फोटोः अशोक पौडेलको फेसबुक
पर्वत- पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा गएको पहिरोमा परेर मृत्यु भएका पाँच जनाको शव फेला परेको छ। चार जना अझै बेपत्ता भएका छन्।
शनिबार साँझ दुई घण्टासम्म परेको भीषण वर्षासँगै पहिरो गएको थियो। घटना बेलुका ९ बजेतिरको भएको पर्वतका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए।
तुलबहादुर थापाको घरमा ६ जना र कमला विकको घरको तीन जना पहिरोमा परेका थिए। बेपत्ताको खोजी जारी रहेको उनले बताए।
पहिरोले गर्दा दुई वटा घरमा पूर्णरुपमा क्षति पुगेको अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।