फाइल तस्बिर
काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लाको पहिरोमा परी ८ जनाले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै उनले शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेका छन्।
पर्वतको कुश्मा नगरपालिका- ३ दुर्लुङ ढकलबारीमा अविरल वर्षासँगै शनिबार राती आएको पहिरोले पुरिँदा ८ जनाको निधन भएको थियो भने पहिरोमा परी अझसम्म एक जना बेपत्ता छन्। पहिरोमा २ घर पुरिएका छन्।
शनिबार राती गएको पहिरोमा परि बेपत्ता भएकाको तुरुन्त उद्धारका लागि पर्वत जिल्ला प्रशासन, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिरहेको छ।
पीडित परिवारको तुरुन्त उद्धार, राहत, पुनर्स्थापना तथा पहिरोका कारण जोखिममा परेको बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न सरकार तथा सम्बद्ध अधिकारीसमक्ष उनले आग्रह समेत गरेका छन्। अध्यक्ष तिमिल्सिनाको गृहजिल्ला पनि पर्वत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।