• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाले हाम्रो शरीरलाई कसरी असर गर्छ?

64x64
नेपाल लाइभ आइतबार, जेठ २५, २०७७  २१:३९
1140x725

एजेन्सी- गत वर्षको डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोना भाइरस संक्रमण विश्वभरी नै फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले यही महामारीलाई मध्येनजर गर्दै वैश्विक आपतकाल घोषणा गर्‍यो।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट ४ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने कोरोना संक्रमितको संख्या ६९ लाख १६ हजार नाघिसकेको छ। यसैगरी करीब ३१ लाख संक्रमित निको भएर घर फर्किसकेका छन्।

कोरोना भाइरसले मानिसमा कोभिड-१९ रोग निम्त्याउँछ। तर सुरू सुरूमा यसको लक्षण अति नै सामान्य भए पनि पछि यसका कारण ज्यानैसमेत जान सक्ने हुन्छ।

यो भाइरसले कस्तो किसिमले शरीरलाई आक्रमण गर्छ? यसको उपचार कसरी गरिन्छ? अस्पतालमै उपचार गरिरहेका मानिसहरूको चाहीँ किन मृत्यु भयो?

भाइरसको इक्युबेसन पिरियड
कोरोना भाइरस शरीरभित्र प्रवेश गरेको केही दिनपछि मानिसमा विभिन्न किसिमका लक्षणहरू देखापर्न थाल्छन्। सास फेर्न गाह्रो हुने‚ रूघाखोकी आदि लक्षणहरू देखापर्न थाल्छन्। यसले पहिलोपटक मानिसको घाँटी वरिपरीका कोशिकामा आक्रमण गर्न थाल्छ।

त्यसपछि श्वासनली र फोक्सोलाई आक्रमण गर्छ। फोक्सोमा पुगेपछि कोरोना भाइरसले आफ्नो समूह निर्माण गर्छ।

नयाँ कोरोना भाइरसले बाँकी रहेका कोशिकामा आक्रमण गर्न थाल्छन्। यो भाइरस मानिसको शरीरमा प्रवेश गर्नासाथ कुनैपनि लक्षण देखापर्दैनन्। तर कतिपय मानिसलाई भने सुरूवाती चरणबाटै विभिन्न लक्षणहरू देखापर्न सक्छन्।

What's the Difference Between Walking Pneumonia and Regular ...

Ncell 2
Ncell 2

भाइरसको इक्युबेसन पिरियड पनि मानिसमा फरक फरक हुनसक्छ। औसतमा यो पिरियड पाँच दिनको हुन्छ।

सामान्य लक्षण
प्रायःजसो मानिसमा सामान्य लक्षणहरू देखापर्ने गर्छन्। सामान्यतया संक्रमित १० जनामध्ये ८ जनालाई सामान्य लक्षण देखापर्ने गर्छ। सामान्य लक्षणमा रूघाखोकी‚ शरीर दुख्ने‚ टाउको दुख्ने आदि लक्षणहरू देखिन सक्छ।

शरीरमा रहेको रोग प्रतिरोधात्मक प्रणालीले भाइरससँग लड्ने कोशिस गर्छ। रोग प्रतिरोधात्मक प्रणालीले सम्पूर्ण शरीरमा यसको बारेमा संकेत दिने काम गर्छ। यसपछि यसले हाम्रो शरीरभित्र रहेको भाइरसलाई नष्ट गर्नका लागि साइटोकाइन नामको रसायन पैदा गर्न सुरू गर्छ।

शरीरको प्रतिरोधक शक्ति भाइरसलाई नष्ट गर्नका लागि कसरत गर्छ। यसैले गर्दा भाइरस शरीरभित्र प्रवेश गरेपछि हामीलाई शरीर दुख्ने‚ टाउको दुख्नेजस्ता लक्षणहरू देखापर्ने गर्छन्।

कोरोना भाइरस संक्रमण भएको व्यक्तिको घाँटीमा सुक्खा किसिमको खसखसाहट देखापर्ने गर्छ।

कसैकसैको खसखसाहटमा कफ पनि आउन सक्छ। यस्तो बेलामा उक्त कफमा फोक्सोका मृत कोशिका पनि मिसिएर निस्कने गर्छन्‚ जो कोरोना भाइरसका कारण शरीरभित्रै नष्ट भएका हुन्छन्।

यस्तो अवस्थामा डाक्टरले संक्रमितलाई आराम गर्न‚ प्रशस्त पानी पिउन र प्यारासिटामोल खानका लागि सल्लाह दिने गर्छन्। यस्तो बेला संक्रमितलाई अस्पतालमा भर्ना हुन जरूरी हुँदैन। यो अवस्था करीब एक हप्तासम्म रहन्छ। जसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता ज्यादा हुन्छ उनीहरूले यसलाई जित्ने गर्छन्। त्यस्ता संक्रमितको स्वास्थ्य संक्रमण भएको पहिलो साताबाटै क्रमशः सुधार हुन थाल्छ।

तर कतिपय व्यक्तिको भने क्रमशः लक्षण झन् झन् गम्भीर भएर जान्छ फलस्वरूप कोभिड-१९ को गम्भीर प्रकारका लक्षण देखाउन थाल्छ। 

गम्भीर लक्षण
हामीमा कोभिड-१९ का जस्तै गम्भीर प्रकृतिका विभिन्न लक्षणहरू देखापर्न थाल्नुमा विभिन्न कारण हुन्छन्। यस्तो स्थितिमा हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमताले भाइरसलाई नष्ट गर्नका लागि अनावश्यक प्रतिक्रिया देखाउन थाल्छ। यसबाट शरीरमा पैदा भएको केमिकलबाट पुरै शरीर सुन्निनेजस्ता लक्षण देखिन थाल्छन्। कहिलेकाहीँ यही सुन्निएको अवस्थाले शरीरलाई धेरै ठूलो क्षति पुर्‍याउन पनि सक्छ। 

