काठमाडौं- प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले माथिल्लो निकायबाट कुनै पत्र वा निर्देशन नआएको भन्दै लकडाउन अवधिको जरिवाना मिनाहा गर्न नसकिने जनाएको छ।
सरकाले लकडाउनको अवधिमा कर तिर्ने समय परेका सेवाग्राहीलाई यो अवधिको जरिवाना नलिने निर्णय गरे पनि प्रदेश २ ले यस्तो सूचना जारी गरेको हो।
प्रदेश २ को भौतिक मन्त्रालयले भने करको विषयमा माथिल्लो निकायबाट पत्र वा निर्देशन नआएकाले छुट दिन नसकिने भन्दै सूचना जारी गरेको हो।
सरकारले लकडाउन गरेको चैत ११ देखिको सवारीको वार्षिक कर, नवीकरण तथा रूट परमिट नवीकरणमा लाग्ने जरिवाना मिनाहाको निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।