• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २६, २०८३ Fri, Jul 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

क्रिकेटमा रंगभेद : १९८० अघिको मैदान 

64x64
ऋग्वेद शर्मा सोमबार, असार ८, २०७७  १५:२४
1140x725

सन् १९६४ देखि १९८० सम्म क्रिकेट खेलेका अस्ट्रेलियन पूर्वकप्तान इआन माइकल च्यापलले आफूले खेल्ने समयमा क्रिकेटमा देखिएको रंगभेदका विषय सम्झना गरेका छन्- 

जसरी अहिले रंगभेदले वर्तमान समयलाई अशान्त पारिरहेको छ उसैगरी मैले क्रिकेट खेल्ने समयमा पनि क्रिकेटभित्रका विभेदका श्रृंखलाहरु रंगभेदसँग जोडिएका थिए। 

मेरो परिवारमा म हुर्कंदै गर्दा वरपर कतै पनि विभेदहरु देख्नु परेको थिएन। त्यो समय गोरा अस्ट्रेलियनको आधिपत्य रहे पनि म विभेद देख्नबाट पर नै थिएँ। त्यसैले मलाई रंगभेदका धेरै विषयहरु पछिसम्म राम्ररी थाहा थिएनन्। मेरो भाग्य नै भनौँ, सेफिल्ड युनाइटेडमा रहँदा वेस्ट इन्डिजका अलराउण्डर ग्यारी सोबर्ससँग एउटै टिममा थिएँ। जहाँ मैले क्रिकेट र जीवन अझ राम्ररी बुझ्ने अवसर पाएँ। 

खेलका लागि म पहिलोपटक विदेश गएको सन् १९६६-६७ मा दक्षिण अफ्रिकामा हो। जहाँ रंगभेद उत्कर्षमा थियो। केपटाउनमा दोस्रो टेस्ट जित्दा हामीले पनि रंगभेदको त्यो घिनलाग्दो व्यवहार नजिकबाट देख्यौँ। त्यतिबेला ग्राहम थोमस आफ्नो कालो वर्णकै कारण टिममा नपर्नेसम्मको अवस्था आएको थियो। कालो र सेतो वर्णका बारेमा हामी बसेको होटलमा नै केही अबुझहरुले नराम्ररी टिप्पणी गरिरहेका हुन्थे। 

सन् १९७२-७३ मा म अस्टे«लियन टिमको कप्तान रहँदा पाकिस्तानसँगको घरेलु सिरिजका बेला मैले सबै खेलाडीहरुलाई रंगभेद हुने कुनै किसिमको टिप्पणी नगर्न भनेको थिएँ। अस्ट्रेलियन खेलाडीलाई त्यतिबेला मैले विभेद नगर्न गरेको चेतावनीले अलिकति सजग भएका पनि थिए। ‘यदि कसैलाई गोरे अति राम्रो खेल्यो भनेर पनि टिप्पणी गरिँदैन भने कालो वर्णकाले जे गरे पनि उनीहरुको स्वरुपसँग किन जोड्ने’ भनेर सम्झाएको थिएँ। त्यसपछि मैले अस्ट्रेलियन टिमका खेलाडीहरुबाट विभेदका शब्द सुनिनँ। 

सन् १९७५-७६ मा वेस्ट इन्डिजविरुद्ध सिरिजमा जर्जले अस्ट्रेलियन टिमको कप्तानी गरेका थिए। सिरिजपछिको एउटा किताबमा भिभ रिचाड्सले रंगभेदसम्बन्धी नराम्रो टिप्पणीहरु भएको उल्लेख गरेका थिए। मैले त्यही विषयमा जर्जलाई पनि सोधेको थिएँ। तर उनले त्यस्तो केही नसुनेको बताए। पछि मैले नै भिभसँग पनि कुराकानी गरेँ। उनले एक खेलाडीमाथि नराम्रो व्यवहार भएको र त्यसको झमेला सकिएको बताएका थिए। 

सन् १९७२ मा म जिम्बावेमा खेलिरहेको थिएँ। खेल सकिएपछिको आरामको समयमा एक दिन खेलाडीहरु भिक्टोरिया फल्स होटलको बारमा पिएर बसिरहेका थिए। एकछिनमा होटलका मालिकले इंग्ल्याण्डका खेलाडी बसिल डि ओलिभिएरालाई संकेत गरेर उनलाई होटलबाट निस्कन भने। दक्षिण अफ्रिकामा जन्मिएका बसिललाई कालो भएको आधारमा विभेद भएको थियो। मैले होटलका मालिकलाई उनी किन बाहिर निस्कने भनेर प्रश्न गरेँ। 

nimb
nimb
Ncell 2
Ncell 2

ती होटल सञ्चालकले भने- ‘यहाँ मेरो श्रीमतीसमेत भएको ठाउँमा उसले फोहोर शब्दहरु बोलिरहेको छ।’ तीनको जवाफ अलि फरक थियो। तर पनि मैले भनेँ- ‘फोहोर शब्द त यहाँ सबैले बोलिरहेका छन् तर पनि निकाल्ने बसिललाई मात्र किन?’ 

