झरेको पातले भन्यो- बोझ भएछु झरेँ,
सोच भएछु किताबको पानामा सजिएँ।
आँसुले भन्यो- एक्लो रहेछौ झरेँ
साथी भए अञ्जुलीमा बस्थेँ।
सपनाले भन्यो- आज आउदिनँ
विपनाको सिखभन्दा बढी जान्दिनँ।
धनले भन्यो- धेरै बटुलेछौ दु:खका लागि
अनि पूजा गरिरहेछौ दु:खमा नपर्नका लागि।
जीवनले भन्यो- शरीर मात्रै भएछौ जल्यौ
आत्मा छोएछौ, अमर भयौ।
मैले भनेँ- लोभको कालो पट्टीले
साथी, सपना, आँसु सबै सोसेछ,
जीवनको किताब खोल्दा त
झरेको पात होइन, डरेका पानाहरू मात्र रहेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।