• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्री जलयान चलाउन व्यस्त हुनुहुन्छ, कहाँको गरिब किसान!

प्रदीप गिरी शनिबार, जेठ २४, २०७७  २१:३५
1140x725

अहिले अनेकौं मन्त्रालयका समस्याबारेमा संक्षेपमा बोल्नुपर्दा संक्षेपमा बोल्न सक्ने केही कुरामात्र संकेत गर्न सकिन्छ। तथ्यांक र मिथ्यांकको थुप्रोका बारेमा म टिप्पणी गर्न चाहन्नँ। नेपालमा नयाँ व्यवस्था बनाउने, नयाँ युगको परिवर्तन गर्ने भन्ने कुरा २०४७ सालको संविधानमा बहुदलीय व्यवस्था स्थापना भएदेखि नै चलिरहेको हो।

तपाईं-हामी सारा आज कम्युनिस्टको नामले जानिएका, कांग्रेसको नामले जानिएका, राजपा, फोरमका नामले जानिएका पार्टीहरु समेत एक भएर ०४७ सालमा पनि लडेको हो। दोस्रो महान् आन्दोलन ०६२/०६३ मा पनि लडेको हो र गणतन्त्र पनि आएको हो। तर, संसदीय लोकतन्त्रले पनि नल्याएको अनुभूति, गणतन्त्रले पनि नल्याएको अनुभव र ज्ञान अथवा भनौँ- अविज्ञान कोरोनाले ल्याउँछ कि भन्ने सानो दुराशा, क्षीण आशा कोरोनाको विपत्तिका बाबजुद पनि विपत्तिका माझ ठूलो संकट हो। तर, प्रत्येक संकट एउटा नवअवसर पनि हुन्छ भनेर मजस्ता आशावादीले प्रतीक्षा गरेका थिए। जो आशा थियो, त्यो त मूल बजेटले नै ध्वस्त गरिसकेको थियो। प्रस्तुतकर्ता अर्थमन्त्री अथवा अर्थमन्त्रीका प्रस्तावलाई स्वीकार गर्ने क्याबिनेट, मन्त्रीमण्डल, प्रधानमन्त्रीलाई गणतन्त्रपछि आएको नयाँ अवसर र गणतन्त्रका लागि सँगै लडेका हामी सबैको साझा प्रयासले यस संकटलाई अवसरमा बदल्न सकिन्छ भन्ने उहाँहरुमा कुनै पनि अनुभूति बजेटले दिएको थिएन।

अब त्यस बजेटभित्र रहेका कृषि, शिक्षा, स्वास्थ्य, सञ्चारका पाटाहरु हेर्दा र त्यहाँ राखिएको खर्च हेर्दा अब एक मन्त्री, कृषिमन्त्रीले त खर्चको कागजमात्र नदेखाइकन सानो भूमिका पनि लेख्न पाउनु भएको, भ्याउनु भएको छ। त्यो भूमिकासमेत पढ्दा आदरणीय कमरेड घनश्याम भुसाल जो निर्विवाद रूपले अत्यन्त प्रतिभाशाली र प्रतिबद्ध कमरेड हुनुहुन्छ, उहाँको भूमिका पनि कृषि र पशुपन्छी मन्त्रालय अन्तर्गत पढेँ मैले।

र त्यो बाहेक उहाँका अभिव्यक्ति पनि आएका छन्। ए, मन्त्री भएर के के नै गरौँला भन्ने ठानेको त केही पनि गर्न सकिँदो रहनेछ। आदरणीय कमरेड! तपाईं अभिमन्यु चक्रव्यूहमा प्रवेश गरेझैँ एउटा तन्त्रमा प्रवेश गर्नु भएको छ। मेरो सम्पूर्ण शुभकामना तपाईंलाई छ। तपाईंको आत्मानुभूतिका लागि धन्यवाद छ कस्तो अप्ठ्यारोमा परेछु भनेर। पुरै अप्ठ्यारोमा पर्नु भएको छ। त्यो अप्ठ्यारोको निमित्त तपाईंका अध्यक्ष, तपाईंका प्रधानमन्त्री मात्र जिम्मेवार छैनन्।

यो व्यवस्था र हाम्राबीचको वैमनश्यता (हाम्रा भन्नाले कांग्रेस-कम्युनिस्ट होइनन्) सिंगो संसद्‍को आफ्नो आफ्नो राग, आफ्नो आफ्नो दलगत, व्यक्तिगतस्तरमा न हामीसँग विश्व दृष्टिकोण छ, न हामीसँग समाजवादी दृष्टिकोण छ। त्यो भन्न चाहन्छु।

कल्पना गर्नुहोस्, सानो खुशी किसान, त्यसलाई कसरी अनुदान दिनुहुन्छ? त्यसको घाटाको व्यापारलाई कसरी दुर गर्नुहुन्छ? जसले उखु बेच्दा पनि ठगिन्छ, चिनी किन्दा पनि ठगिन्छ।

तपाईंको अभिमन्युसँग तुलना गरिसकेपछि यहाँभन्दा बढ्ता मैले केही भन्नु परेन। अभिमन्यु अत्यन्त नै गौरवशाली पात्र थिए, यशस्वी थिए, अहिलेसम्म यशस्वी छन्। तपाईंजस्तै एकजना पूर्वमन्त्री शैलजा आचार्यले यस्तै दुस्साहस संसद्‍को फोरमबाट गर्नुभएको थियो। र कडा मूल्य तिर्नु भएको थियो।

