काठमाडौं– आइतबार बंगलादेशबाट २ सय ५८ जना नेपाली आइपुगेका छन्। कोरोनाका कारण समस्यामा परेका उनीहरूलाई नेपाल एयरलाइन्समार्फत स्वदेश ल्याइएको हो।
एयरलाइन्स साँझ ६ः २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपाल लाइभलाई बताए।
बंगलादेशबाट फर्किएका २ सय ५८ यात्रुमध्ये अधिकांश विद्यार्थी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।