• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन १६, २०८३ Sat, Aug 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सेलिब्रिटीको मृत्युलाई किन तमासा बनाउँछ मिडियाले?

चिंकी सिन्हा/बिबिसी शनिबार, असार ६, २०७७  १२:१७
1140x725

एजेन्सी-टेलिभिजनले उनलाई स्टार बनायो। सफलता दिलायो। अहिले त्यही टेलिभिजनले उनलाई बारम्बार मारिरहेको छ। यो सामग्री तयार पारिरहेको समयमा मानिसहरु यही काममा लागिरहेका छन्। उनको जिन्दगी, काम, सम्बोधन अनि यहाँँसम्म कि आत्महत्या गर्ने उनको तरिकाबारे समेत चर्चा चलिरहेको छ। 

कोही बाबुसँग उनको सम्बन्ध राम्रो थिएन भनिरहेका थिए भने कोही उनले लागूऔषध खाने गरेको शंका गर्दै थिए। कोही भने उनको शरीरमा लागेको चोटका बारेमा समेत कुरा गरिरहेका थिए। कोही भनिरहेका थिए–इश्वर आत्महत्या गर्ने अनुमति दिँदैनन्। ट्रोल्सहरुका लागि त यो ठूलो मसला भइहाल्यो। उनीहरु यसलाई एक मुस्लिम अभिनेत्रीसँग उनको कथित सम्बन्धको नतिजा भएको बताइरहेका थिए। उनीहरुका अनुसार यो घटना  ‘जस्तो काम उस्तै परिणाम’ जस्तै थियो।

श्रद्धान्जली दिनेहरुको संख्या धेरै नै थियो। केहीले उनको तस्बिर पोस्ट गरेर लेखे–‘उनीहरु पनि उनीजस्तै डिप्रेसनसँग जुधिरहेका थिए र उनीहरुको काममा असर परेको थियो।’ यस्तो लागिरहेको थियो यहाँ हरेक एक–अर्काको सहारा बनिरहेका छन्। कैयौं ह्यासट्याग चलेको थियो। यो त्रासदीमा धेरैभन्दा धेरै भ्युज र लाइक त आउनु नै थियो।

तर यी सबका बीच एउटा प्रश्न उठ्ने नै भयो। आखिर हामीले सार्वजनिक रुपमा आफ्नो कथा भनेर श्रद्धाञ्जली दिनका लागि र सबै कुराहरु भन्न उनको तस्बिर प्रयोग गर्ने अधिकार कसरी पाइयो? जो अब यो दुनियामा छैन उनको गोपनियताको अधिकार के हुन्छ? उनको शवको तस्बिर न्युज च्यानल र ह्वाट्सएपमा यसरी किन भाइरल भइरहेको छ? भारतमा यस्तो कुनै कानुन छ जसले दुनिया छाडिसकेका व्यक्तिको निजी अधिकारको रक्षा गर्न सकोस्? के यस्तो पत्रकारिता र तस्बिर सेयर गर्ने काम पत्रकारिताको नैतिकतासँग जोडिएको छैन?

आत्महत्यालाई यसरी देखाउँछ मिडियाले
 

टेलिभिजन च्यानलको सदासयताले अहिलेसम्म सबैले जानिसकेका छन् कि दिवंगत अभिनेताको घर कस्तो देखिन्छ। प्रभावशाली मिडिया च्यानलले हामीलाई त्यहाँसम्म पुर्‍याइसकेका छन्। उसको पहुँच हरेक क्षेत्रमा छ। हामीले त्यो सोफा पनि देख्यौ जहाँ बसेर मृतक अभिनेताका बाबु रोइरहेका थिए। हामीले शोकको त्यो समयलाई यसकारण देख्यौं किनकि न्युज च्यानलको महत्वाकांक्षा हामीलाई त्यहाँसम्म लैजानु थियो।

