एजेन्सी- कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला सिंगापुरमा संसद् विघटन भएको छ। ४२ हजार संक्रमित र २६ जनाको मृत्यु भइसकेका बेला प्रधानमन्त्री ली सेन लुङ्ले संसद भंग गर्न सिफारिस गरेका थिए। उनको सिफारिसकै आधारमा राष्ट्रपति हालिमा याकुबले मंगलबार संसद् विघटन गरेकी हुन्।
ताजा जनादेशका लागि चुनाव गराउन चाहेको भन्दै प्रधानमन्त्री लूङले संसद्मै संसद् विघटनका लागि राष्ट्रपतिलाई आग्रह गरेको जानकारी गराएकी थिइन्।संसदको कार्यकाल अप्रिलसम्म थियो।
सिंगापुरको कानुनअनुसार संसद् विघटन भएको ३ महिनाभित्र अर्को चुनाव गरिसक्नुपर्छ। सिंगापुरमा पिपल्स एक्सन पार्टी(पिएपी) ले लामो समयदेखि सरकारको नेतृत्व गर्दै आएको छ। सन् २०१५ मा भएको निर्वाचनमा उसले ८९ मध्ये ८३ सिटमा जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।