काठमाडौं- प्रदेश १ सरकारले यातायातका साधनको कर तथा नविकरणमा लाग्ने जरिवाना मिनाहा गर्ने व्यवस्था बजेट मार्फत गरेको छ। लकडाउन अवधिमा तिर्नुपर्ने कर तिर्न नसकेका सेवाग्राहीका लागि लकडाउन पूर्ण रुपमा खुलेको ६० दिनसम्म तिर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको छ।
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षको बजेटबाट यस्तो व्यवस्था गरिएको बताए हुन्। यातायात कार्यालयहरू प्रदेश सरकार मातहतमा गएकाले जरिवाना मिनाहाको निर्णय प्रदेश सरकारले दिनुपर्ने भन्दै सोमबार यातायात कार्यालयहरुले कर संकलन गरेका छैनन्।
सोमबार प्रदेश सरकारहरूले बजेट मार्फत जरिवाना मिनाहाको व्यवस्था बजेटमै गरेसँगै मंगलबारदेखि कर संकलन सहज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।