मृतक व्यक्तिको घर कुनै सार्वजनिक स्थान हैन। पक्कै पनि मिडियाले अपराध गरेको छ। अनुमति नै नलिई अर्काको घरमा प्रवेश गर्नेदेखि लिएर सबै नैतिकता नाघेको छ। यसरी उनीहरुले आत्महत्याजस्तो गम्भीर विषयलाई सामान्य बनाइदिए।

nimb
nimb
Ncell 2
Ncell 2

हामीले यो ठान्यौं कि हामीलाई सबै कुरा हेर्नुछ। छोराको मृत्युमा शोकले रुँदा-रुँदा सुन्निएको बाबुको आँखा, बेडरुमको तस्बिर, जहाँ अभिनेताले आफ्नो ज्यान लिए। सबै। कोठा-कोठाको ओच्छ्यान अनि त्यो डोरीसम्म जसको उपयोग उनले आत्महत्याका लागि प्रयोग गरेका थिए।

मलाई सन् २०१८ को त्यो घटना अहिलेसम्म याद छ। एक लोकप्रिय न्युज च्यानलले आफ्नो समाचारको हेडलाइन बनाएको थियो–मौतका बाथटब।’ मलाई याद छ रिपोर्टर अभिनेत्री श्रीदेवीको मृत्युको कारण पत्ता लगाउन माइक लिएर एक बाथटबमा पसेका थिए। छेउमा वाइनको गिलास पनि राखिएको थियो। यसरी उनको मृत्युको दृश्य रिक्रियट गरिएको थियो। सनसनीखेज त्यो रिपोर्टिङ, रिपोर्टरको त्यो विश्लेषण, आफ्नो धारणा, अनि अनुमानले भरिएको थियो, जसमा न कुनै तथ्यमाथि कुनै सम्मान थियो न मृतकको निजीपक्ष र गरिमाको सम्मान नै गरिएको थियो।

धनसम्पत्ति र समाजमा पहिचानको कारण समाजमा महत्वपूर्ण लाग्ने व्यक्तिको जिन्दगीमा चियोचर्चा कुनै नयाँ कुरा हैन। यस्तो विषयमा हामी तत्काल विज्ञ बनिहाल्छौं। तर मृत्यु भएका व्यक्तिको जीवनबारे लेख्ने समय पुरै सम्मानका साथ यो काम गर्नुपर्छ। आफ्नो लागि र ती व्यक्तिका लागि पनि। यो निक्कै संवेदनशील पक्ष हो। किनकि जो बितिहाल्यो उ फर्किएर आएर अनुमानको खण्डन गर्न सक्दैन। मृत्युका बारेमा तथ्य थप पवित्र हुनेछ।

श्रीदेवीबारे जे खबर थियो त्यसमा भनिएको थियो-५४ वर्षीय अभिनेत्री दुबईको एक होटलको बाथटबमा चिप्लिइन् र डुबेर उनको मृत्यु भयो। परिवारका एक सदस्यको विवाह समारोहमा सहभागी हुन उनी दुबई गएकी थिइन्।

फरेन्सिक रिपोर्ट आउनु अगाडि नै उनको मृत्युबारे अनेक अड्कलबाजी सुरु भयो। यो बीचमा उनको शरीरबारे समाचारको अनेक श्रृंखला सुरु भयो। सधैं युवा देखिन उनले गरेको सर्जरीबारे समाचार आइरहेका थिए। यसका लागि क्यार्लिफोनियामा अनेक चक्कर लगाएका समाचार आइरहेका थिए। उनले आफ्नो नाक ठीक गर्न के गरिन्, आफ्नो ओठ राम्रो बनाउन के गरिन्, अनि उनी किन तनावमा थिइन् एक-एक जानकारी आइरहेका थिए।

उनीहरुले श्रीदेवी र उनको श्रीमानको पहिलो श्रीमतीको मृत्युमा ग्रहको कनेक्सन खोजिसकेका थिए। उनीहरुका अनुसार बोनी कपुरको पहिलो श्रीमतीको मृत्यु आफ्नो छोराको पहिलो फिल्म रिलिज हुनुभन्दा अगाडि भएको थियो। अनि श्रीदेवीले पनि आफ्नो जेठी छोरीको पहिलो फिल्म रिलिज भएको हेर्न भ्याइनन्। एक लेखकले लेखे-के यी दुई घटनाबीच कुनै सम्बन्ध छ?

