एजेन्सी–चीनको राजधानी बेइजिङमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गरिएको छ। १५८ जना नयाँ संक्रमित फेला परेपछि बेइीजङमा लकडाउन लागू गरिएको भने केही बजार र सहरमा आवतजावतमा कडाइ गरिएको छ।
योसँगै चीनले परीक्षणको दायरा बढाएको छ। चीनमा दोस्रो लहर सुरुमा भएको अवस्थामा पनि अमेरिकाले उसको तथ्यांकमाथि प्रश्न उठाएको छ। सबै घटनाको तटस्थ रिपोर्टिङ गराउन पनि चीनले भनेको छ। एउटा बजारबाट सुरु भएको संक्रमण अन्य सहरमा नफैलियोस् भनेर चीनले सतर्कता अपनाएको छ।
चिनियाँ कुटनीतिज्ञ याङ जिचिसँगको भेटमा पनि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सबै घटना पारदर्शी बनाउन माग गरेका थिए। उनले वुहानको तुलनामा बेइजिङको रिपोर्टिङ बढी इमान्दारीताका साथ हुने विश्वास रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।