काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ललितपुरका एसएसपी टेकपपप्रसाद राईलाई धम्की दिएको छ।
सो पार्टीको ललितपुर जिल्ला समितिका सेक्रेटरी विदुषीका नाममा जारी विज्ञप्तिमा राईलाई एक राजनीतिक पार्टीमा आस्था राखेकै आधारमा, एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने, घर घेर्ने, धरपकड गर्ने तथा शारीरिक र मानसिक यातना दिने काम रोक्न निर्देशन दिएको छ।
‘यो महामारीमा जनताको उचित व्यवस्थापन रोगको रोकथाम तथा जनताको स्वास्थ्य अवस्थो चेकजाँचभन्दा पनि केपी पिके सरकार हाम्रो पार्टीका नेता कार्यकर्ताको निगरानी र धरपकडमा लागिपरेको छ’, विज्ञप्तिमा भनिएको छ।
उसले पक्राउ परेका भनिएका श्याम बज्राचार्य लामो समयदेखि आफ्नो पार्टीको सम्पर्कमा नरहेको विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।