काठमाडौं- आजदेखि मोटरसाइलकमा पनि जोर बिजोर प्रणाली लागू भएको छ। लामो समयदेखि जारी लकडाउनमा खुलापन अपनाइएसँगै निजी सवारी साधनलाई पनि सञ्चालन अनुमति दिइएको छ। तर, जोर बिजोर प्रणाली अपनाइएको छ।
मोटरसाइकलमा जोर बिजोर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले बताए।
अन्तिममा जोर संख्या भएका मोटरसाइकलले जोर गते र बिजोर संख्या भएकाले बिजोर गते मात्रै चल्न पाउनेछन्।
त्यस्तै, मोटरसाइकलमा दुई जना चढ्न नपाइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।