एजेन्सी–भारत र चीनबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला अमेरिका र चीनबीच रहेको तिक्तता मेटाउने प्रयास भएको छ। चीनका शीर्ष कुटनीतिज्ञ याङ जिची र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच बुधबार हवाईमा ७ घण्टा वार्ता भएको छ। दुवै डिनरमा भेट भएका थिए।
दुई देशबीचको वार्ताले हाल जारी तनावपूर्ण माहौलमा कमि ल्याउने र मध्यमार्गी समाधानको उपाय निकाल्ने विश्लेषण गरिएको छ। चीनले यो भेटलाई रचनात्मक भनेर प्रतिक्रिया दिएको छ।
याङले अमेरिकासँग हङकङ, ताइवान र शिन्जियाङ मामिलामा दख्खल नदिन भन्दै यो आन्तरिक मामिला भएको बताएका थिए। पोम्पियोले कोरोना भाइरस महामारीको सूचना सार्वजनिक गरेर पारदर्शीता देखाउन आग्रह गरेका थिए। अमेरिका र चीनबीच वार्ता भएकै समयमा भारत र चीनबीच भने तनाव कायमै छ। लद्दाखको सीमामा दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले भने उक्त झडपमा आफ्नातर्फ भएको क्षतिको बारेमा सार्वजनिक गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।