काठमाडौं- प्रदेश- ५ ले १०० शैय्याको सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ। सरुवा रोगको उपचार गर्नका लागि अस्पताल निर्माण गरिने भएको हो।
यो अस्पताल कपिलवस्तुमा निर्माण गर्ने प्रदेश- ५ का मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले घोषणा गरेका छन्। प्रदेशमा मुटुको अस्पताल निर्माण गर्ने तथा प्रस्तुत अस्पताल निर्माणको सर्वेक्षण गर्ने उनले घोषणा गरे।
यसैगरी विभिन्न जिल्ला अस्पतालालई ५० शैय्याको अस्पतालमा स्तरोन्नतीका लागि पनि बजेट विनियोजन गरिएको छ। ८४ वर्ष उमेर नाघेका व्यक्तिहरूलाई घरमै उपचार गर्न १ करोड ९८ लाख रूपैयाँ विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।