• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

लकडाउन र सरिता खत्री [कथा] 

64x64
दुर्गा दुलाल शनिबार, असार १३, २०७७  १३:१२
1140x725

काठमाडौं जिल्ला अदालत। हतारोले खुट्टा फटाफट नै थिए। ढोकामा पुग्न दुई सिढी बाँकी थियो। कसैले पछाडिबाट आवाज दिएजस्तो लाग्यो। हो रहेछ। एउटा महिला आवाज थियो- ‘पत्रकार भाइ!’

फर्केर हेरेँ। मुखमा मास्क लगाएको भीडबाट एक अधबैंसे महिला मतिर हेरिरहेकी थिइन्। परै भए पनि अनुहार चिने झैँ लाग्यो। तर हो होइन यकिन भएन। चासो दिएर उनको आवाजलाई पछ्याएँ। उनी तलको सिढी कटेर आँगनमा थिइन्। 

चिनेकै त रहेछ। मेरी छिमेकी सरिता खत्री थिइन् उनी। रामेछापकी। उनी म भएतिर आउनुअघि नै म उनी भए ठाउँ पुगेँ। 

अनि अदालतमा किन त? प्रश्न मेरो थियो। 

उनको उत्तर-सानो मुद्दा थियो, पालो आएन।

तपाईंको पनि मुद्दा छ र? यो उनको प्रश्न थियो। 

मैले उत्तर दिनुअघि सोचमग्न भएँ। म १० वर्षदेखि अदालतमा यही सिढीहरुमा तलमाथि गर्दै बिताइरहेको छु। मैले यी आँगनमा उभिएर कतिलाई हाँस्दै बाहिरिएको देखेको छु। कतिलाई अँगालो मारेर भित्र छिरेको पनि। कोही अलग बाटो भएर निस्केका पनि देखेको छु। 

प्रेम विवाहदेखि परिवारको सहमतिमा भएका विवाह पनि यही अदालतको फाँट हुदै न्यायाधीशको.इजलाशमा टुंगिएको देखेको छु। कति मुद्दा मेरै आँखाले साक्षी भएर सम्बन्ध समाप्त पारेको देखेको छु। कति सम्बन्धहरु कागजी साइनोका लागि जोडिएको पनि देखेको छु। 

Ncell 2
Ncell 2
nimb
nimb

यसरी बिर्सजन भएका तमाम मुद्दाहरु फाँटबाट सुरु भइ तामेली हुँदै मुल्तवीबाट नबुझिने गरी सम्बन्धहरु समाप्त भएको पनि देखेको छु। 

आफ्नै आमाबाबुको हत्यादेखि छोरीलाई बलात्कार गर्ने बाबुहरुलाई अदालत छिर्दै र बाहिर निस्कदै गरेको देखेको छु। फसाइएका निर्दोषहरु न्यायको बलिमा चढेका साक्षी पनि सयौँ पटक हुनुपरेकै छ। 

लाटोकोसेरोदेखि भेनेजुयला सम्बन्धसम्मका मुद्दा खेपेमा भुँइमान्छेहरु न्यायका लागि अदालतको ढोकासम्म जबरजस्ती पुर्‍याइएका घटना पनि मैले देखेको छु।

न्यायका नौ सिङदेखि राडी र गाईका कथा, सार्थक र निरर्थक भएका घटनाहरुमा म दैनिक अदालतका फाँटहरु हेरिरहेको छु। आज उनको ‘तपाइँको पनि मुद्दा छ र?’ भन्ने प्रश्नको उत्तर मुद्दाका तमाम मामिलाहरुले मलाई घेरेजस्तो लाग्यो। 

मैले उनलाई देखेको र चिनेको धेरै भएको छैन। यस्तै एक वर्ष भएको होला। मेरो टोलमा मलाई नामले भन्दा पेशाले धेरै चिन्छन्। छिमेकमा यो पत्रकार हो भन्ने धेरैले बुझेकै छन्। 

