काठमाडौं- शहिदस्मारक माध्यमिक विद्यालको क्वारेन्टाइनमा भएको सामुहिक बलात्कारको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
‘लुम्किचुहा नगरपालिका-१ स्थित शहिदस्मारक माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएकी एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कारको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘घटनाको सम्बन्धमा आयोगले नेपाल प्रहरीलाई विस्तृत जानकारी पठाउन पत्राचार गरिसकेको छ। आयोगको धनगढीस्थित प्रदेश कार्यालयको टोली अनुगमनको लागि घटनास्थलतर्फ प्रस्थान गरेको छ।’
साथै आयोगले विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।