काठमाडौं- यस वर्षको मनसुन नेपाल प्रवेश गरे पनि देशैभर फैलिन अझै तीन/चार दिनसम्म लाग्नसक्ने प्रक्षेपण गरिएको छ।
पश्चिम नेपालमा पश्चिमी वायुको प्रभाव अझै कायम भएकाले देशैभर मनसुन सक्रिय हुन समय लाग्नसक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वनुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए ।
‘यस वर्षको मनसुन शुक्रबार पूर्वी नेपालबाट प्रवेश गरेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्षको मनसुन छिटो प्रवेश गरेको छ,’ मौसमविद् श्रेष्ठले भने, ‘तर,पश्चिमी भूभागमा आफैं पश्चिमी वायुको प्रभाव कायमै भएकाले पूर्वी वायूले विस्तारै विस्थापित गर्दै लगेमा देशैभर सक्रिय हुन्छ।’ यस वर्षको मनसुन देशैभर औषत हुने अनुमान गरिएको छ।
आज प्रदेश १ र प्रदेश २ मा पूर्ण बदली भई अन्य प्रदेशमा सामान्य बदली हुने आकलन गरिएको छ। तर प्रदेश १ र प्रदेश २ को एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको श्रेष्ठले बताए। आज राति सुदूरपश्चिम प्रदेशमा सामान्य बदली भई अरु प्रदेशमा पूर्ण बदली हुने अनुमान गरिएको छ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार र मंगलबार मौसमको अवस्था यस्तो छ:
असार १ गते (सोमबार) दिउँसो देशभर पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा मेघ गर्जनसहित चट्याङ सहित वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली हुने छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा मेघ गर्जनसहित बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहितको वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असार ०२ गते (मंगलबार) दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली हुने छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति सुदूरपश्चिम प्रदेश र प्रदेश ५ मा सामान्य बदली हुने छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ। प्रदेश ५ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।