काठमाडौं– नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुक मलेसियाबाट पहिलो चरणमा स्वदेश फर्काइनेहरुको सूची परिमार्जन गरिएको छ।
पहिलो चरणमा ३ हजार १७५ लाई स्वदेश फर्काइने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासले यसअघि सार्वजनिक गरेको सूचीमा पहिलो चरणमा १ हजार ५ जनालाई मात्र स्वदेश फर्काउने उल्लेख गरेको थियो। सूचीमा रहेका मध्येबाट नेपाल तथा हिमालय एयरलाइनसका पहिलो ४ वटा उडानमार्फत सिट क्षमताअनुसार स्वदेश फर्काइने दूतावासले जनाएको छ।
१६, १८, २० र २१ जुनका लागि उडान तय गरिएको दूतावासले जनाएको छ। दोस्रो पटक परिमार्जन गरी भाडा ३७२ डलर कायम गरिएको छ।
मलेसियाबाट नेपाल फर्कन गर्भवती महिला, कोरोना बाहेक अन्य बिरामी, रोजगारी गुमाएर अलपत्र अवस्थामा रहेका, भिसा अवधि सकिएका आफन्तको मृत्यू भई किरिया गर्न स्वदेश फर्कनुपर्ने अवस्थाका, आफन्त भेट गर्न गएर रोकिएका वा भिजिट भिसामा गएका, व्यापारिक भिसामा गएका व्यक्तिहरू लगायतले प्राथमिकता पाएका छन्।
स्वदेश फर्कनेहरुको नामावलीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।