किङ्ग्स कलेज लन्डनका डाक्टर नेट्ली  मेक्टरमट भन्छन्‚ ‘भाइरसका कारण रोग प्रतिरोधात्मक क्षमता बिग्रिन थाल्छ।’

यदि यो भाइरसले मानिसको मुख हुँदै श्वासनलीमा प्रवेश गरेमा फोक्सोसम्म पुग्छ र फोक्सोलाई नै साना साना एयरसेकको रूपमा परिणत गराइदिन्छ।

फोक्सोले नै मानिसको शरीरका अन्य ठाउँमा अक्सिजन पुर्‍याउने र कार्बनडाइअक्साइड बाहिर निष्काशन गर्ने काम गर्छ। तर कोरोना भाइरसका कारण यसले बनाएका साना साना एयरसेकमा पानी जम्न थाल्छ जसका कारण सास फेर्न कठिन हुने गर्छ र लामो सास लिन सकिँदैन।

कोरोना वायरस संक्रमण का फेफड़ों पर असर

यस्तो अवस्थामा संक्रमितलाई भेन्टिलेटरको आवश्यकता पर्छ। विश्व स्वास्थ्य संगठनले चीनमा ५६ हजार जना संक्रमितको रिपोर्टलाई आधार मानेर गरेको एक अध्ययनमा कूल संक्रमितमध्ये १४ प्रतिशत संक्रमितमा यस्तो किसिमको लक्षण देखापर्ने उल्लेख गरेको छ।

चिन्ताजनक अवस्था
कूल संक्रमितमध्ये ६ प्रतिशत मानिस कोरोना भाइरसका कारण डरलाग्दो अवस्थाको शिकार भएको विभिन्न अध्ययनहरूले उल्लेख गरेका छन्। यो अवस्थामा संक्रमितको शरीर भाइरसका अगाडि हार्ने गर्छ र गम्भीर प्रकारको लक्षण देखिन थाल्छ।

यस्तो बेलामा मानिसको फोक्सो फेल हुने‚ सेप्टिक सक‚ अर्गान फेल र मृत्युसम्म पनि हुने गर्छ। रोग प्रतिरोधात्मक शक्ति नियन्त्रणभन्दा बाहिर पुग्छ र यसले शरीरलाई गम्भीर क्षति पुर्‍याउँछ। यस्तो हुँदा फोक्सो सुन्निने भएकाले शरीरलाई आवश्यक अक्सिजन प्राप्त हुँदैन।

Is It Coronavirus, Flu, or Cold Symptoms? Coronavirus Smothers ...

यसको प्रत्यक्ष असर मिर्गौलामा पर्न जान्छ‚ जसले रगतलाई सफा गर्ने काम गरिरहेको हुन्छ। यस्तो भएमा काम गर्न नै नसक्ने स्थिति पनि आउन सक्छ। साथै पर्याप्त अक्सिजनको अभावमा शरीरका अन्य भित्री अङ्गहरू पनि बिस्तारै निष्क्रिय हुँदै जान्छन्।

डाक्टर भारत पनखानिया भन्छन्‚ ‘भाइरसका कारण हामीभित्रका विभिन्न अङ्ग फेल हुनेगरी शरीर सुन्निन्छ जसले गर्दा ज्यान समेत जाने सम्भावना हुन्छ।’ यस्तो अवस्थामा उपचारका लागि इसिएमओ अर्थात् एक्स्ट्रा कर्पोरल मेम्ब्रेन अक्सिजनेसनको प्रयोग गर्न सकिन्छ।

यस्तो उपचार विधीमा एककिसिमको कृत्रिम फोक्सोको प्रयोग गरिन्छ जसले शरीरभित्र रहेको रगत बाहिर निकालेर त्यसलाई अक्सिजनेट गर्ने काम गर्छ। बाहिर निकालिएको रगत फेरि शरीरमै हाल्ने गरिन्छ।

मृत्यु हुने अवस्था
लेन्सेन्ट मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार चीनको वुहान सहरस्थित जिनयिन्तान अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएका दुईजनाको फोक्सो स्वस्थ पाइएको थियो। तर अध्ययनमा मृतक दुवैजनाले लामो समयदेखि धुम्रपान गर्ने गरेकाले त्यसैले पनि उनीहरूको फोक्सो कमजोर भएको हुनसक्ने आशंका गरिएको छ। मर्ने व्यक्तिमा एक ६१ वर्षीय पुरूष थिए। उनी अस्पताल पुग्दा उनमा गम्भीर प्रकारको निमोनिया थियो।

श्वासप्रश्वासमा समेत समस्या भएका कारण ती व्यक्तिलाई भेन्टिलेटरमा राखिएको थियो। तर पछि उनको फोक्सोले काम गर्न छाड्यो र अस्पतालमा भर्ना भएको ११ दिनपछि उनको मृत्यु भएको थियो।

अर्का संक्रमित ६९ वर्षीय पुरूष थिए‚ जसलाई सास फेर्न समस्या परिरहेको थियो। यी संक्रमितमा इसिएमओ मेसिनको प्रयोग समेत गरिएको थियो तर पनि उनी बाँच्न सफल भएनन्। उनको रक्तचाप निरन्तर कम हुँदै गइरहेको थियो भन् उनलाई निमोनिया समेत भएको थियो।

यो सामग्री बिबिसी हिन्दीबाट प्रदीप खद्योतले भावानुवाद गरेका हुन्।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
माइतीघरबाट पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा प्रमुख सचेतक शाहीको माग बिहीबार, असोज २३, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, असोज २३, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्