• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाभित्रै रुमलिँदै एमसिसी

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३०, २०७७  १४:१२
1140x725

काठमाडौं- तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २०७४ भदौ २९ मा  अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) सँग सम्झौता गरे। त्यसलाई २०७६ असार १६ मा संसदबाट पारित गरी कार्यान्वयनमा जाने तयारी भयो। तर सत्तारुढ नेकपाभित्रै एमसिसी अन्तगर्त ५५ अर्ब रुपैयाँ संसदबाटै पारित गर्ने वा नगर्ने भन्ने विषयमा विवाद हुदा त्यसयता अनिश्चितामा फसेको छ।

एमसिसी संसदबाटै पारित गर्ने वा नगर्ने भन्ने विषयमा नेकपाभित्रै चर्को विवाद हुन थालेको वर्ष दिन हुन थालिसकेको छ। 

नेकपामा एमसिसी विषय यसअघि नै सचिवालय बैठक हुँदै स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म पुगिसकेको छ। केन्द्रीय कमिटीले गत माघ २० गते झलनाथ खनालको नेतृत्वमा प्रदीपकुमार ज्ञावली र भीम रालवको नेतृत्वमा तीन सदस्यीय कार्यदल समेत बनायो। कार्यदलले एमसिमा भएका केही प्रावधानहरुलाई संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने सुझाव दियो।

सचिवालयले निर्णय गर्न नसकेमा स्थायी कमिटी बैठकमा लगेर छलफल गर्नुपर्ने पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताए।

एमसिसी नेकपामा एक वर्षदेखि घुम्दै फिर्दै रुम्जाटार भने जस्तै पार्टी कमिटीभित्रै घुमिरहेको छ।

नेकपामा एमसिसीमा भएका प्रावधान संशोधन गरेर मात्रै पारित गर्नुपर्ने जनमत बलियो हुँदै गएको छ। त्यसैले एमसिसीमा भएका प्रावधान संशोधन नगरी सजिलै पारित गर्ने सम्भावना कम देखिन्छ।

प्रचण्ड नेपाल एकातिर, ओली समूह अर्कोतिर
सचिवालयमा स्पष्ट देखिने गरी प्रधानमन्त्री केपी ओली सहित ईश्वर पोखरेल र विष्णु पौडेल मात्रै छन्। ओली समूहले विकास निर्माणका लागि अमेरिकाले गरेको सहयोग आर्थिक सहयोग विना सर्त लिनुपर्ने पक्षमा छन्। झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझाबलाई समेत कार्यन्वयन नगरी एमसिसी संसदबाट पारित गर्नुपर्ने पक्षमा ओली समुह छ।

उता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठले एमसिसी इन्डोप्यासेफिक रणनीति अन्तर्गत नभए संसदबाट पारित गर्नुपर्ने पक्षमा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तर झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको दिएको सुझाबलाई कार्यान्वयन गरेर जानुपर्ने मत राखेका छन्। ‘एमसिसी संशोधन नगरेर संसदबाट पारित गर्न प्रधानमन्त्री जोडतोडका साथ लाग्नुभएको छ। एक सचिवालय सदस्यले भने, ‘संशोधन नगरी कुनै हालतमा पारित गर्न दिदैनौं। हेरौं, प्रधानमन्त्रीज्यूले कसरी संशोधन नगरी पारित गर्नुहुन्छ।’

यता हरेक एजेण्डामा प्रधानमन्त्रीलाई सघाउँदै आएका गृहमन्त्री थापा भने एमसिसीका विषयमा प्रचण्ड नेपाल समूहतिर नजिकिएका छन्। एमसिसी एन्डोप्यासेफिक रणनीति अन्तगर्त चीनलाई कमजोर पार्न ल्याएको थापाको बुझाई छ। एमसिसीलाई संसदबाटै कुनै हालतमा पारित गर्न नहुने सार्वजनिक रुपमै थापाले अभिव्यक्ति दिइसकेका छन्। 

एमसिसीको दुई विकल्प
एमसिसीका विषयमा सचिवालयबाट सर्वसम्मत हुन नसकेमा दुई विकल्पमध्ये एकमा जान सक्ने देखिएको छ। पहिलो विकल्पको रुपमा एमसिसीका विषयमा निर्णय हुन नसके अध्यक्ष ओली-प्रचण्डलाई जिम्मा दिने सम्भावना छ। यस्तो भए एमसिसी संसदबाट पारित हुने वा नहुने अध्यक्ष ओली र प्रचण्डको निर्णयमा भर पर्ने छ।

यसो हुन नसके अथवा एमसिसीका विषयमा सचिवालय निर्णय नभए स्थायी कमिटीमा लगेर छलफल गर्नुपर्ने पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताए। ‘हामीले सकेसम्म सचिवालयबाट एमसिसीमा भएका केही प्रावधानलाई संशोधन गरेर पारित गर्ने स्थितिमा पुर्‍याउँछौ’, खनालले भने, ‘यदि सचिवालयबाट कुनै निर्णय हुन नसकेमा स्थायी कमिटी बैठकमा लगेर निर्णय गर्नुपर्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्थायी कमिटीका सदस्यहरुले समेत एमसिसीका विषयमा सकेसम्म केन्द्रीय कमिटी नभए स्थायी कमिटीमा छलफल गरेर निर्णय गर्नुपर्ने मत राखेका छन्।

त्यसो हुन नसके, एमसिसीमा भएका केही प्रावधानलाई संशोधन गर्न अमेरिकालाई पत्र लेख्नुपर्ने कतिपय नेताहरुले मत राखेका छन्।

बाँकी विकल्पले निष्कर्ष ननिकाले ओलीले संसदबाट पेलेरै पारित गराउने सम्भावना समेत बलियो देखिएको विश्लेषकहरु बताउँछन्। संसदमा प्रमुख प्रतिपक्ष लगायत दल र सत्तापक्षकै आफ्ना सांसदले साथ लिएर ओलीले पास गराउन सक्ने सम्भावनाको रुपमा हेरिएको छ। तर यसो भएमा पार्टीमा विवाद हुँदा विभाजनको स्थिति आउँनसक्ने परिस्थिति सिर्जना हुनसक्छ।

सचिवालय बैठक अझै अनिश्चित
एमसिसीका विषयमा निर्णय गर्न नेकपा सचिवालय बैठक गत मंगलबार बोलाईएको थियो। प्रधानमन्त्रीको कार्यव्यस्तता देखाउँदै मंगलबार लागि सचिवालय बैठक स्थगित भएको हो। फेरि सचिवालय बैठक अहिले बस्ने निश्चित हुन सकेको छैन। एमसिसी आगामी असार १५ गतेभित्र संसदबाट पारित गरिसक्नुपर्ने भएकाले केही दिनभित्रै नेकपाले निर्णयगरी सक्नुपर्ने छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १४:१२
  • #एमसिसी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने
सम्बन्धित सामग्री
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकको सङ्ख्या २४ छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विच... सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्