तीनले अझै पनि बसिललाई निकाल्ने प्रयास गरिरहे। त्यसैले हामी सबैले खाइरहेको बियर छाडेर होटलबाट निस्कियौँ। यस्ता खाले घटनाहरु अरु पनि भइरहेका हुन्थे। रंगभेदका यस्ता उदाहरण अरु पनि निकै छन्। 

सन् १९७५-७६ मा दक्षिण अफ्रिकामा खेल्न जाँदा प्रशिक्षक रिची बेनड र कप्तान जर्ज सहित काला गोरा मिश्रित खेलाडीहरु गएका थियौँ। त्यतिबेला पोर्ट एलिजाबेथभन्दा केही परको मैदानमा एउटा खेल हेर्न जाँदा केही खेलाडीहरु कालो वर्णको भएकै कारण सहभागी हुन नपाएको समेत देख्यौँ। 

त्यहाँ नै वेस्ट इन्डिजका जोन सेफहर्डमाथि समेत निकै नराम्रो व्यवहार भयो। उनी जस्तो यो पृथ्वीकै सबैभन्दा सभ्य र शान्त मानिसमाथिको त्यस्तो व्यवहार स्वीकार्य थिएन। भिडबाट कसैले भनिरहेको थियो- ‘सेफहर्ड तिमी पनि अनुहारमा सेतो रंग लगाउ त्यसपछि बाँकी जस्तै देखिन्छौ।’

त्यस्तो सुनेपछि सेफहर्ड निकै झोक्किएका थिए। उनी रिसाएर भिडतर्फ हेर्दै त्यस्तो भन्नेतिर बढ्नै लागेका थिए। मैले उनलाई समातेर रोकिहालेँ। भने- ‘छाडिदेउ त्यस्तोलाई केही प्रतिक्रिया दिनु आवश्यक छैन, छाडिदेउ।’ 

मैले सेफहर्डको हात समात्दा कुनै मोटो फलाम समातेजस्तो दह्रो भइरहेको थियो। उनी रिस केही शान्त गरेर भने- ‘तिमी जाँदै गर, म एक मिनेटमा आइपुग्छु।’ र मलाई थप विश्वस्त पार्दै उनले भने- ‘त्यस्तो नराम्रो केही हुँदैन।’ 

यस्तै अर्को अनुभव सन् १९९१ मा जमाइकामा पनि भएको थियो। टेलिभिजनको एउटा कार्यक्रममा सञ्चालकले आइसिसीका विषयमा कुराकानी गरिरहेका थिए। मलाई सोधिएको एक प्रश्नमा मैले ‘आइसिसीको फैसलाविरुद्ध अस्टे«लिया र इंग्ल्याण्डले जुन भिटो प्रयोग गरेर विरोध गरेका छन् त्यसमा अपमान थियो र निकै अघि त्यसलाई बन्द गर्नुपर्ने थियो’ भनेको थिएँ।  

त्यहाँ दर्शकमा रहेका धेरैलाई थाहा थियो कि त्यो भिटो प्रयोग गर्न पाउने शक्ति उनीहरुमा थियो। तर पनि दर्शकले निकै बेसरी थपडी बजाए। तर त्यसले अस्ट्रेलियन क्रिकेट ब्यवस्थापकहरुमाथि नराम्रो प्रश्न उठाए जस्तो हुन गयो। त्यसैले भनियो- ‘भेटोको पावरको प्रयोग कहिल्यै गरिएकै छैन भने त्यसले कसलाई किन निराश बनाइरहेको छ?’ 

यस्ता रंगभेदका विषयहरु निकै छन् जसले निकै गहिरो गरी असर गरिरहेको हुन्छ। 

(इआन माइकल च्यापलको लेख इएसपिएन क्रिकइन्फोबाट अनुवाद गरिएको हो।)

प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै शुक्रबार, असार २६, २०८३
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल शुक्रबार, असार २६, २०८३
संसद्‌मा भावुक हुँदै गृहमन्त्रीको प्रष्टीकरण– गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन शुक्रबार, असार २६, २०८३
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन शुक्रबार, असार २६, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्