• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

लगानी बोर्ड बैठकले स्वीकृत गरेका आयोजनामा कसको कति लगानी?

64x64
हेमन्त जोशी आइतबार, असार ७, २०७७  २०:००
1140x725

काठमाडौं- असार ५ गते बसेको लगानी बोर्डको संचालन समितिको बैठकले १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गर्‍यो। २ वटा सिमेन्ट र ५ वटा जलविद्युत आयोजना गरी कुल ७ वटा परियोजनामा लगानी बोर्डले लगानी स्वीकृत गरेको थियो। जसमा ३ वटा स्वदेशी र ४ वटा विदेशी लगानी समेतका आयोजना छन्। 

कालीगण्डकी गर्ज जलविद्युत आयोजना, आँखुखोला जलविद्युत आयोजना, माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत परियोजना र दाङ सिमेन्ट इण्डष्ट्रिज प्रालिमा स्वदेशीसँगै विदेशी लगानीकर्ताको पनि लगानी छ। यसरी एउटा सिमेन्टमा र बाँकी ३ वटा जलविद्युत आयोजनामा गरी कुल १ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको लगानी बोर्डको कार्यालयले जनाएको छ।

म्याग्दीखोला जलविद्युत आयोजना, इसुवा खोला जलविद्युत आयोजना र सम्राट सिमेन्ट इण्डष्ट्रिज प्रालि भने स्वदेशी लगानीका आयोजना हुन्। 

लगानी बोर्डले माथिल्लो मर्स्याङ्दी जलविद्युत–२ परियोजनाका लागि ७८ अर्ब ६५ करोड, आँखु खोला परियोजनाका लागि ६ अर्ब ३० करोड, म्याग्दी खोला जलविद्युत परियोजनाका लागि १० अर्ब ३१ करोड, इसुवा खोला जलविद्युत परियोजनाका लागि १३ अर्ब ५७ करोड र कालीगण्डकी गर्ज जलविद्युत परियोजनाका लागि २८ अर्ब ६ करोड बराबरको लगानी स्वीकृत गरेको छ। त्यस्तै दाङ सिमेन्ट ईन्डष्ट्रिजका लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट ईन्डष्ट्रिजका लागि १५ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भइसकेको छ। 

कुन विदेशी कम्पनीको कति लगानी? कसरी बन्दैछन् आयोजना?

१. कालीगण्डकी गर्ज जलविद्युत आयोजना (१६४ मेगावाट)
कालीगण्डकी गर्ज जलविद्युत परियोजना निर्माण तथा सञ्चालन गर्नका लागि नेपालको कालीगण्डकी गर्ज हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रस्ताव गरेको लगानी बोर्डले जनाएको छ। १ सय ६४ मेगावाट उत्पादन क्षमता रहेको कालीगण्डकी गर्ज जलविद्युत आयोजना कुल परियोजना लागत २८ अर्ब ६ करोड ८३ लाख रुपैयाँ बराबर अनुमान गरिएको छ। जसमा ४ अर्ब ७७ करोड रुपैयाँ बराबर विदेशी लगानी रहेको छ।

यो आयोजनामा विकासकर्ता कालीगण्डकी गर्जसँग दुईवटा चिनीयाँ कम्पनी युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र सांघाई इन्भेस्टिगेसन, डिजाईन एण्ड रिसर्च इन्स्टिच्युट कम्पनी लिमिटेड बीच परियोजना विकास र सञ्चालन गर्ने सम्झौता भइसकेको छ।

यो आयोजना पिपिकङ रन अफ रिभर (पिआरओआर) आयोजना हो भने म्याग्दी जिल्लामा बन्न लागेको हो। उक्त परियोजनाको विकासका लागि विकासकर्ता कम्पनीले विद्युत खरिद सम्झौता, विस्तृत सम्भाव्यता अध्ययन, उत्पादन अनुमतिलगायतका स्वीकृति र इजाजतप्राप्त गरिसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२. माथिल्लो मर्स्याङ्दी २ जलविद्युत परियोजना (३२७ मेगावाट)
अनुमानित लागत ७७ अर्ब ६५ करोड रुपैयाँ (६४७.१६ मिलियन अमेरिकी डलर) रहेको अपर मर्स्याङ्दी २ जलविद्युत परियोजना मनाङ जिल्लामा पर्छ। यो आयोजनामा ९६ प्रतिशतभन्दा बढी चिनियाँ कम्पनीको लगानी छ। 

