• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सीमा विवादमा भारतीय प्रधानमन्त्रीको अग्निपरीक्षा

64x64
नेपाल लाइभ बिहीबार, असार ४, २०७७  १९:४५
1140x725

एजेन्सी- नेपाल, पाकिस्तान र चीनसँगको प्राय भारतको सीमा विवाद सार्वजनिक भइरहन्छ। पहिला छुट्टाछुट्टै रुपमा विवाद हुने गरेकामा अहिले भने तीनै देशसँग एकै समयमा सीमा विवाद भारतका लागि चुनौती बनेको छ। ताजा घटना चीनसँगको हो जहाँ विवाद छलफल हुँदै झडपको चरणसम्म पुगिसकेको छ। 

भारती सेनाका अनुसार भारत-चीन सीमाको गलवान घाँटीमा सोमबार बेलुका दुवै देशका सेनाबीच संघर्ष भयो। सो घटनामा २० भारतीय सैनिकले ज्यान गुमाए। भारतले चीनका सेनामा पनि क्षति भएको दावी गरेको छ। तर चीनले आफ्नोतर्फ भएको क्षतिबारे आधिकारिक रुपमा अहिलेसम्म केही विवरण सार्वजनिक गरेको छैन।

दुवै देशबीच लामो समयदेखि सीमा समस्या जारी थियो। सोमबारको घटनापछि भने दुवै देशबीच तनाव थप बढेको छ।

गलवान घाँटीमा भारतले गैर कानुनी रुपमा रक्षासम्बन्धी निर्माणको काम गरिरहेको चीनको दाबी छ। यो दुवै देशको सीमासम्बन्धी विवादित क्षेत्र हो। सोमबारको तनावपछि अहिले विवादित क्षेत्रमा दुवै देशले सेनाको संख्या बढाएका छन्।

नेपाल र पाकिस्तानसँगको समस्या
लिपुलेक, कालापानी र लिम्पियाधुराबारे नेपाल भारतबीच सीमा समस्या बढेको छ। भारतले संविधानको अनुच्छेद ३७० हटाएर नयाँ राजनीतिक नक्सा जारी गर्दै सो क्षेत्र आफ्नो नक्सामा राखेपछि विवाद बढेको थियो। नेपालले सो क्षेत्र समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। 

कश्मिरलाई लिएर भारत र पाकिस्तानबीच लामो समयदेखि सीमा विवाद जारी नै छ। कश्मिरलाई लिएर दुवै देशबीच लामो समयदेखि विवाद कायम छ। भारतले गत वर्ष कश्मिरबाट अनुच्छेद ३७० हटाएपछि दुवै देशको सम्बन्ध थप बिग्रिएको छ। गिलगित- बलचिस्तानमा चुनाव गराउने विषयमा पाकिस्तानको सुप्रिम कोर्टले आदेश दिएपछि भारतले आपत्ति जनाएको थियो। 

त्यसपछि भारतीय न्युज च्यानलहरूले पाकिस्तान प्रशासित कश्मिरको मौसमी अवस्था बताउन शुरु गर्‍यो। यसको जवाफमा पाकिस्तानी न्युज च्यानलहरूले पनि भारत प्रशासित कश्मिरको मौसमी अवस्था बताउन थाले।

यसरी अहिले भारत तीनवटै छिमेकीसँग सीमा विवादसँग जुधिरहेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग 'रोटीबेटीको सम्बन्ध' रहेको बताउँदै सीमा समस्या वर्ताको माध्यमबाट समाधान गर्ने बताएका छन्।

Ncell 2
Ncell 2

सिएए र एनआरसीको विषयमा भारत र बंगलादेशबीच विवाद भएको थियो। नागरिकता कानुनलाई लिएर भएको विरोध प्रदर्शनमा बंगलादेशका विदेशमन्त्री असद उज्जमान खानले आफ्नो भारत भ्रमणै स्थगित गरेका थिए।

तीन छिमेकीसँग एकसाथ संघर्ष किन ?
भारतको अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसमा रक्षा मामिलाका जानकार सुशान्त सिंहले अहिले भारतको विदेश नीति परीक्षामा रहेको लेखेका थिए।

'पाकिस्तानसँगको जुन सीमा समस्या छ त्यो ३०-३१ वर्षदेखि जारी छ। २०१५-२०१६ सम्म अवस्था सामान्य भएको थियो। तर अहिले आएर सम्बन्ध थप बिग्रिएको छ,' सिंहले भन्छन्‚ 'सीमामा लगातार गोलाबारी भइरहेको छ। दुवैको घरेलु राजनीतिमा समेत दुवै देशको विवाद मुद्दा बन्ने गरेको छ।'

उनले चीन र भारतबीचको विवाद सामान्य रहे पनि अहिले जुन विवाद शुरु भयो यो व्यापक रहेको बताएका छन्। सीमा विवाद बढेर २ सय देखि ३ सय किलोमिटर पुगिसकेको उनले बताए। भारत अहिले चीनसँग तनाव बढाउने पक्षमा नरहे पनि सेनाको मृत्युले भारत चुप बस्न सक्ने अवस्थामा नरहेको उनले बताए। नेपालसँग भारतको सम्बन्ध सुमधुर रहे पनि केही वर्षदेखि समस्या देखिन थालेको उनको विश्लेषण छ।