पहिले-पहिले पनि उनीसँग यसरी कतै भेट हुँदा हाम्रो बोली सधैँ मुस्कानबाट सुरु भएर 'टाढै हिँडुनभएको?' मा समाप्त भएको मलाई याद छ। यस्तै हलुका सोधासोधको सम्बन्ध नै हो टोल वरपर मेरो। उति चासो र खोजी गरिरहन मन पनि लाग्दैन। 

सरिता खत्रीसँग पनि मेरो यही स्तरको चिनजानी हो। एक्कासी जिल्ला अदालतको भेट र उनको प्रश्नले सुरुमा म अकमकिए। मैले आफूलाई सहज बनाउँदै अदालत आउनु मुद्दा नभइ नियमित भएको बताएँ। अदालत र कानुनको विषयमा समाचार लेख्ने भएकाले यो मेरो दैनिकी थियो। 

अदालतमा यसैगरी सरिताहरु भेटिइरहन्छन् पनि। तर खै आज उनको प्रश्नले किन मुद्दाका तमाम अनुहारहरु याद आइरहेको छ। 
अब प्रश्न मैले नै गरेँ- एक्लै आउनु भएको कि अरु साथी छन्? 

उनले एक्लै आएको जवाफ दिइन्। मैले एक्लै या कोहीसँग भन्ने प्रश्नमा काममा हुने सहजताका लागि थियो। तर उनले असहज मान्दै सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको बताइन्। 

अवस्था अहिले असाध्यै खराब छ। विश्वस्थितिमा असामान्य परिस्तिथिले भुँइसम्म मान्छेलाई गाँजेको छ। आर्थिकमात्र होइन मानिसहरु मानसिक रुपमा पनि उधुम समस्यामा छन्। कोरोना भाइरसका कारण आइपरेको लकडाउनमा महिला हिंसाका घटनाहरु बढिरहेका छन्। सरितालाई पनि भएको त्यस्तै रहेछ। 

परिवारले आफूलाई मानसिक यातना दिएकाले सहन नसक्ने भएपछि अलग्गै बस्ने निर्णयमा पुगेकाे सरिताले बताइन्। इजलाश नम्बर ४ मा उनको मुद्दाको पेशी रहेछ। तर पालो नआउने भएपछि अर्के दिन आउन भनेर उनी फर्कंदै थिइन्। 

छोटो त्यही कुराकानीपछि उनी गेटतिर निस्किइन्। म माथि पस्ने ढोकातिर बढेँ। तर उनीबाट छुट्टिएपछि पनि मलाई उनको कुराबाट छुट्टिन लामो समय लाग्यो। त्यो भेटले मलाई नमीठो स्वाद दिइरह्यो। मनभित्रै पारिवारिक विघटनको श्रृंखलाले झल्को दियो। 

वैशाखसम्म नै पनि उनी कार्यालय जान सुट पाइन्टमा घर नजिक भेटिन्थिन्। परिचयको मुस्कानमा मुसुक्क हाँस्थिन्। म उसैगरी हाँसोले अभिवादन फर्काउँथेँ। उनी गन्तव्यतिर लाग्थिन्। म त्यतिबेला बिहानी हिँडाइ सकाएर फर्कंदै हुन्थेँ। 

उनको परिवारमा श्रीमानबाहेक अरुलाई म चिन्थेँ। श्रीमान् क्याम्पसका प्राध्यापक हुन् भन्ने चाहिँ सुनेको थिएँ। रामेछापको मन्थलीमा क्याम्पस पढाउँछन् भन्ने सुनेको हुँ। उनका १३ र ९ वर्षका दुई छोरीहरु छन्। छिमेकमा उनको तीन तले ढलान घर पनि मेरो मस्तिष्कमै छ। घरमा सासु र ससुरा मात्र थिए। 

ससुरा भूमिसुधारका पूर्वकर्मचारी थिए। आर्थिक रुपमा परिवारको अवस्था देख्दा सहज थियो। सरिता आफै पनि एउटा निजी कम्पनीको राम्रै जागिरमा थिइन्। 