यो आयोजनाको  निर्माण, सञ्चालन तथा हस्तान्तरण गर्नका लागि हिमताल हाइड्रोवावर प्रालिले प्रस्ताव पेश गरेको हो। जुन कम्पनीमा चिनियाँ कम्पनीहरु सिचुआन प्रोभेन्सियल इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड (एससिआइजी), चेङ्दु सिङचेङ इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, क्विङयुन इन्जिनियरिङ कन्सल्टिङ लिमिटेड (क्युवाइइसी) र नेपालका बुटवल पावर कम्पनी (बिपिसी) को संयुक्त लगानी रहेको छ। 

यसका विकासकर्ता कम्पनीहरुले मर्स्याङ्दी बेसिनमा नै अन्य ३ वटा जलविद्युत परियोजनाहरुमा पनि लगानी गरिरहेका छन्। यी कम्पनीहरुको संयुक्त उपक्रम (जेभिए) मा नै मर्स्याङ्दी करिडोरमा क्यास्केड आयोजनाका रुपमा १ सय ३५ मेगावाट उत्पादन क्षमताको मनाङ मर्स्याङ्दी १ सय ३९ मेगावाट उत्पादन क्षमताको लोअर मर्स्याङ्दी जलविद्युत आयोजना र ३ सय २७ मेगावाटको अपर मर्स्याङ्दी–२ जलविद्युत आयोजना निर्माण हुँदैछ। 

३. आँखुखोला जलविद्युत आयोजना  (४२.९ मेगावाट)
कुल परियोजना लागत ६ अर्ब ३० करोड ९६ लाख ४२ हजार  रुपैयाँ बराबर रहेको यो आयोजनामा ८२ करोड रुपैयाँ बराबर विदेशी लगानी छ। कुल जडित क्षमता ४२ दशमलव ९ मेगावाट रहेको आँखु खोला जलविद्युत परियोजनाको विकास, निर्माण तथा सञ्चालन गर्नका लागि नेपालको कम्पनी आँखु खोला हाइड्रोपावर प्राइभेट लिमिटेडले निवेदन दिएको छ। धादिङ्ग जिल्लामा बन्ने यो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भइसकेको छ भने आयोजनाले उत्पादन अनुमति प्राप्त गरी विद्युत खरिद सम्झौता (पिपिई) समेत सम्पन्न गरिसकेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

४. म्याग्दीखोला जलविद्युत आयोजना (५७.३ मेगावाट)
१० अर्ब १३ करोड १३ लाख ९२ हजार ९७२ रुपैयाँ बराबर  कुल लागत अनुमान गरिएको म्याग्दीखोला जलविद्युत आयोजनाको उत्पादन क्षमता ५७ दशमलव ३ मेगावाट छ। यो स्वदेशी लगानीको आयोजना हो। यस आयोजनाको  विकास, निर्माण तथा सञ्चालन गर्नका लागि नेपालको हाइड्रो भिलेज प्राइभेट लिमिटेडबाट प्रस्ताव प्राप्त भएको छ। म्याग्दी जिल्लामा बन्ने यो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भइसकेको भने विद्युत खरिद सम्झौता सम्पन्न गरी उत्पादन अनुमति समेत प्राप्त भइसकेको छ। 

५. इसुवा खोला जलविद्युत आयोजना (९७.२ मेगावाट)
अनुमानित लागत १३ अर्ब ५७ करोड ११ लाख रुपैयाँ बराबर रहेको इसुवा खोला जलविद्युत आयोजनाको उत्पादन क्षमता ९७ दशमलव २ मेगावाट बराबर रहेको छ। संखुवासभा जिल्लामा बन्ने यो आयोजनाको निर्माण, सञ्चालन तथा हस्तान्तरण गर्नका लागि नेपाली कम्पनी केबिएनआर इसुवा पावर लिमिटेडले प्रस्ताव पेश गरेको छ। 

परियोजनाले उत्पादन अनुमतिपत्र पाउनका लागि र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि प्रक्रिया अघि बढाइरहेको छ। यो आयोजनाको विद्युत खरिद सम्झौता भने सम्पन्न भइसकेको छ।

