बेइजिङ- चीनले देशभर शैक्षिक क्षेत्रमा गरेको लगानी सन् २०१९ मा ५० खर्ब १७ अर्ब ५० करोड चिनियाँ युआन पुगेको चीन सरकारले बताएको छ।
सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशत रकम वृद्धि भएको हो। चीनमा गरिएको शैक्षिक लगानी ५० खर्ब नाघेको यो पहिलो पटक हो। उक्त जानकारी चीनको शिक्षा मन्त्रालयले जुन १३ तारिख सार्वजनिक गरेको ’चीनमा शैक्षिक लगानीको कार्यान्वयन अवस्था २०१९’मा उल्लेख छ।
प्राप्त जानकारीअनुसार, सन् २०१९मा शिशु विद्यालयमा भएको लगानी ४ खर्ब ९ अर्ब ९० करोड थियो जुन अघिल्लो वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको छ। अनिवार्य शिक्षामा (६ वर्षको प्राथमिक तथा तीन वर्षको प्राथमिक विद्यालय) लगाइएको लगानी २२ खर्ब ७८ अर्ब रहेको छ। यो अघिल्लो वर्षको तुलनामा ९.१२ प्रतिशतले वृद्धि हो।
उच्च प्राथमिक विद्यालय शिक्षामा गरिएको लगानी ७ खर्ब ७३ अर्ब पुगेको छ। यो रकम अघिल्लो वर्षको तुलनामा ७.५३ प्रतिशतको वृद्धि हो।
उच्च शिक्षा (विश्वविद्यालय)मा भएको लगानी १३ खर्ब ४६ अर्ब ४० करोड रहेको र अघिल्लो वर्षको तुलनामा ११.९९ प्रशितले वृद्धि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।