गलवान उपत्यकामा यसै साताको सुरुमा दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। झडपमा भारतका ७६ सैनिक घाइते भएका थिए।

जारी विवादका बीचमा रक्षामन्त्री राजनाथ सिंह असार ८ गते रुस प्रस्थान गरेका थिए। रुससँग प्रतिरक्षा विषयमा आवश्यक छलफल गर्नका लागि उनी त्यसतर्फ प्रस्थान गरेका थिए। तीनदिने भ्रमणमा उनले मस्कोमा आयोजना भएको दोस्रो विश्वयुद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना भएको सैनिक परेडमा भाग लिएका थिए। त्यस्तै भारतले गोरखा रेजिमेन्टका सबै सैनिकलाई बिदा सकेर फर्कन निर्देशन दिएको छ। नेपाली रहेको यो रेजिमेन्ट सीमा क्षेत्रमा खटिँदै आएको छ।

Xtrem

Xtrem

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु मृतकमध्ये तीन बालबालिका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ भारतको राजधानी दिल्लीमा मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गर्न पुगेका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बनर... शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूलाई नदिइएकोमा पुनः असन्तुष्टि जनाउँदै यस निर्णयले नर्वेको प... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्