काठमाडौं- लकडाउनका कारण जापानमा अप्ठ्यारो परेका नेपालीलाई दुई उडानमार्फत नेपाल ल्याउने तयारी गरिएको छ।
नेपाल एयरलाइन्सका दुई उडानमार्फत असार ६ गते र १० गते नेपाल ल्याउने तयारी गरिएको जापानस्थित नेपाली दूतावासले जनाएको छ।
स्वदेश फर्कन दूतावासमा आवेदन दिएकामध्ये प्राथमिकतामा छनोट गरिएको र जहाजको सिट क्षमताअनुसार नेपाल ल्याइने दूतावासले जनाएको छ।
जपानबाट नेपाल आउन ९३५ अमेरिकी डलर भाडा तोकिएको छ। स्वदेश फर्किनेहरुले अनिवार्य कोरोना परीक्षण गराउनु पर्नेछ। रिपोर्टमा कोरोना नदेखिएकाहरु मात्र स्वदेश फर्कन पाउने उल्लेख गरिएको छ।
यसअघि जापानबाट कोरोना बाहेक अन्य जटिल अवस्थाका ७ जना बिरामी अवस्थाका नेपाली स्वदेश फर्काइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।