• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

के भारत युद्धको तयारी गर्दैछ?

64x64
नेपाल लाइभ मंगलबार, असार १६, २०७७  १५:३१
1140x725

काठमाडौं– भारत र चीनबीचको सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले रुस भ्रमण गरी फर्केका छन्। जुन २२ अर्थात् असार ८ गते राजनाथ सिंह रुस पुगेका थिए। २३ जुनमा राजनाथ सिंहले रुसका उपप्रधानमन्त्री युरेव बोरिसवलाई भेटे। उक्त भेटलाई उनले भारत र रुसबीच मित्रवत् सम्बन्ध मात्र नभई सैन्य र अन्य रणनीतिक साझेदारीको सम्बन्ध भएको बताएका थिए। 

रक्षामन्त्री सिंहको रुस भ्रमणलाई विश्व कुटनीतिमा दुई अर्थमा हेरिएको छ। चीनसँग रुस नजिक भएकाले भारत र चीनबीच वार्ता गराउन उसको मध्यस्थता र भारतलाई हतियार बिक्रीका सम्बन्धमा रुसले प्रयास गर्न लागेको आँकलन गरिएको छ। रक्षामन्त्री सिंहको भेटपछि के भयो भन्ने कुरा प्रष्ट रूपमा बाहिर आइसकेको छैन। यी विषय आगामी दिनमा सार्वजनिक हुँदै जाला।

हालै चीन र भारतबीचमा लद्दाखको गलवान क्षेत्रमा हिंस्रक झडप हुँदा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए। चिनियाँ पक्षमा भएको क्षतिको विवरण सार्वजनिक भएन। जसका कारण भारतले अपमान व्यहोर्नुपर्‍यो। चीनले भारतीय सैनिकले गलवान क्षेत्रमा लाइन अफ कन्ट्रोल (एलओसी) नाघेको आरोप लगायो। 

चीनमाथि निगरानी गर्न भारतले हिन्द महासागर क्षेत्रमा पनि सैनिक परिचालन बढाएको छ। पूर्व लद्दाखको गलवान उपत्यकामा भएको हिंस्रक झडपपछि भारतले हिन्द महासागरमा निगरानीका लागि सेना परिचालन बढाएको हो। अमेरिका र जापानका समुद्री आत्मरक्षा बलसँगै परिचालन भएका छन्। शनिबार भारतीय नौसेनाले उनीहरुसँग संयुक्त सैन्य अभ्यास गरेका थिए। 

भारत-चीन विवादका बीचमा केन्द्र शासित जम्मुकाश्मीरका जनतालाई दुई महिनासम्मका लागि पुग्ने गरी खाद्यान्न तथा अत्यावश्यक सामग्रीको जोहो गर्न  प्रशासनले निर्देशन दिएको छ। प्रशासनको यस्तो सूचनाले त्यहाँका स्थानीय भने चिन्तित भएका छन्। एलपिजी सिलिन्डर स्टक गर्न पनि प्रशासनले भनेको छ। प्रशासनले विद्यालय खाली गर्न पनि निर्देशन दिएको छ।

जम्मुकाश्मीरका राजनीतिक दलले भने प्रशासनको यो निर्देशनप्रति आपत्ति प्रकट गरेका छन्। त्यस्तै जिल्ला प्रहरी अधिक्षकलाई माध्यमिक र हाइस्कुलसमेतका शैक्षिक संस्था खाली गर्न भनिएको छ। प्रशासनले भने अमरनाथ यात्रामा जाने यात्रुका लागि बन्दोबस्ती गर्न यस्तो निर्देशन जारी गरिएको बताएको छ। तर सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता अल्ताफ ठाकुरले भारत-चीनका बीचमा जारी रहेको सीमा विवादका कारण यो क्षेत्र खाली हुन लागेको बताएका छन्। सुरक्षाकर्मीका लागि अस्थायी ट्रान्जिट क्याम निर्माणको काम गर्नका लागि भएको उनले बताए। मनसुन सुरु हुन लागेकाले स्थानीयलाई ग्याँसलगायत वस्तुको भण्डार गर्न भनिएको दाबी गरेका छन्।

