काठमाडौं- सोमबार थप ६७ जना जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
यीमध्ये ७ जना महिला हुन् भने जना ६० जना पुरुष छन्। जनकपुरमा उपचार रत २४ जना पाटन अस्पतालमा उपचारत ४, बलम्बुबाट २, त्रिवि शिक्षणबाट २, कलैयामा उपचाररत ६ जना र साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १७ तथा कोरोना विशेष अस्पतालबाट १२ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
योसहित नेपालमा हालसम्म १ हजार ४१ जना उपचारपछि निको भएका छन्।
नेपालमा शनिबारसम्म १९ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।