• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

अश्वत्थामाको निधारबाट बागमती बग्छ [कविता]

काशीराम बजगाईं शुक्रबार, जेठ ३०, २०७७  १३:०१
1140x725

यो भूगोल अलिकति मात्र तलमाथि भैदिए
यतिबेला तँ ईरानी बन्दुक खेलाइरहेको हुनेथिइस्
यो भूगोल अलिकति मात्र तलमाथि भैदिए
यतिबेला तँ तालिवानी भैसकेको हुनेथिइस्
यो भूगोल अलिकति मात्र तलमाथि भैदिए
तँ सुडान, सोमालिया र सिरिया भइसकेको हुनेथिइस्
अलिकतिले
तँ तैले ओढेको राष्ट्रवादको कात्रो च्यातेर
खोला पारीबाट हिर्काउँन सक्थिस् 
आफ्नै अथारामा गोलढुंगा
अलिकति मात्रैले डगमगाउने तेरो इमान
अलिकति मात्रैले पोखिइहाल्ने तेरो पहिचान
अलिकति मात्रैले
चल्न सक्छ तेरो छातीमा विश्व नोबेल शान्तिको स्क्याभेटर
अलिकति मात्रैले
'आई कान्ट ब्रेथ'को गीत गाउँदै
त्याग्न सक्छस् तैले तेरो प्राण। 

तर अलिकतिले
यतिबेला सगरमाथा तेरै देशमा पर्छ
तेरै देशमा जन्मियो गौतम बुद्ध 
तैले खेत जोतेर फेला पारिस् सितालाई
र अन्माएर भृकुटीलाई 
गरिदिइस् मानव जातीको कल्याण।

तँ कहिले बहादुर भइस्
तँ कहिले गोर्खाली भइस्
माओवादी, गणतन्त्रवादी, राजावादी, प्रजातन्त्रवादी
तँ बगरको काँचो माटो
मालिकको मुठ्ठीले जुन जुन आकार बनायो 
तँ त्यही त्यही भइस्
कहिले मकैबारीमा साँढे छाडेर
खाएर बसिस् माटो
कहिले छुरा रोपेर आफ्नै घाँटीमा
त्यही माटोका लागि त्यही माटोमा बगाइदिइस् रगत
कहिले पूँजीवादको चौतारोमा बसेर
तैले लेखिस् त्यही चौतारोको ढाडमा समाजवादको नारा।

nimb
nimb
Ncell 2
Ncell 2

स्कूलका भट्टीमा पोलेर 
तेरो देशमा पढाइन्छ काँचा केटाकेटीलाई वीरताको पाठ
डरलाग्दा सिमानाका किस्सा
छोप् छोप् ए छोप् छोप्
बग्यो तेरो लिम्पियाधुरा कर्णालीमा
हेर् हेर् कसको हो महाकालीमा बगेको नागरिकता
समात् ए समात्
हान् हान् त्यो कालो छ
खुँडा हान् खुँडा।

मालिकको अट्टालीमा कैद
तँ यो देशको 'ब्ल्याक मार्क' सेतो परेवा
एक स्वतन्त्रता दिवसको दिन
आजाद गरिदियो मालिकले तलाई
तँ भुर्र उडेर पुगिस् केही परसम्म
भुर्र उडयो मालिकको रेड स्ट्याम बाज
पंजा फ्याकेर टप्प टिप्यो तँलाई
र लिएर गयो अर्को स्वतन्त्रता दिवसका लागि
तँ बसिरही पिंजडा बदलेर
अर्को एक स्वतन्त्रता दिवसको दिन पर्खिएर 
जाल ओडिस् जाल ओछ्याइस्
के फरक पर्छ?
जाल धागोको होस् या सुनको !

नागरिकता त तँसंगै छ
तलाई तेरो नागरिकताले सोध्दैन?
कसको हो यो देश?
कसको हो यो सरकार?
को होस् तँ भनेर?
बाँचेर बेचिइरहने गोरु जस्तो जिन्दगी
बेचेर जवानी
बगाएर पसिना मुलुकबाहिर
हेर् त कति बिरानो भैसक्यो तेरो मुलुक
अब तलाई आफ्नै घर फर्किनेवेला 
परदेश हिँडे जस्तो लाग्छ कि लाग्दैन?

ए राष्ट्रवादी साथी
यतिबेला म देशविरुद्ध लड्ने तयारी गरिरहेको छु 
च्यातेर नागरिकता
म माटोविरुद्ध मोर्चा खडा गरिरहेको छु 
तर हैन यो तँ विरुद्धको लडाईं 
मलाई घृणा छ मेरो दासतादेखि
र लडिरहेको हुँ युगौंदेखि
हेर् त
मेरो दासताभन्दा घिनलाग्दो छ तेरो स्वतन्त्रता
मेरो युद्ध, तेरो शान्तिभन्दा शान्तिपूर्ण छ
किनकि मेरो लडाईं 
माटोको हैन मुटुको लडाईं हो
र यतिबेला मेरो मुटु मेरो निधारमा दुखिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १३:०१
  • #काशीराम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्