भारत सरकारले जुन २९ मा टिकटकसहित ५९ एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार चीनमा निर्माण भएका टिकटकसहितका एपहरुमाथि प्रतिबन्ध लगाएइएको हो। भारतीय सरकारको सार्वभौमिकता र अखण्डतामा आँच ल्याउने यस्ता एप्लिकेसनलाई प्रतिबन्ध लगाइएको दाबी गरिएको छ। भारत र चीनका बीचमा सीमा विवाद चर्किरहेको समयमा भारतको यस्तो निर्णय आएकाले यसलाई पनि दुई देशबीचको कूटनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। 

प्रतिबन्ध भएका एप्लिकेसनहरूमा टिकटक‚ सेयरइट‚ क्वाइ‚ यूसी ब्राउजर‚ बाइडू म्यापलगायत रहेका छन्। पछिल्लो समय चिनियाँ उत्पादनको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै भारतीय नागरिकले सामाजिक सञ्जालमार्फत चर्को दबाब सिर्जना गरिरहेका थिए। भारतको पछिल्लो कदमसँगै दुई देशबीचको जारी सीमाको विवाद अब प्रविधि क्षेत्रमा समेत प्रवेश गरेको छ। यो प्रतिबन्धलाई भारतले चीनसँग प्रविधि युद्धको घोषणा गरेको रुपमा पनि हेरिएको छ। 

Ncell 2
Ncell 2

भारत र चीनका बीचमा जारी सीमा विवादमा वार्ता भएपनि ठोस उपलब्धि हुन सकेको छैन। भारतले एलओसीमा रहेका अधिकारीका बीचमा वार्ता गरेपनि उच्चस्तरमा वार्ता हुन सकेको छैन। चीनले भारतीय सैनिकले गलवान क्षेत्रमा सीमा नाघेका कारण हिंस्रक झगडा भएको आरोप लगाउँदै आएको छ। भारतले यसको जवाफमा चिनियाँ पक्षले गलत गरेको भन्दै आएको छ। भारतीय प्रधानमन्त्री र सेना प्रमुखले ज्यान गुमाएका सैनिकको बलिदान खेर जान नदिने बताउँदै आएका छन्।

भारतले पछिल्लो समय सीमा क्षेत्रमा खटिएका सैनिकलाई हतियार प्रयोग गर्न सक्ने अनुमति दिएको छ। यसअघि यस्तो अनुमति थिएन। चीन र भारतले सीमामा दुवै देशले हतियार प्रयोग नगर्ने सहमति गरेका थिए। वर्षौंदेखि उक्त सहमति पालना हुँदै आएको थियो। तर असार २ गते गलवानमा भएको झडपमा २० सैनिकले ज्यान गुमाएपछि भारतले असार ८ गते नियन्त्रण रेखा (एलओएसी)मा खटिएका आफ्ना सैनिकलाई हतियार प्रयोग गर्ने अनुमति दिएको थियो। असार ५ गते चिनियाँ पक्षले नियन्त्रणमा लिएका १० भारतीय सैनिकलाई रिहाइ गरेको थियो। 

सैनिक स्रोतलाई उद्धृत गर्दै हिन्दूअखबारले जनाएअनुसार रिहा हुनेमा लेफ्टिनेन्ट कर्णेल र तीन मेजर थिए। गलवान उपत्यकामा यसै साताको सुरुमा दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। झडपमा भारतका ७६ सैनिक घाइते भएका थिए।

जारी विवादका बीचमा रक्षामन्त्री राजनाथ सिंह असार ८ गते रुस प्रस्थान गरेका थिए। रुससँग प्रतिरक्षा विषयमा आवश्यक छलफल गर्नका लागि उनी त्यसतर्फ प्रस्थान गरेका थिए। तीनदिने भ्रमणमा उनले मस्कोमा आयोजना भएको दोस्रो विश्वयुद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना भएको सैनिक परेडमा भाग लिएका थिए। त्यस्तै भारतले गोरखा रेजिमेन्टका सबै सैनिकलाई बिदा सकेर फर्कन निर्देशन दिएको छ। नेपाली रहेको यो रेजिमेन्ट सीमा क्षेत्रमा खटिँदै आएको छ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका बीबीसी संवाददाता जियार गोलका अनुसार मारिएकाहरुको संख्या दुई हजारभन्दा अधिक रहेको छ । उनले भने, ‘सरकार पहिले पनि बल प्रयोग गर्दै आएको... मंगलबार, पुस २९, २०८२
ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् । सोमबार, पुस २८, २०८२
इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निष्कासनपछि गगनले भने– मैले नेतृत्वलाई कुरा बुझाउनै सकिनँ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्