• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

विदेशमा समस्यामा परेकाको उद्धारमा पनि ‘बार्गेनिङ’

64x64
निर्मला घिमिरे आइतबार, जेठ ३२, २०७७  १७:४९
1140x725
सांकेतिक तस्बिर

काठमाडौं– विदेशमा समस्यामा परेका नेपाली नागरिकहरूको उद्धारका लागि चार्टर जहाजको भाडा सरकारले २ पटक घटाइसकेको छ। 

पहिलो पटक तय गरेको भाडा अत्याधिक महंगो भएको भन्दै सर्वत्र विरोध भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार जहाज भाडा घटाएको थियो। 

न्यूनतम २५ डलरदेखि अधिकतम ८० डलरसम्म घटाएको उक्त भाडादर समस्यामा परेकाहरू अनुकुल हुन नसकेको भन्दै थप आलोचना बढेपछि पर्यटन मन्त्रालयले शनिबार दोस्रो पटक भाडादर घटाएको हो। 

शनिबार नेपालीहरूका मुख्य श्रम गन्तव्य मुलुकहरूबाट नेपालीहरू स्वदेश फर्काउने भाडामा २० प्रतिशत वा १०० डलरसम्म भाडा घटाउने निर्णय गरेको छ। 

यो निर्णयपछि अब मलेसियाको भाडा ४ सय ६५ डलरबाट घटेर ३७२ डलर निर्धारण भएको छ। 

कतारको दोहाको हकमा ४ सय ९० डलरबाट ३ सय ९२ डलर, युएईको हकमा  ४ सय ५० डलरबाट घटेर ३ सय ९०, साउदी दमामको हकमा ५ सय ३० डलरबाट ४ सय ३० डलर कायम भएको छ। खाडीस्थित अन्य गन्तव्यका यसअघिको घाडामा १ सय डलर घटाइएको छ।

जेद्दाको ६ सय ९० बाट घटेर ५ सय ९० डलर, ओमनको हकमा ४ सय ६० बाट घटेर ३ सय ६८ डलर, बराइनको हकमा ३ सय ९२ डलर, कुवेतको हकमा ४ सय १० डलर‚ जोर्डनको हकमा ६ सय ७५ डलर, साइप्रसको हकमा ७ सय ३० डलर नयाँ भाडा तय भएको छ। अन्य गन्तव्यको भने यथावत नै रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस्

 

Ncell 2
Ncell 2
फेरि घट्याे उद्धार उडानकाे भाडा [सूचीसहित]शनिबार, जेठ ३१, २०७७

तर दोस्रो पटक घटाएको भाडा पनि समस्यामा परेकाहरूलाई राहत दिने खालको भने हुन सकेको छैन। यसरी जहाजभाडाका सम्बन्धमा सरकारले हेरफेर गरिरहेको भाडादरबाट पनि यसअघि तोकेको भाडा श्रमिकहरूसँग मोटो रकम असुल गर्न खोजिएको हो भन्ने स्पष्ट बुझ्न सकिन्छ।

अन्य मुलुकले समस्यामा परेका आफ्ना नागरिकहरूलाई आफ्नै खर्चमा उद्धार गरिरहँदा नेपाल सरकारले चर्को भाडादर कायम गरी समस्यामाथि समस्या थपिदिएको छ।  

समस्यामा रहेका आफूहरूको आलो घाउमाथि सरकारले बार्गेनिङ गरेर आलो घाउमा नुनचुक छर्किदिएको प्रवासीहरूको आरोप छ। 

सरकारले आफूहरूको पीडालाई बजारमा पाइने सामानको मोलतोल गरेझैं रमिता देखाएको भन्दै विभिन्न सामाजिक सञ्जालमार्फत प्रवासी नेपालीहरूले चर्को विरोध गरिरहेका छन्। 

पर्यटन मन्त्रालयले दोस्रो पटक भाडादर घटाउँदा पनि अझै ३ गुणा बढी भाडा कायम रहेको भन्दै विदेशमा रहेका नेपालीहरूले आक्रोश पोखिरहेका छन्। सरकारले अप्ठ्यारोमा परेकालाई निःशुल्क उद्धार गर्नुपर्ने माग उनीहरूको छ। 

सरकारले बजारको सामान झैँ बार्गेनिङ गर्‍यो
अनुप मगर, मलेसिया 

सरकार धेरै नाटक नगर। हामीले सित्तैमा लैजा पनि भनेको होइन। पहिलाकै भाडा कायम गर। हामी समस्यामा परेर आफ्नो देश फर्कन्छु भन्दा पनि बजारमा राखेका सामान किनबेच गर्दा बार्गेनिङ भएजस्तै सरकारले हाम्रो पसिनासँग बार्गेनिङ गर्‍यो। आफ्ना नागरिकप्रति अलिकति पनि दया छैन है? 

हामी परदेशीसँग पटक–पटक नाटक किन ?
सुरेश कुमाल, साउदी 

सरकारले हामी परदेशीमाथि निकै खेलवाड र नाटक गर्‍यो।  पटक–पटक नाटक किन? यो सबै लुट्ने बहाना हो। हामीले कति दुःख पाउने? समस्या परेको बेला आफ्नो जन्मभूमि पनि फर्कन नपाउने? 

हामी अलपत्र परेकासँग कहाँ पैसा हुन्छ र बार्गेनिङ गर्नु? 
यादवप्रसाद दुलाल, युएई 

भाडा दुई पटक घटाउँदा पनि अझ बढी नै भयो सरकार। हामी ३ महिनादेखि अलपत्र परेकाहरूसँग कहाँबाट पैसा हुन्छ र बार्गेनिङ गरिरहनु? यस्तो समस्यामा त आफ्ना नागरिक उद्धार गर्ने दायित्व सरकारको हो। यो दायित्वबाट सरकार भाग्न मिल्दैन। निःशुल्क स्वदेश लैजाने व्यवस्था गरियोस्। 

‘चार्टर उडानभन्दा नियमित उडान खोलिदिए यात्रुहरूले चर्को भाडा तिर्नु पर्दैन थियो। हामीले यसबारेमा पनि कुरा राख्यौं। सरकारले आफ्नै अडान नछाड्दा श्रमिकहरूले निकै महंगो भाडा तिर्नुपर्ने अवस्था आएको छ’ एक राजदूत भन्छन्। 

सरकारले एयरलाइन्ससँग समन्वय गरेर उचित भाडा लागू गर्न नसक्दा पटक–पटक भाडा हेरफेर गरिरहनुपर्ने अवस्था आएको उनको भनाइ छ। 

भाडा हेरेफेर भएसँगै केही मुलुकबाट अप्ठ्यारोमा रहेका नेपाली स्वदेश फर्काउन तय गरिएको उडान रद्ध गरिएको छ। केही उडान तालिका समेत हेरफेर गरिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्