बजेटमा के छ? सबैलाई थाहा छ, कोरोनाले ल्याएको बेरोजगारी, आप्रवासनबाट फर्किने समस्याले गर्दा कृषिलाई अत्यन्त ठूलो महत्व दिनु परेको थियो। कृषि भनेको के हो? सिँचाईलाई अत्यन्त ठूलो महत्व दिनु परेको थियो। र कनिका छरेजस्तो अनेकौँ शीर्षकमा पैसा छर्ने कुरा थिएन। खतरनाक किसिमबाट पैसा छरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

म तपाईंलाई केही समयअघि फेब्रुवरीमा अनुदान/सब्सिडीका विषयमा लेखिएको लामो लेखः नयाँ क्रान्तिको जन्मभूमि ठहरिएको रोल्पामा बाँढिएको अनुदानको विवरण हेर्नका लागि दुई फेब्रुअरीको काठमाडौं पोस्ट हेर्न अनुरोध गर्दछु। म त्यहाँ भएको घटनाको विवरणका बारेमा कुरा गरेर आफू लज्जित हुन चाहन्नँ। किनकि, त्यसबाट कामरेड मन्त्रीहरु नै लज्जित हुनुहुनेछ र म पनि लज्जित हुनेछु। तर, संक्षेपमा समय थोरै छ, एउटा कुरा भन्न चाहन्छु, कि स्वास्थ्यमन्त्री, शिक्षामन्त्रीलाई एकै शब्दमा स्वास्थ्य भन्ने शब्द स्वःमा स्थित हुने अभ्यास हो। कुनै एलोपेथिक र आर्युवेदिक दबाइले ठिक गर्दैन।

शिक्षा भनेको, आइए र बिएको डिग्री लिएर जागिर खोज्दै हिँड्ने निवेदनपत्र होइन। अन्य केही नगर्नुहोस्, पैसाको सवाल छैन। मन्त्री भएको बहानाले मन्त्री भएको विशेषाधिकार प्रयोग गरेर स्वास्थ्यको राम्रो अर्थ बताइदिनुहोस्, तपाईंका कर्मचारीलाई र कर्मचारीका माध्यमबाट जनतालाई र कार्यकर्तालाई।

कृषिमन्त्रीले एउटा कुरा सम्झना राख्नु होला। बजेटको हेरफेरको कुरा मात्र होइन, त्यो हो बजेटबिना केही गर्न सकिन्न। कृषि मुख्यतया एउटा जीवनशैली हो। मधेशमा, वर्तमान कृषिमन्त्रीको चुनाव क्षेत्र पनि मधेश नै छ। एउटा कथन छः उत्तम खेती, मध्यम वान, अधम चाकरी र निचे दान।

खेतीलाई आम्दानीको स्रोत मानीकन प्रचारप्रसार गर्न थाल्नु भयो भने सफल हुनुहुन्न। वृद्धिदरवादी अर्थशास्त्रीले तपाईंलाई पराजित गर्छन्। तर, शास्त्रमा भनिएको थियो- यदि पैसा कमाउनु छ भने व्यापार गर। 'व्यापारे वसते लक्ष्मी'। होइन, शान्तिपूर्वक जीवन बिताउनु छ भने कृषि गर।

Xtrem

Xtrem

कल्पना गर्नुहोस्, सानो खुशी किसान, त्यसलाई कसरी अनुदान दिनुहुन्छ? त्यसको घाटाको व्यापारलाई कसरी दुर गर्नुहुन्छ? जसले उखु बेच्दा पनि ठगिन्छ, चिनी किन्दा पनि ठगिन्छ। मैले ठगिन्छ भन्ने शब्दको प्रयोग गरेँ, ट्याक्स तिर्छ भन्ने शब्दको प्रयोग गरिनँ। सत्य के हो भने, उखु बेच्दा पनि उसले ट्याक्स तिनु परेको हुन्छ। सिँचाईका रूपमा, पानीका रूपमा, खाद्यान्नका रूपमा मात्र होइन, मलमा पनि कर लगाइएको छ। अर्को रुपमा चिनी किन्दा कति ट्याक्स र अन्तशुल्क लगाउनु पर्छ? तपाईंलाई थाहा छँदैछ।

त्यसैले कृषिप्रति आज अत्यधिक ज्यादा सहानुभूतिको आवश्यकता छ। कोरोनाले त्यो सहानुभूतिलाई अत्यावश्यक बनाइदिएको थियो। प्रधानमन्त्रीले त यस देशमा वायुयान, विशिष्ट वायुयान र विशिष्ट जलयान चलाउनमा व्यस्त हुनुहुन्छ। अर्थमन्त्री प्रत्येक शहरलाई कहर बनाउन व्यस्त हुनुहुन्छ। जुन पोहोर साल यही सदनमा भनिसकेको छु। तपाईं क्रान्तिकारी कृषिमन्त्री, प्रतिबद्ध शिक्षामन्त्री तपाईंहरुले यस परिस्थितिलाई प्रतिरोध गरेर पहिलोपटक शिक्षा र कृषिको महत्व बताएको अनुभूति मात्र बजेटमा दिनुहोला भन्ने थियो। तपाईंहरु दुवैलाई शुभकामना दिएर सुरक्षित यो चक्रव्यूहबाट फर्किनु होला। शुभकामना।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  २१:३५
  • #प्रदीप_गिरि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला?
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध शुक्रबार, असोज ९, २०८३
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै शुक्रबार, असोज ९, २०८३
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्