राष्ट्रिय टेलिभिजन च्यानलहरुमा श्रीदेवीको मृत्युबारे अनेक अड्कलबाजी चलिरहेको थियो। एक पत्रकारले त हदै गरे। उनले श्रीदेवी कसरी डुबेकी थिइन् भनेर बाथटबमा सुतेर देखाए। श्रीदेवीले भोड्का पिएकी थिइन् कि वाइन भन्नेसम्मको बहस भयो। उनीहरुले श्रीदेवीले आफ्ना छोरीहरुका लागि कति पैसा छाडेर गइन् भन्नेसम्म खोज्न थाले।

के अभिनेता सुशान्त सिंह राजपुतको शव अनि उनको निजी जिन्दगीका बारेमा सूचनाको वर्षा र मिनेट–मिनेट अपडेट कुनै राष्ट्रिय हितसँग जोडिएको छ? 
सार्वजनिक व्यक्ति भएकाले उनी धेरैभन्दा धेरै जनाको श्रदाञ्जली पाउन हकदार थिए। तर जसरी उनको जीवनको जसरी चिरफार हुँदैछ, त्यो हुनुहुँदैनथ्यो। उनको मृत्यु कसैलाई अवसर हैन। सत्य त यो हो कि यो दुखद र त्रासद आत्महत्याको मामिला हो। तर हामीले तथ्यलाई निक्कै पछाडि छाडिदियौं। मिडियाले यही गर्‍यो। प्रायजसोले अब सत्यलाई पत्याउन छाडे।

प्रहरीले अभिनेता राजपुतले आत्महत्या गरेको बताएको छ। तर तथ्य यही हो उनको आत्महत्याको घटनाबारे अहिले पनि अनुसन्धान भइरहेको छ। पत्रकारितामा एक शब्दको प्रयोग भइरहन्छ– ‘कथित’। तै पनि हामी जो अभिनेतासँग परिचित थियौं, उनीहरुको पछि हात धोएर लाग्छौं।

आफ्नो स्टोरीलाई चटपटे बनाउन हामी दिवंगत अभिनेतासँग परिचितबाट सूचना ओकल्न हरसम्भव प्रयास गर्छौ। र छाति चौडा पारेर हिट्स र सेयर गर्न हामी अन्यभन्दा राम्रो स्टोरी निकाल्न चाहन्छौं। त्यसैले सुशान्तको घटनामा पनि प्रहरीबाट आधिकारिक रुपमा घटनाबारे जानकारी सार्वजनिक हुनु अगाडि नै अधिकांश मिडियाले उनको मृत्युको कारण आत्महत्या भनेर भनिसकेका थिए।

जानाजान हो या अनजानमा आत्महत्या गरे भन्ने शब्दमा एक तथ्य नदेखेझैं गरिन्छ। यदि कसैले आफ्नो जीवन त्यागेको छ भने यसको पछाडि कारण हुन्छ। र, त्यो कारण हो उनको रोगको उपचार हुन सकेन।

‘सुसाइड अवेरनेस भ्वाइस अफ एजुकेशन’ का कार्यकारी निर्देशक डेन रिडनबर्गले हफिङ्टन पोस्टमा एक लेखमार्फत् भनेका छन्–‘आत्महत्या गरे भन्ने शब्दको प्रयोग गरेर हामी उनीहरुमाथि भेदभाव गर्छौं जो एक रोगसँग आफ्नो लडाई हारिसकेका हुन्छन्। यसलाई मानसिक रोगसँग जोडिएको सामाजिक धब्बालाई प्रोत्साहन गर्नु जस्तै हो।’

कैयौं मिडिया तथा स्वास्थ्य संगठनले बनाएका रिपोर्टिङ्ग गाइडलाइन्समा ‘आत्महत्या गरे’ जस्ता शब्दलाई क्षतिजनक शब्द मानिएको छ। किनकि यस्ता शब्दले सबै भार जसले आफ्नो ज्यान लिएको हो उही व्यक्तिमा पर्छ। जसका कारण उसको ज्यान गएको हो, उसमा भएको त्यही रोग छाँयामा पर्छ।
 यो अपराध गरे बराबर हो।

