काठमाडौं- विश्वभर ७७ लाख ५७ हजार ७ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २० लाख ७१ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ८ लाख ५० हजार ५ सय १४, रुसमा ५ लाख १९ हजार ४ सय ५८, भारतमा ३ लाख ८ हजार ९ सय ९३, बेलायतमा २ लाख ९५ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ४ लाख २९ हजार १ सय ६१ हजार कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १५ हजार ३ सय ४७ जनाको मृत्यु भएको छ।
त्यस्तै, ब्राजिलमा ४२ हजार ७ सय २०, बेलायतमा ४१ हजार ७ सय ४७, इटालीमा ३४ हजार ३ सय १, फ्रान्समा २९ हजार ४ सय १, स्पेनमा २७ सय १ सय ३६ जनाको मृत्यु भएको छ।
विश्वभर ३६ लाख ७९ हजार ७ सय ४५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ५ लाख ५६ हजार ६ सय ६ छ। त्यस्तै, ब्राजिलमा ४ लाख ४९ हजार २ सय २५, रुसमा २ लाख ७४ हजार १ सय २८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ५ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार बिहान मात्रै दुई जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये ९ सय १३ जना संक्रमणमुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।