काठमाडौं- बहराइनमा समस्यामा परेका नेपाली स्वदेश फर्काउन नेपाल एयरलाइन्समार्फत हुने भनिएको पहिलो उडानको मिति सरेको छ।
बहराइनबाट असार ३ गते हुने भनिएको पहिलो उडान प्राविधिक कारणले असार ७ गतेका लागि सारिएको दूतावासले जनाएको छ।
अन्य उडान मितिबारे अर्को सूचनामार्फत जानकारी गराइने दूतावाासले उल्लेख गरेको छ।
स्वदेश फर्कन दूतावासमा आवेदन दिएकाहरुमध्ये सरकारले तय गरेको प्राथमिकताका आधारमा छनोट हुने बताइएको छ।
चार्टर उडानमार्फत यात्रा गर्न कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने छ। जहाज भाडा तथा होटल क्वारेन्टाइन र स्थानीय यातायातको खर्च व्यक्ति स्वयमले बेहोर्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।