कठमाडौं- विश्वभर ७८ लाख ८७ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २० लाख ९३ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ८ लाख ६७ हजार ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। रुसमा ५ लाख २८ हजार २ सय ६७, भारतमा ३ लाख २० हजार ९ सय २२, बेलायतमा २ लाख ९७ हजार ३ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ४ लाख ३२ हजार ६ सय ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक १ लाख १५ हजार ७ सय २९ छ।
त्यस्तै, ब्राजिलमा ४३ हजार ३ सय ३२, बेलायतमा ४१ हजार ७ सय ८३, इटालीमा ३४ हजार ३ सय ४५, फ्रान्समा २९ हजार ४ सय १० संक्रमितको मृत्यु भएको छ।
विश्वभर ३७ लाख ६३ हजार १ सय ७९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक ५ लाख ६१ हजार ८ सय १६ जना छन्। त्यस्तै, ब्राजिलमा ४ लाख ६८ हजार ८ सय ४३, रुसमा २ लाख ७९ हजार ५ सय ३६, इटालीमा १ लाख ७६ हजार ३ सय ७० जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ५ हजार ७ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार बिहान मात्रै तनहुँमा ५ जनामा संक्रमण पुष्टि भएको छ। नेपालका ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये ९ सय ७४ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।