वरपरकाले उपलब्धीको डाहा नै गर्ने घरको विषय अदालतको इजलाशसम्म पुग्नु अनौठो बनिरहेको थियो। एउटै घरमा सासु ससुरासँग उनको भान्छा अलग भएको रे का हल्लाहरु छिमेकमा पहिले पनि थिए। एक्लो छोराबुहारीले बुढेसकालमा सासुससुरालाई साथ नदिएका कुरा काटिएका हुन्थे। 

परिवारभित्रको कुरा भएकाले मेरो चासोमा हल्लाहरु परिरहेका थिएनन्। तर सरितासँगको आजको भेटले सबै कुरा सहज सोचिरहन मनले मानेन। कार्यालयको काम सकेर बेलुका घर फर्कंदा माहोल अझ फरक भइसकेको रहेछ। टोलमा प्रहरीको समूह छिमेकका छतबाट आँखाहरुले नियालिरहेका थिए। 

अदालत पुगेको मुद्दामा टोलका हरेक टाउकाहरु न्यायाधीश बनेर फैसला सुनाइरहेका थिए। सबैजसो आँगनमा निसाफका कुरा थिए। विवाहेत्तर सम्बन्धका कारण मुद्दा अदालत पुगेका सूचनाहरु छिमेकमा फैलिएका थिए। हुन त छिमेकमा एक महिनादेखि नै चलिरहेका त्यस्ता कुराहरु मैले निकै ढिला सुनेको रहेछु। 

मन्थलीमा रहँदै सरिता प्रेममा रहेको सम्बन्ध पछिसम्म चलिरहेको उनको श्रीमानले नै रहस्यजसरी थाहा पाएछन्। श्रीमतीको आफूसँगको सम्बन्ध प्रेमिल नभएरै उनी किनारातिर लागेका रहेछन्। हुन त सरिताको बिहे पनि प्रेमपछि विवाहमा परिणत भएकै सम्बन्ध हो। उनका श्रीमान पहिले उनका शिक्षक थिए। उनैले पढेको विद्यालयमा।  

प्रेम विवाहपछि उनी सासु ससुरासँग बस्न नसक्ने भएपछि श्रीमानसँगै मन्थली झरिन्। १२ कक्षा पास गरेकी उनले पढाइलाई निरन्तरता दिने चाहना देखाएपछि श्रीमानले आफू पढाउने कलेजमा भर्ना गराएका थिए। त्यसरी मन्थलीमा रहँदा नै उनीहरु दुई सन्तानको अभिभावक भए। 

श्रीमान गणितको शिक्षक भएकाले कार्यालयसमय बाहेक पनि निकै व्यस्त थिए। बिहान कलेज, दिउँसो विद्यालय र बेलुका अतिरिक्त कक्षाको दैनिकी थियो। श्रीमानले आफूलाई वेवास्ता गरेको महसुस सरितामा हुन थालेको थियो। 

तोडिएको मनमा नयाँ सम्बन्धका लागि ठाउँ बनेका थिए। श्रीमानबाट समय नपाएकी उनी नयाँ साथीको खोजीमा हुँदाहुँदै नयाँ प्रेममा परेकी रहिछन्। झण्डै दुई वर्ष उनको विवाहेत्तर सम्बन्ध चलेछ। पहिले त श्रीमानसँग उनको सम्झाइ बुझाइकै स्तरमा कुराकानी चलेको थियो। तर सुधार हुन सकेन। 

छोरीहरुको भविष्य, परिवार, नाता र समाजका अन्य विषय देखाएर श्रीमानले सरितालाई  मनाएका पनि रहेछन्। मन्थलीमा नै राख्दा समस्या आउने अनुमानसहित पारिवारिक सहमतिमा उनले काठमाडौंमा घर बनाउने योजना बनाएर त्यसैअनुसार गरेका रहेछन्। 

