काठमाडौं– बिना जानकारी हङकङबाट सोमबार बिहान ७ जना नेपालीहरु स्वदेश फर्किएका छन्।
सम्बन्धित निकायमा सूचना बिना नै नेपाल एयरलाइन्सको जहाजमार्फत फर्किएका उनीहरु एयरपोर्टमै रोखिएका हुन्।
आइतबार लकडाउनका कारण नेपालमा रोकिएका हङकङमा कार्यरत नेपालीहरु लिएर हङकङका लागि उडेको नेपाल एयरलाइन्सको जहाजमार्फत उनीहरु सोमबार फर्किएका हुन्।
उनीहरु कसको पहलमार्फत स्वदेश फर्किए भन्ने जानकारी नै आफूहरुलाई नभएको सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले बताए।
‘आज बिहान हङकङबाट ७ जना नेपालीहरु विमान स्थल आइपुगेको बुझिएको छ, तर उनीहरु कसको पहलमा आए जानकारी नहुँदा व्यवस्थापनमा समेत अप्ठ्यारो भएको छ’ प्रवक्ता पाण्डेले नेपाल लाइभसँग भने।
उनीहरुसँग कोरोना परीक्षणको रिपोर्ट समेत नभएको पाइएपछि अहिले विमानस्थलमा मेडिकल टिम पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।