• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

विदेशमा समस्यामा परेकाको उद्धारमा पनि ‘बार्गेनिङ’

64x64
निर्मला घिमिरे आइतबार, जेठ ३२, २०७७  १७:४९
1140x725
सांकेतिक तस्बिर

काठमाडौं– विदेशमा समस्यामा परेका नेपाली नागरिकहरूको उद्धारका लागि चार्टर जहाजको भाडा सरकारले २ पटक घटाइसकेको छ। 

पहिलो पटक तय गरेको भाडा अत्याधिक महंगो भएको भन्दै सर्वत्र विरोध भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार जहाज भाडा घटाएको थियो। 

न्यूनतम २५ डलरदेखि अधिकतम ८० डलरसम्म घटाएको उक्त भाडादर समस्यामा परेकाहरू अनुकुल हुन नसकेको भन्दै थप आलोचना बढेपछि पर्यटन मन्त्रालयले शनिबार दोस्रो पटक भाडादर घटाएको हो। 

शनिबार नेपालीहरूका मुख्य श्रम गन्तव्य मुलुकहरूबाट नेपालीहरू स्वदेश फर्काउने भाडामा २० प्रतिशत वा १०० डलरसम्म भाडा घटाउने निर्णय गरेको छ। 

यो निर्णयपछि अब मलेसियाको भाडा ४ सय ६५ डलरबाट घटेर ३७२ डलर निर्धारण भएको छ। 

कतारको दोहाको हकमा ४ सय ९० डलरबाट ३ सय ९२ डलर, युएईको हकमा  ४ सय ५० डलरबाट घटेर ३ सय ९०, साउदी दमामको हकमा ५ सय ३० डलरबाट ४ सय ३० डलर कायम भएको छ। खाडीस्थित अन्य गन्तव्यका यसअघिको घाडामा १ सय डलर घटाइएको छ।

जेद्दाको ६ सय ९० बाट घटेर ५ सय ९० डलर, ओमनको हकमा ४ सय ६० बाट घटेर ३ सय ६८ डलर, बराइनको हकमा ३ सय ९२ डलर, कुवेतको हकमा ४ सय १० डलर‚ जोर्डनको हकमा ६ सय ७५ डलर, साइप्रसको हकमा ७ सय ३० डलर नयाँ भाडा तय भएको छ। अन्य गन्तव्यको भने यथावत नै रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस्

 

nimb
nimb
Ncell 2
Ncell 2
फेरि घट्याे उद्धार उडानकाे भाडा [सूचीसहित]शनिबार, जेठ ३१, २०७७

तर दोस्रो पटक घटाएको भाडा पनि समस्यामा परेकाहरूलाई राहत दिने खालको भने हुन सकेको छैन। यसरी जहाजभाडाका सम्बन्धमा सरकारले हेरफेर गरिरहेको भाडादरबाट पनि यसअघि तोकेको भाडा श्रमिकहरूसँग मोटो रकम असुल गर्न खोजिएको हो भन्ने स्पष्ट बुझ्न सकिन्छ।

अन्य मुलुकले समस्यामा परेका आफ्ना नागरिकहरूलाई आफ्नै खर्चमा उद्धार गरिरहँदा नेपाल सरकारले चर्को भाडादर कायम गरी समस्यामाथि समस्या थपिदिएको छ।  

समस्यामा रहेका आफूहरूको आलो घाउमाथि सरकारले बार्गेनिङ गरेर आलो घाउमा नुनचुक छर्किदिएको प्रवासीहरूको आरोप छ। 

सरकारले आफूहरूको पीडालाई बजारमा पाइने सामानको मोलतोल गरेझैं रमिता देखाएको भन्दै विभिन्न सामाजिक सञ्जालमार्फत प्रवासी नेपालीहरूले चर्को विरोध गरिरहेका छन्। 

पर्यटन मन्त्रालयले दोस्रो पटक भाडादर घटाउँदा पनि अझै ३ गुणा बढी भाडा कायम रहेको भन्दै विदेशमा रहेका नेपालीहरूले आक्रोश पोखिरहेका छन्। सरकारले अप्ठ्यारोमा परेकालाई निःशुल्क उद्धार गर्नुपर्ने माग उनीहरूको छ। 

सरकारले बजारको सामान झैँ बार्गेनिङ गर्‍यो
अनुप मगर, मलेसिया 

सरकार धेरै नाटक नगर। हामीले सित्तैमा लैजा पनि भनेको होइन। पहिलाकै भाडा कायम गर। हामी समस्यामा परेर आफ्नो देश फर्कन्छु भन्दा पनि बजारमा राखेका सामान किनबेच गर्दा बार्गेनिङ भएजस्तै सरकारले हाम्रो पसिनासँग बार्गेनिङ गर्‍यो। आफ्ना नागरिकप्रति अलिकति पनि दया छैन है? 

हामी परदेशीसँग पटक–पटक नाटक किन ?
सुरेश कुमाल, साउदी 

सरकारले हामी परदेशीमाथि निकै खेलवाड र नाटक गर्‍यो।  पटक–पटक नाटक किन? यो सबै लुट्ने बहाना हो। हामीले कति दुःख पाउने? समस्या परेको बेला आफ्नो जन्मभूमि पनि फर्कन नपाउने? 

हामी अलपत्र परेकासँग कहाँ पैसा हुन्छ र बार्गेनिङ गर्नु? 
यादवप्रसाद दुलाल, युएई 

भाडा दुई पटक घटाउँदा पनि अझ बढी नै भयो सरकार। हामी ३ महिनादेखि अलपत्र परेकाहरूसँग कहाँबाट पैसा हुन्छ र बार्गेनिङ गरिरहनु? यस्तो समस्यामा त आफ्ना नागरिक उद्धार गर्ने दायित्व सरकारको हो। यो दायित्वबाट सरकार भाग्न मिल्दैन। निःशुल्क स्वदेश लैजाने व्यवस्था गरियोस्। 

‘चार्टर उडानभन्दा नियमित उडान खोलिदिए यात्रुहरूले चर्को भाडा तिर्नु पर्दैन थियो। हामीले यसबारेमा पनि कुरा राख्यौं। सरकारले आफ्नै अडान नछाड्दा श्रमिकहरूले निकै महंगो भाडा तिर्नुपर्ने अवस्था आएको छ’ एक राजदूत भन्छन्। 

सरकारले एयरलाइन्ससँग समन्वय गरेर उचित भाडा लागू गर्न नसक्दा पटक–पटक भाडा हेरफेर गरिरहनुपर्ने अवस्था आएको उनको भनाइ छ। 

भाडा हेरेफेर भएसँगै केही मुलुकबाट अप्ठ्यारोमा रहेका नेपाली स्वदेश फर्काउन तय गरिएको उडान रद्ध गरिएको छ। केही उडान तालिका समेत हेरफेर गरिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बाढीले धादिङबेँसी जोड्‌ने फुर्केखोलाको पुल बगायो बुधबार, भदौ १०, २०८३
मैलुङ पाखाको ओडारमा ८ जना अलपत्र, उद्धार गर्न आग्रह बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा सशस्त्र प्रहरी बलको व्यापक उद्धार अभियान, ड्रोनदेखि K9 टोलीसम्म परिचालन बुधबार, भदौ १०, २०८३
रसुवा बाढीः ४१ प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
भोटेकोसीको बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति, यस्तो छ प्रारम्भिक विवरण बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्