६. दाङ सिमेन्ट इण्डष्ट्रिज 
अनुमानित लागत ३२ अर्ब ५० करोड रुपैयाँ बराबर भएको दाङ सिमेन्ट प्रालिको लगानी स्वीकृतिसम्बन्धी फाइल उद्योग विभागबाट लगानी बोर्डको कार्यालयमा पठाइएको थियो। यसमा विदेशी लगानी २९ अर्ब रुपैयाँ बराबर रहेको छ। 

यस उद्योग परियोजनामा साबिकका शेयरवाला अम्बुजा सिमेन्ट प्रालिबाट शेयर बिक्री गरी हङकङको रेड लायन नं ३ कम्पनीको लगानीमा नेपाली कम्पनी एस एच इन्भेष्टमेन्ट प्रालिले खरिद गरी सोही मार्फत लगानी एवं परियोजना सञ्चालन गर्ने प्रस्ताव आएको लगानी बोर्डको कार्यालयले जनाएको छ। यो उद्योग चिनियाँ लगानीमा शीघ्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने प्रस्ताव लगानी बोर्डमा परेको थियो। पछिल्लो २० वर्षदेखि बन्द रहेको यो सिमेन्ट उद्योगबाट निर्माण सम्पन्न भएपछि दैनिक ३ मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य राखिएको छ। 
७. सम्राट सिमेन्ट इण्डष्ट्रिज 
१४ अर्ब ३२ लाख ४२ हजार रुपैयाँ बराबर लागत भएको सम्राट सिमेन्ट प्रालिको लगानी स्वीकृतिसम्बन्धी फाइल पनि उद्योग विभागबाट लगानी बोर्डको कार्यालयमा पठाइएको हो। यस परियोजनामा विभिन्न १४ जना नेपाली उद्यमीहरुको लगानी रहेको छ। दैनिक ४ हजार ५ सय  मेट्रिक टन क्लिङ्कर उत्पादन क्षमतासहित निर्माण हुन लागेको यो उद्योगको वातावरणीय अध्ययन सम्पन्न भई कारखाना स्थापनाको कामसमेत सुरु भइसकेको छ।

लगानी बोर्डको २०७७ असार ५ गते बसेको ४४ औं बैठकले देहायका परियोजनाहरुको निम्नानुसार लगानी स्वीकृति गर्ने निर्णय गरेको छ।

सि=नं

परियोजनाको नाम

विकासकर्ताको नाम

कुल अनुमानित लगानी  (नेरु)

कुल लगानीमध्ये बैदेशिक लगानी  (नेरु)

१

कालीगण्डकी गर्ज जलविद्युत आयोजना (१६४ मेगावाट)

कालीगण्डकी गर्ज हाईड्रोपावर प्राइभेट लिमिटेड

२८ अर्ब ७ करोड

४ अर्ब  ७७ करोड

२

आँखुखोला जलविद्युत आयोजना  (४२.९ मेगावाट)

आँखुखोला हाईड्रोपावर प्राइभेट लिमिटेड

६ अर्ब ३१ करोड

८२ करोड

३

म्याग्दीखोला जलविद्युत आयोजना (५७.३ मेगावाट)

हाइड्रो भिलेज प्राईभेट लिमिटेड

१० अर्ब १३ करोड

–––

४

इसुवा खोला जलविद्युत आयोजना (९७. २ मेगावाट)

केबिएनआर इसुवा पावर लिमिटेड

१३ अर्ब ५७ करोड

–––

५

दाङ सिमेन्ट इण्डष्ट्रिज (३००० मे.टन प्रतिदिन उत्पादन क्षमता)

दाङ सिमेन्ट इण्डष्ट्रिज प्रालि

३२ अर्ब ५० करोड

२९ अर्ब

६

सम्राट सिमेन्ट इण्डष्ट्रिज (४५०० मे.टन प्रतिदिन उत्पादन क्षमता)

सम्राट सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.

१४ अर्ब

–––

७

अपर मर्स्याङ्दी २ जलविद्युत परियोजना -#@& d]ufjf6_

हिमताल हाइड्रोवापर प्रालि

७७ अर्ब ६५ करोड

७४ अर्ब १७ करोड

 

जम्मा

 

१ खर्ब ८४ अर्ब २३ करोड

१ खर्ब ८ अर्ब ७६ करोड

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्