• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

चिकित्सकले बुझाउन नसेकेको त्यो भीड...

घरबेटीले रिपोर्ट माग्छन् : सर्वसाधरण, लक्षण नभए परीक्षण नगर्नु : स्वास्थ्य मन्त्रालय
कमला गुरुङ सोमबार, असार १, २०७७  १४:५६
1140x725

काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको मुख्य गेट छिर्ने बित्तिकै ज्वरो परीक्षण गर्ने क्लिनिकको दाहिने तर्फ भित्तामा ठूलो अक्षरमा लेखिएको छ, ‘मलाई पढ्नुहोस्।’

उक्त सूचनामा कस्ता व्यक्तिलाई अस्पतालमा पिसिआर परीक्षण गरिन्छ भन्ने विषयमा चार बुँदामा सर्वसाधारणलाई बुझाउन खोजिएको छ। तर त्यहाँ पुग्ने अधिकांशलाई त्यो सूचनाको कुनै मतलब नै छैन, न त उनीहरुले त्यो सूचना पढेको नै देखिन्छ।

स्वास्थ्यखबरको टोलीले करिब २ घण्टा अस्पताल परिसरमा भइरहेको क्रियाकलापलाई नियालेको थियो। सो क्रममा अस्पतालको गेटबाट छिर्ने अधिकांशलाई एउटै हतारो देखिन्थ्यो, छिटो भन्दा छिटो स्वाब संकलन गर्न दिएर पिसिआर परीक्षण गराउनु।

परीक्षणका लागि आएका अधिकांशको साझा भनाई थियो, ‘पिसिआर परीक्षण गराएर घरबेटी र टोल छिमेकमा प्रमाण पेश गर्नु।’

तर, अस्पतालमा पुगेका सबैको पिसिआर परीक्षण भने हुँदैन। कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते ल्याएको ‘नेशनल टेष्टिङ गाइडलाइन फर कोभिड १९’ मापदण्ड।

यो मापदण्ड अनुसार लक्षण भएका व्यक्तिले मात्र पिसिआर परीक्षण गर्न पाउँछन्। 

तर, अस्पतालमा पुगेका सबैको जोड थियो, ‘पिसिआर परीक्षण नभए घरबेटीले छिर्न दिँदैन। टोलमा पस्न पाइँदैन।’ 

nimb
nimb
Ncell 2
Ncell 2

पिसिआर किट बचाउन सरकारले ल्याएको यो नीतिले सर्वसाधारणमा कस्तो अन्यौलता छाएको रहेछ, भन्ने कुरा आइतबार टेकु अस्पतालमा देखिएको दृश्यबाट प्रष्ट बुझ्न सकिन्थ्यो । 

टेकु अस्पतालमा करीब साढे १२ बजे एक समूह पिसिआर परीक्षणका लागि चिकित्सकसँग झगडा गर्दै थिए। कोरोना परीक्षणका लागि डेस्कमा बसेका ती चिकित्सकलाई त्यो भीड साम्य पार्न गाह्रो भएको थियो। 

ती चिकित्सकले उनीहरुलाई हात जोड्दै भने, ‘कृपया तपाईहरु यो नोट पढी दिनुहोला। हामीले सबैको पिसिआर गर्न सक्दैनौं।’

त्यो भीडलाई भित्ताको सूचनाले कुनै अर्थ राखेन। 

उनीहरु लगातार चिकित्सकलाई भन्दै थिए, ‘पिसिआर परीक्षण नगरी घरबेटीले बस्नै दिदैन। अनि हामी के गर्ने? भोलि हामीलाई केही भयो भने तपाईंहरुको जिम्मा हो।’

ती चिकित्सकले भीडलाई साम्य पार्न नसकेपछि प्रहरीले नै उनीहरुलाई बाहिर पठाए। कोरोना परीक्षण गरिरहेका एक चिकित्सकले भने, ‘यस्तो दैनिक नै हुन्छ। हामीले बिरामीलाई सम्झाउनै सक्दैनौं।’

लकडाउन खुकुलो भएसँगै टेकु अस्पतालमा कोरोना परीक्षणका लागि पुग्ने मानिसको संख्या बाक्लिदै गएको छ। बाक्लिएको त्यो भीड अस्पतालको मूल गेटभन्दा बाहिर पुग्ने गरेको छ। 

सरकारको नीति अनुसार नै टेकु अस्पतालले जोखिमयुक्त स्थानबाट आएको र ज्वरो, खोकी एवं स्वास फेर्न गाह्रो भएका व्यक्तिलाई मात्र पिसिआर परीक्षण गर्छ। अन्य व्यक्तिलाई सामान्य परीक्षण पछि घर पठाउने गरेको छ। तर अस्पताल पुग्ने सबैले यसलाई बुझ्न सकेका छैनन्। 

एक चिकित्सक भन्छन्, ‘सरकारले मापदण्ड बनायो। अस्पतालले लागू गर्‍यो। तर यो मापदण्ड बारे खै त सरकारले सबैलाई बुझाउन सकेको?’ 