यसलाई सनसनीखेज र पुरै प्रक्रियालाई सामान्य बनाउँदा वातावरण पूरै बिग्रन्छ। आत्महत्याको स्थान र यसको तरिका बताएर हरेक घन्टा अपडेट हुने समाचारलाई सनसनीखेज बनाउँदा व्यक्तिको निजी जीवनको चियोचर्चोलाई प्रोत्साहन हुन्छ।

मिडियाकर्मीसहित अन्य केहीले पनि सामाजिक सञ्जालमा लेखे-‘आत्महत्या गर्नु कायरता हो। यो कानुनविरुद्ध हो।’ तर भारतमा सन् २०१८ मै आत्महत्या प्रयासलाई अपराधको सूचीबाट हटाइसकिएको छ। उनीहरु यति पनि अपडेट छैनन्। 

सुशान्तको जीवनमा पीत पत्रकारिता
 

सुशान्तसिंह राजपुत र उनले झैं आत्महत्या गरेका कैयौं व्यक्तिका बारेमा जस्तो रिपोर्टिङ हामीले देख्यौं त्यो सिधै पित पत्रकारिता (येल्लो जर्नलिज्म) हो। यस्तो पत्रकारिता जसमा विना कुनै खोज-तथ्यमै नगई समाचार प्रेषित भइरहेको हुन्छ, छक्क पार्ने खालको हेडलाइन राखिएको हुन्छ र स्क्यान्डलको रुपमा प्रोत्साहन गरिएको हुन्छ।

महामारी र आत्महत्या नियन्त्रणमा काम गर्ने विशेषज्ञहरुले कैयौं पटक एकै प्रकारको माहौलमा हुने आत्महत्याका कारणमा मिडियाको कभरेजसमेत दोषी रहेको बताएका छन्। विज्ञहरु यस्तो विषयमा बुझेर होसियारीका साथ मात्र रिपोर्टिङ गर्न सुझाव दिन्छन्। उनीहरु मानसिक रोगलाई समाजको कलंको रुपमा लिइने प्रवृत्ति हटाउन सहयोग पुग्ने सामग्री उत्पादनमा जोड दिन्छन्।

जानकारहरु सेलिब्रिटिहरुको आत्महत्यालाई ग्लामरको रुपमा प्रस्तुत नगर्ने हो भने पनि आत्महत्यालाई निरुत्साहित गर्न सहयोग पुग्ने बताउँछन्। यसले मानसिक रोगसँग जुधिरहेकाहरुलाई प्रोत्साहनसमेत हुनसक्छ।

आत्महत्याको रिपोर्टिङ् कसरी गर्ने?

आत्महत्याको रिपोर्टिङ कसरी गर्ने भन्नेबारे संहिताहरु नभएका हैनन्। तर त्यसलाई कसरी पालना गर्ने भन्ने विषय धेरै समाचार कक्षको माहोलमा भर पर्छ। प्रायः आत्महत्यालाई अन्य कारणसँग लगेर जोड्ने गरिन्न। तर सुशान्तको केसमा यो देखिएन।

उनको आत्महत्याछि बलिउडमा उनी सफल भए या असफल भनेर चर्चा भइरहेको छ। अन्य विषयसँगै उनको प्रेम सम्बन्धबारे चर्चा भइरहेको छ। प्राइम टाइममा न्युज रुममा ‘आखिर किन’ भनेर बहस भइरहेको छ। पत्रकारको हकमा आत्महत्याको रिपोर्टिङका लागि  Reportingonsuicide.org सहयोगी हुनसक्छ। यहाँबाट आत्महत्याको रिपोर्टिङ कसरी गर्ने ज्ञान मिल्न सक्छ। यसले आत्महत्यालाई फिल्मी फर्मुलाको नजरबाट हेर्न रोक्न सक्छ।

पत्रकारिताको पुरानो नियममा आत्महत्याको समाचार नै लेखिँदैनथ्यो। तर सार्वजनिक स्थानमा हुने र सेलिब्रिटीको आत्महत्या यो सूचीमा परेनन्। यो दायराबाट बाहिर आउन भारतीय मिडियाले कुनै पक्ष बाँकी राखेनन्। टेलिभिजनमा यसको जसरी कभरेज हुने गरेको छ त्यसले यो कतिसम्म खराब हुनसक्छ भन्ने देखाउँछ।

