• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाभित्रै रुमलिँदै एमसिसी

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३०, २०७७  १४:१२
1140x725

काठमाडौं- तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २०७४ भदौ २९ मा  अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) सँग सम्झौता गरे। त्यसलाई २०७६ असार १६ मा संसदबाट पारित गरी कार्यान्वयनमा जाने तयारी भयो। तर सत्तारुढ नेकपाभित्रै एमसिसी अन्तगर्त ५५ अर्ब रुपैयाँ संसदबाटै पारित गर्ने वा नगर्ने भन्ने विषयमा विवाद हुदा त्यसयता अनिश्चितामा फसेको छ।

एमसिसी संसदबाटै पारित गर्ने वा नगर्ने भन्ने विषयमा नेकपाभित्रै चर्को विवाद हुन थालेको वर्ष दिन हुन थालिसकेको छ। 

नेकपामा एमसिसी विषय यसअघि नै सचिवालय बैठक हुँदै स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म पुगिसकेको छ। केन्द्रीय कमिटीले गत माघ २० गते झलनाथ खनालको नेतृत्वमा प्रदीपकुमार ज्ञावली र भीम रालवको नेतृत्वमा तीन सदस्यीय कार्यदल समेत बनायो। कार्यदलले एमसिमा भएका केही प्रावधानहरुलाई संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने सुझाव दियो।

सचिवालयले निर्णय गर्न नसकेमा स्थायी कमिटी बैठकमा लगेर छलफल गर्नुपर्ने पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताए।

एमसिसी नेकपामा एक वर्षदेखि घुम्दै फिर्दै रुम्जाटार भने जस्तै पार्टी कमिटीभित्रै घुमिरहेको छ।

नेकपामा एमसिसीमा भएका प्रावधान संशोधन गरेर मात्रै पारित गर्नुपर्ने जनमत बलियो हुँदै गएको छ। त्यसैले एमसिसीमा भएका प्रावधान संशोधन नगरी सजिलै पारित गर्ने सम्भावना कम देखिन्छ।

प्रचण्ड नेपाल एकातिर, ओली समूह अर्कोतिर
सचिवालयमा स्पष्ट देखिने गरी प्रधानमन्त्री केपी ओली सहित ईश्वर पोखरेल र विष्णु पौडेल मात्रै छन्। ओली समूहले विकास निर्माणका लागि अमेरिकाले गरेको सहयोग आर्थिक सहयोग विना सर्त लिनुपर्ने पक्षमा छन्। झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझाबलाई समेत कार्यन्वयन नगरी एमसिसी संसदबाट पारित गर्नुपर्ने पक्षमा ओली समुह छ।

उता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठले एमसिसी इन्डोप्यासेफिक रणनीति अन्तर्गत नभए संसदबाट पारित गर्नुपर्ने पक्षमा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तर झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको दिएको सुझाबलाई कार्यान्वयन गरेर जानुपर्ने मत राखेका छन्। ‘एमसिसी संशोधन नगरेर संसदबाट पारित गर्न प्रधानमन्त्री जोडतोडका साथ लाग्नुभएको छ। एक सचिवालय सदस्यले भने, ‘संशोधन नगरी कुनै हालतमा पारित गर्न दिदैनौं। हेरौं, प्रधानमन्त्रीज्यूले कसरी संशोधन नगरी पारित गर्नुहुन्छ।’

यता हरेक एजेण्डामा प्रधानमन्त्रीलाई सघाउँदै आएका गृहमन्त्री थापा भने एमसिसीका विषयमा प्रचण्ड नेपाल समूहतिर नजिकिएका छन्। एमसिसी एन्डोप्यासेफिक रणनीति अन्तगर्त चीनलाई कमजोर पार्न ल्याएको थापाको बुझाई छ। एमसिसीलाई संसदबाटै कुनै हालतमा पारित गर्न नहुने सार्वजनिक रुपमै थापाले अभिव्यक्ति दिइसकेका छन्। 

एमसिसीको दुई विकल्प
एमसिसीका विषयमा सचिवालयबाट सर्वसम्मत हुन नसकेमा दुई विकल्पमध्ये एकमा जान सक्ने देखिएको छ। पहिलो विकल्पको रुपमा एमसिसीका विषयमा निर्णय हुन नसके अध्यक्ष ओली-प्रचण्डलाई जिम्मा दिने सम्भावना छ। यस्तो भए एमसिसी संसदबाट पारित हुने वा नहुने अध्यक्ष ओली र प्रचण्डको निर्णयमा भर पर्ने छ।

यसो हुन नसके अथवा एमसिसीका विषयमा सचिवालय निर्णय नभए स्थायी कमिटीमा लगेर छलफल गर्नुपर्ने पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताए। ‘हामीले सकेसम्म सचिवालयबाट एमसिसीमा भएका केही प्रावधानलाई संशोधन गरेर पारित गर्ने स्थितिमा पुर्‍याउँछौ’, खनालले भने, ‘यदि सचिवालयबाट कुनै निर्णय हुन नसकेमा स्थायी कमिटी बैठकमा लगेर निर्णय गर्नुपर्छ।’

Xtrem

Xtrem

स्थायी कमिटीका सदस्यहरुले समेत एमसिसीका विषयमा सकेसम्म केन्द्रीय कमिटी नभए स्थायी कमिटीमा छलफल गरेर निर्णय गर्नुपर्ने मत राखेका छन्।

त्यसो हुन नसके, एमसिसीमा भएका केही प्रावधानलाई संशोधन गर्न अमेरिकालाई पत्र लेख्नुपर्ने कतिपय नेताहरुले मत राखेका छन्।

बाँकी विकल्पले निष्कर्ष ननिकाले ओलीले संसदबाट पेलेरै पारित गराउने सम्भावना समेत बलियो देखिएको विश्लेषकहरु बताउँछन्। संसदमा प्रमुख प्रतिपक्ष लगायत दल र सत्तापक्षकै आफ्ना सांसदले साथ लिएर ओलीले पास गराउन सक्ने सम्भावनाको रुपमा हेरिएको छ। तर यसो भएमा पार्टीमा विवाद हुँदा विभाजनको स्थिति आउँनसक्ने परिस्थिति सिर्जना हुनसक्छ।

सचिवालय बैठक अझै अनिश्चित
एमसिसीका विषयमा निर्णय गर्न नेकपा सचिवालय बैठक गत मंगलबार बोलाईएको थियो। प्रधानमन्त्रीको कार्यव्यस्तता देखाउँदै मंगलबार लागि सचिवालय बैठक स्थगित भएको हो। फेरि सचिवालय बैठक अहिले बस्ने निश्चित हुन सकेको छैन। एमसिसी आगामी असार १५ गतेभित्र संसदबाट पारित गरिसक्नुपर्ने भएकाले केही दिनभित्रै नेकपाले निर्णयगरी सक्नुपर्ने छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १४:१२
  • #एमसिसी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
सम्बन्धित सामग्री
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उन... मंगलबार, असोज २०, २०८३
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय बैठकमा चाडपर्व तथा सांसदहरूको जिल्ला भ्रमणलगायतका विषयलाई ध्यानमा राख्दै सुनुवाइ दसैँपछि गर्नुपर्ने मतसमेत उठेको थियो। तर, विभिन्न म... मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै हिजोदेखि सुरु भएको बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र  कोषाध्यक्ष उमेश श्रेष्... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री मंगलबार, असोज २०, २०८३
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला मंगलबार, असोज २०, २०८३
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्