चौतारा- मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानीको माग गर्दै स्थानीय मजदुर र सप्लायर्सहरूले आयोजनाविरुद्ध पुनः आन्दोलन सुरु गरेका छन्।
सोमबार भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै स्थानीय मजदुर र सप्लायर्स गरी ५ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा स्थानीय सप्लायर्सहरू उत्तरकुमार श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ र राजनलाल श्रेष्ठ रहेका छन्।
त्यसैगरी मजदुर बुद्धिकृष्ण लामिछाने र बलराम लामिछानेलाई इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको हो। मजदुरमाथिको शोषण बन्द गर, बाँकी रकम भुक्तानी गर, कमिसनको खेल बन्द गर, पिडितप्रति न्याय गर भन्ने जस्ता नारा लगाएर विरोध जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।