आत्महत्या त्रासद घटना हुनसक्छ, तमासा हैन। हामी हाम्रो समाचारलाई भावुक स्पर्श दिएर प्रस्तुत गर्ने प्रयास गर्छौ। कैयौ पटक समाचारमा निखार ल्याउन माहोलको विवरण दिन्छौं। यसले आत्महत्यालाई प्रोत्साहन गर्न सक्छ। समस्यामा परेका व्यक्तिहरु आत्महत्या गरेर मुक्ति पाउनसक्ने सन्देश जान सक्छ। मानसिक रुपमा अस्वस्थ व्यक्ति मिडियामा आउने यस्ता सामग्रीबाट प्रभावित हुन सक्छन्।

सुशान्तको विषयमा मिडियाले एक असफल व्यक्तिको रुपमा प्रस्तुत गरेको पनि देखिन्छ। एक हेडलाइनले उनको फिल्मको हिट रेटतर्फ संकेत गरिएको थियो। उनको मृत्युपछि अन्तिम जीतजस्तो गरेर केहीले प्रस्तुतसमेत गरिरहेका छन्। मृत्युमार्फत् मुक्तिको कहानीको रुपमा प्रस्तुत गरियो।

अहिलेको समयमा व्यक्तिहरु आत्मप्रदर्शनतर्फ आकर्षित भइरहेका छन्। यस्तो समयमा यसरी समाचार सम्प्रेषण गर्दा जिम्मेवार हुन जरुरी छ। अहिले हामी सामाजिक दुरीका लागि प्रोत्साहन गर्नुपर्ने अवस्थामा छौ। कैयौ बेरोजगार भएका छन्। कैयौको सम्बन्ध टुटेको छ। रोग र मृत्युको समाचारले मानिसलाई निरास बनाइरहेको छ। आत्महत्याका लागि उक्साउने माहोल बनिरहेको छ। यस्तो अवस्थामा मिडियामार्फत् देखाइने आत्महत्याका समाचारले उनीहरुलाई आत्महत्याका लागि प्रोत्साहित गर्न सक्छ।

यदि पैसा, सफलता र प्रसिद्धी हुँदाहुँदै सुशान्तले यस्तो बाटो लियो भने म किन नगर्ने भनेर व्यक्तिहरुले सोच्न सक्छन्। उनीहरुलाई लाग्न सक्छ यदि बलिउडभन्दा बाहिरबाट आएर घर-घरमा पहिचान बनाएको व्यक्तिले आफ्नो जीवनलाई बचाउन सकेन भने म किन आफ्नो जीवन बचाउँ?

आत्महत्याको समाचार सम्प्रेषण निर्देशिकामा आत्महत्याको तरिका नबताउने, सनसनी फैलाउने तरिकाले समाचार प्रस्तुत नगर्ने र आत्महत्या गर्ने व्यक्तिको सकारात्मक छवी प्रस्तुत गर्ने भनी लेखिएको छ। आत्महत्या गर्ने व्यक्तिको आदरका साथ सम्झना गरेर मानसिक बिरामीको संघर्षप्रति सम्मान देखाउँदै आत्महत्याबारे खुल्ला छलफल गर्न सक्ने वातावरण बनाएर आत्महत्याविरुद्ध सचेतना फैलाउन सकिन्छ। आत्महत्या गर्ने व्यक्तिप्रति सहृदयता देखाउन सकिन्छ। 

प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध
प्रधानमन्त्री शाहले थाले तराई मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल
राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट
सम्बन्धित सामग्री
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साह... शनिबार, जेठ ३०, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल शुक्रबार, साउन १५, २०८३
तराई-मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग शुक्रबार, साउन १५, २०८३
सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकाण्ड : शव बुझ्न सहमति, पोस्टमार्टमको तयारी शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
आईजीपीले रोहिङ्ग्या चुनाैती सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिमबीच झडप भयो : आशिका तामाङ बिहीबार, साउन १४, २०८३
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्