जवाहरलाल नेहरू युनिभर्सिटीका पूर्व प्रोफेसर तथा अन्तराष्ट्रिय मामिलाबारे जानकार एसडी मुनिले भारतले नाकाबन्दी गरेपछि सन् २०१५ बाट नेपाल भारत सम्बन्ध बिग्रन थालेको बताए। उनले अहिलेको तहसम्म विवाद पुग्नका अन्य कारण पनि रहेको र अहिले जुन रुपमा नेपालले व्यवहार गरिरहेको छ यस कारणको पछाडि चीनले प्रोत्साहन हुनसक्ने दाबी समेत गरेका छन्। सन् २०१५ बाट भारत र नेपालको सम्बन्धमा आएको चिसोपनाको फाइदा चीनले लिएको उनको कथन छ।

पाकिस्तानसँग पुरानै झगडा
इस्लामाबादमा रहेका बिबिसी संवाददाता आसिफ फारुकी पाकिस्तानसँगको भारतको झगडाको तुलनामा चीनसँग सुरु भएको विवाद ठूलो रहेको बताउँछन्। यसबाट पाकिस्तानलाई कुटनितिक फाइदा भने हुनसक्छ। पाकिस्तानसँग भारतको विवाद ७० वर्षदेखि चल्दै आएको र यसमा उतारचढाव रहेको बताउँदै उनले चीनसँग जुन तहमा विवाद भएको हो अहिले भारत र पाकिस्तानको सम्बन्ध त्यो तहमा नरहेको उनले बताए। उनले चीनसँग बढेको विवादलाई भारतको विदेश नीतिको असफलताको रुपमा लिन्छन्। 

भारतको नीति आक्रामक हो?
पाकिस्तानमा गरिएको सर्जिकल स्ट्राइक होस् या डोकलममा चीनसँग बढेको विवाद यी सबैलाई हेरेर भारतको विदेश नीति आक्रामक रहेको बताइन्छ। सुशान्त नेपालसँगको भारतीय नीति आक्रमक रहेको बताउँछन्। भारतले आफूलाई ठूलो दाजु र नेपाललाई भाइको रुपमा व्यवहार गर्ने र भारतको प्रभावका कारण नेपालीमा भारतविरुद्ध बढी आक्रोश रहेको उनको ठम्याइ छ।

तर चीनसँगको सम्बन्धमा उसले आक्रामक व्यवहार देखाउने गरेको छैन। उसले चीनलाई भड्काउने काम पनि गरेके छैन। तर चीनसँगको समस्याबारे भारत प्रष्ट समेत नदेखिएको उनको कथन छ। उनले चीनको आपत्ति के हो र भारत के चाहन्छ भन्ने समेत प्रष्ट नभएको बताउँछन्।

चीन गलवान घाटीको कारणमात्र भारतको विरोध गरिरहेको हो भन्न पनि मुस्किल छ। चीन नाथुला र सिक्किममा समेत उपस्थित छ जहाँ दुवै देश आमनेसामने समेत भइसकेका छन्।

अब के हुन्छ?
अहिलेको विवादबारे जानकारहरू चीन र भारतबीच अहिले देखिएको समस्या गम्भीर रहेको बताउँछन्। लद्दाखमा भारतीय सेनाको मृत्यु हुनु गम्भीर र तनावपूर्ण अवस्था रहेको उनीहरूको ठम्याइ छ। यसले भारत र चीनबीच भइरहेको कुराकानीमा समेत असर पर्ने देखिन्छ।

एसडि मुनी भारतले तीनै देशसँग अलग अलग तरिकाले कुराकानी शुरु गर्नुपर्ने पक्षमा देखिन्छन्। उनी नेपालसँगको विवादमा भारतसँग रहेको प्रमाण बलियो रहेको दाबी गर्छन्। तर समस्या समाधान गर्न कुराकानी गर्नुपर्ने बताउँछन्।

सुशान्त सिंह पनि तीनै देशसँग देखिएको समस्या राजनीतिक तरिकाले समाधान गर्नुपर्ने मत राख्छन्। चीनसँग अहिले सैन्यस्तरमा शुरु भएको कुराकानीले समस्या समाधान गर्न नसकिने उनको मत छ। उनको निष्कर्श छ समस्याको समाधान राजनीतिक र कुटनीतिक माध्यमबाट निस्कन सक्छ।

बिबिसीहिन्दीबाट

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका बीबीसी संवाददाता जियार गोलका अनुसार मारिएकाहरुको संख्या दुई हजारभन्दा अधिक रहेको छ । उनले भने, ‘सरकार पहिले पनि बल प्रयोग गर्दै आएको... मंगलबार, पुस २९, २०८२
ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् । सोमबार, पुस २८, २०८२
इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्