काठमाडौं– युएईमा कोरोनाका कारण समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउनका लागि तय भएका दुई उडान रद्ध गरिएको छ।
प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सका दुई उडान रद्ध गरिएको दूतावासले जनाएको छ। युएईबाट काठमााडौंका लागि १६ र १८ जुन (असार २ र ४ गते) को नेपाल एयरलाइन्सको उडान रद्ध गरिएको हो।
यसअघि १६, १८, २० र २३ जुनमा युएईबाट ४ वटा उडानमार्फत नेपालीहरु स्वदेश फर्काउने दूतावासले जनाएको थियो। स्वदेश फर्कनका लगि १७ हजारभन्दा बढीले आवेदन दिएका छन्। तीमध्ये प्राथमिकताका आधारमा स्वदेश फर्काइने उल्लेख गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।