एजेन्सी–मेक्सिकोमा शक्तिशाली भूकम्प जाँदा ५ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार मंगलबार बिहान १०.२९ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु ओक्साका राज्यको सान्ता मारिया जापोटिट्लानभन्दा ६.८ माइल दक्षिणपश्चिममा रहेको बताइएको छ।
भूकम्पबाट स्थानीय अस्पतालहरुमा समेत क्षति पुगेको छ। कोरोना भाइरसका बिरामी उपचार गर्ने दुई अस्पतालमा समेत क्षतिग्रस्त भएका छन्। यसका साथै अन्य भवनहरुमा समेत क्षति पुगेको छ।
यस्तै, ओक्साकाको राजधानी सहरमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। भूकम्पको धक्का ग्वाटेमालासम्म महसुस गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।