काठमाडौं- कोरोनाका कारण कम्बोडिया र सिंगापुरमा समस्यामा परेका नेपालीलाई असार ३ गते ल्याइने भएको छ।
थाइल्याण्डस्थित नेपाली दूतावासका अनुसार हिमालयन एयरलाइन्स चार्टरमार्फत उनीहरुलाई स्वदेश फर्काइने भएको हो।
उक्त उडानबाट कम्बोडियाबाट ४६ जना र बाँकी सिंगापुरबाट गरी जहाजको सिट क्षमताअनुसार नेपालीलाई स्वदेश फर्काइने दूतावासले जनाएको छ।
स्वदेश फर्किनेहरुलाई एक साताभित्रको पिसिआर वा आरडिटी परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ।
सरकारले अन्य विभिन्न मुलुकमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन सुरु गरिसकेको छ। यसअघि म्यानमारबाट २६, युएईबाट १६८, अस्ट्रेलियाबाट ११, जापानबाट ७, कुवेतबाट ४४८ नेपाली स्वदेश फर्किएका छन्।
स्वदेश फर्काइएकामध्ये कतिपयलाई गन्तव्य मुलुकले जहाज चार्टर गरेर स्वदेश ल्याइदिएको हो भने कतिपय आफ्नै खर्चमा स्वदेश फर्किएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।