एजेन्सी–उत्तर कोरियाले दक्षिण कोरियाविरुद्धको सैन्य कारबाही रोक्ने घोषणा गरेको छ। सत्तारुढ पार्टीको केन्द्रीय सैन्य आयोगको बैठकपछि यस्तो घोषणा गरेको हो।
केही सातायता दुई कोरियाबीच तनाव बढ्दो थियो। दक्षिण कोरियाको एउटा समूहले सीमामाथि प्रचारबाजीका पर्चा उडाउने योजनासमे बनाएको थियो। यस्तै, उत्तर कोरियाले पनि सीमाको सैन्यविहीन क्षेत्रमा सेना पठाउने चेतावनी दिएको थियो। तर नेता किम जोङ उनको नेतृत्वमा भएको केन्द्रीय सैन्य आयोगको बैठकले तत्कालका लागि सैन्य कारबाही रोक्ने निर्णय गरेको थियो।
एक साताअघि किमकी बहिनी किम यो–जङले दक्षिण कोरियाली समूहले उत्तरविरुद्ध पर्चा उडाउने योजना बनाएको भन्दै थप कारबाही गर्न सेनालाई आदेश दिएकी थिइन्। दक्षिण कोरियाली समर्थक समूहले सीमामा बेलुनमा राखेर उत्तर कोरियाली शासनविरुद्ध पर्चा उडाउने योजना बनाएको थियो।
सन् २०१८ मा दुई कोरियाबीचको सम्बन्ध सुधारका लागि धेरैपटक वार्ताहरु भए पनि केही समययता भने सम्बन्ध तनावपूर्ण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।