सरकारले बुझाउन नसक्दा नै आफुहरुलाई बिरामी व्यवस्थापन गर्न समस्या भएको ती चिकित्सकले बताए। टेकु अस्पतालको त्यो भीडमा सामाजिक दूरी कायम गर्नुपर्ने नियमको समेत धज्जी उडीरहेको थियो। किनकी त्यहाँ एक इन्चको पनि दूरी कायम गरिएको थिएन। 

टेकुको त्यो भीडमा एक व्यक्ति भेटिए, उनको हातमा अस्पतालले दिएको हरियो टिकट थियो। धादिङबाट काठमाडौं फर्किएका उनी घरबेटीको दबाबले पिसिआर परीक्षण गराउन टेकु अस्पताल पुगेका रहेछन्। 

चिकित्सकले पिसिआर परीक्षण आवश्यक नभएको भन्दै सामान्य परीक्षण मात्र गरेको उनले बताए। तर उनी चिकित्सकलाई बारम्बार भन्दै थिए, ‘पिसिआर परीक्षण नगरी नआउनु भनेको छ। अब के गर्ने डाक्टरसाप?’ 

ती चिकित्सकले पनि भित्तामा टाँसिएको त्यही सूचना देखाउँदै भन्यो, ‘त्यो फोटो खिचेर देखाउनुस्। तपाईलाई कुनै लक्षण नै छैन। त्यसैले पिसिआर गर्नु पर्दैन।’ 

यो प्रक्रिया आजको मात्र होइन, टेकु अस्पतालमा दैनिक यसै गरी व्यक्तिहरु पुग्छन् अनि फर्किन्छन्। चिकित्सकले पनि यसरी नै उनीहरुलाई सकेसम्म बुझाउन खोज्छन्। कतिले बुझ्छन् त कति यसरी नै झगडा गर्छन्।  

सरकारले लकडाउन खुकुलो बनाएपछि कोरोना परीक्षणका लागि अस्पताल पुग्ने व्यक्तिको संख्या बढ्दै गएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए। उनका अनुसार हाल दैनिक साढे ५ सयको संख्यामा व्यक्तिहरु कोरोना परीक्षणका लागि अस्पताल पुग्छन्। 

उनी भन्छन्, ‘लकडाउनको स्वरुप परिवर्तन भएपछि अहिले अस्पताल आउने व्यक्तिको संख्या पनि बढेको छ। दैनिक साढे ५ सय जति आउँछन्। पहिले करीब ३ सय जति मात्र आउँथे।’

कोरोना परीक्षण गर्न घरबेटीले दबाब दिएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कोरोनाको नियमित ब्रिफिङका क्रममा डा जागेश्वर गौतमले भने, ‘कुनै पनि व्यक्ति बाहिर गएर आउँदा या यात्रा गर्दैमा परीक्षण गर्नुपर्छ भन्ने स्वास्थ्य मन्त्रालयको निर्देशिकामा छैन। निर्देशिकामा उल्लेख भए बाहेक अन्य अवस्थामा कोरोना परीक्षण नगर्न र नगराउन सरोकारवाला निकायमा अनुरोध छ।’ 

उनले जोखिम नै नभएकाहरुको पनि परीक्षण गर्दा स्रोत साधनको दुरुपयोग हुने बताए।
 

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोसीको बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति, यस्तो छ प्रारम्भिक विवरण
रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रपति पौडेल दुःखी, उद्धार र राहतमा जुट्न आह्वान
भोटेकोसीको बाढीपछि अस्पतालमा ‘इमर्जेन्सी मोड’, १०० भन्दा बढी बेड खाली
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोसीको बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति, यस्तो छ प्रारम्भिक विवरण बुधबार, भदौ १०, २०८३
रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रपति पौडेल दुःखी, उद्धार र राहतमा जुट्न आह्वान बुधबार, भदौ १०, २०८३
भोटेकोसीको बाढीपछि अस्पतालमा ‘इमर्जेन्सी मोड’, १०० भन्दा बढी बेड खाली बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा फसेका १२ जनाको उद्धार बुधबार, भदौ १०, २०८३
राहत, उद्धार र खोजमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्