घरमा आमा पनि रोगी र बुबाको पनि भूमिसुधारबाट भर्खरै अवकाश भएकाले उनले काठमाडौं बसाइसराईको प्रस्ताव परिवारवाट अनुमोदन गराए। बाबुको पेन्सन, रामेछापको जग्गा र आफ्नो कमाइ गरि काठमाडौंमा ३ आना जग्गा किनेर घर बनाए। 

आमा बाबु पनि छोरा बुहारीले अब हेरचाह गर्ने भए भनेर काठमाडौं आउन राजी भएका रहेछन्। तर काठमाडौं आएको एक वर्षमै सासु बुहारी मिल्न नसक्ने भएपछि एउटै घरमा दुई भान्सा चल्यो। 

सरिता काठमाडौंको एक निजी कम्पनीमा काम गर्थिन् भने श्रीमान मन्थलीमा पढाइरहेकै थिए। कोरोना माहामारीले विद्यालय बन्द भएपछि उनी पनि काठमाडौं नै आए। पहिले छोटो बिदामा काठमाडौं आउँदा श्रीमतीबाट राम्रो व्यवहार पाइरहेका उनले अहिलेको लामो बसाईंमा उस्तै व्यवहार भेटेनन्। 

समयमा खाना खान नपाइने, बोलाउँदा झर्कने, अलग बोठामा बस्न सुत्न खोज्ने, मोबाइलमा मात्र ब्यस्त भइरहने बानी श्रीमानका लागि सरितामा देखिएको समस्या थियो। शंकाले बढाउँदै लगेको गलत सम्बन्धमा उनले एक दिन सरिताको मोबाइल तलास गरे। सामाजिक सञ्जालका कुराकानी कोट्याए। तब त छाँगाबाट खसे झैँ भएछन्। 

तीन वर्षअघि जुन सम्बन्धबाट छुटाएर उनले श्रीमती काठमाडौं राखेका थिए, त्यही सम्बन्ध नयाँ रुपमा फैलिरहेको रहेछ। अन्तरंग तस्बिर, कुराकानी र संवाद उनको मन सम्हालिन नसक्ने खालका थिए। आफैले टेकेको जमिन भासिएजस्तो उनलाई अनुभव भयो। सहन सक्ने क्षमताभन्दा बाहिर पुगे। 

उनी श्रीमतीमाथि मानवीय व्यवहारसमेत नदेखाइ हिंसात्मक रुपमा उत्रिएछन्। ससुराली र घरका आफन्त भेला पारेर सबै बेलिविस्तार लगाए। विवाहपछि बनाएको पूर्वप्रेमीको सम्बन्धमा सरिताले बोल्न मिल्ने ठाउँ भेटिनन्। त्यसैले बलजफती सम्बन्ध बढाउनुभन्दा विच्छेद गर्नु उचित हुने निस्कर्षमा पुगिन्। 

सरिता खत्रीको एउटा जीवनका दुई कहानीले म बिहान भेटेकी सरिता र अहिले अगाडि परेकी महिला चरित्रमा फरक छुट्टाउन नसक्ने गौंडामा पुगेँ। चारैतर्फ बन्द बाटो भएपछि अन्त्यहीन गन्तव्यमा पुगिने यात्रा सुरु भएको थियो। मैले जिल्ला अदालतको बाहिर-भित्र देखिएका सबै पात्रहरु जस्तै र उस्तै भिन्न पनि। 

सरिताका बारे जति पनि कुराहरु आएका थिए ती समाजमा माइकबाट फुकिएका आवाजहरु थिए। उनी स्वयं कसरी नयाँ सम्बन्धसम्म पुगिन् र उनले के-कस्ता अवस्था भोग्नुपर्‍यो त्यसमा समाज मौन छ। छतका र आँगनका बहस र फैसलाहरुमा ती विषय अटाएका छैनन्। 

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसंघको महासभा सुरु, गुटेरेसले औंल्याए मेसिनदेखि युद्धदेखिसम्मको जोखिम, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्