• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जनस्वास्थ्यमाथि गम्भीर खेलबाड, स्वास्थ्यमन्त्रीकै निर्देशनमा आरडिटी किट किन्ने निर्णय

आरडिटी किट भरपर्दो नहुने निष्कर्षको प्रतिवेदन लुकाएर त्यही किट किन्न स्वास्थ्य मन्त्रीको निर्देशन
कल्पना पौडेल शनिबार, जेठ २४, २०७७  १९:०८
1140x725

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको तथ्य फेला परेको छ। मन्त्रालय परिसरभित्रै रहेको शक्तिशाली स्वास्थ्य अनुसन्धान निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले लामो समय अध्ययन गरी कोरोना भाइरसको पहिचानका लागि र्‍यपिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) प्रयोग गर्न नमिल्ने रिपोर्ट बुझाएको छ। तर, स्वास्थ्य मन्त्रालयले उक्त रिपोर्ट लुकाएर धमाधम आरडिटी किट खरिद गरिरहेको पाइएको छ। 

परिषदले तीन साताअघि नै मन्त्रालयलाई कारोना भाइरसको संक्रमण पत्ता लगाउन आरडिटी किट प्रयोग गर्न नमिल्ने रिपोर्ट बुझाएको हो। परिषद्‍ले उक्त रिपोर्ट बुझाइसकेपछि पनि मन्त्रालयले थप एक लाख थान आरडिटी टेस्ट किट खरिद गरिसकेको छ भने थप तीन लाख किट किन्ने प्रक्रिया अगाडि बढाएको छ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र राज्यमन्त्री नवराज रावतको उपस्थितिमा मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको समितिले किट खरिद गर्ने निर्णय गरेको हो। उक्त समितिमा मन्त्री ढकालले नै किट खरिदका लागि निर्देशन दिएको बताइएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता नदिएको आरडिटी टेस्ट किटको प्रयोगका विषयमा प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले किटको प्रभावकारीता (भ्यालिडेसन) जाँच गरी प्रतिवेदन बुझाउन परिषद्लाई जिम्मा दिएको थियो। परिषदले पनि उक्त विषयमा गहन अध्ययन गरी कोरोना भाइरसको उपचारमा निर्णय लिने गरी प्रयोग गर्न नमिल्ने भन्दै मन्त्रालयमा रिपोर्ट बुझाएको थियो। तर, रिपोर्ट कार्यान्वयनमा नआएपछि परिषदका कर्मचारीसमेत आश्चार्यमा परेका छन्। 

'कोरोना भाइरसको संक्रमण पत्ता लगाउन आरडिटी टेस्ट किट प्रयोग गर्न नहुने र किटले आधाभन्दा बढी पोजिटिभलाई नेगेटिभ नतिजा दिएको रिपोर्ट नै गायब भयो। यो त जनस्वास्थ्यमाथि गम्भीर खेलबाड हो,' परिषद्का एक कर्मचारीले भने। 

मन्त्रालय स्रोतले स्वास्थ्यखबरलाई उपलब्ध गराएको प्रतिवेदनको संक्षिप्त विवरणमा संक्रमित व्यक्तिको परीक्षण गर्दा आधा संक्रमितलाई आरडिटीले नेगेटिभ नतिजा देखाएको र त्यसले समाजमा संक्रमण फैलने खतरा रहेको उल्लेख छ। परिषदले आरडिटीको प्रभावकारिता जाँचका लागि २ सय वटा केस लिएर अनुसन्धान गरेको थियो। जसमध्ये १ सय ९६ वटा नेगेटिभ र ४ वटा पोजिटिभ केस लिइएको थियो। सो अनुसन्धानका क्रममा आरडिटी र पिसिआर दुवै विधिबाट परीक्षण गरिएको थियो। जसमा १ सय ९६ वटा नेगेटिभ केसलाई दुवै विधिले नेगेटिभ नै देखायो। तर ४ जनाको पोजिटिभमा भने आरडिटीले २ जनाको पोजिभिट र २ जनाको नेगिटिभ देखाएको प्रतिवेदनमा उल्लेख छ। 

'पोजिटिभ केसमध्ये आधा केसलाई आरडिटीले नेगेटिभ देखाएका कारण आरडिटी परीक्षण मात्र गरेर शंकास्पदलाई समुदायमा छाड्दा संक्रमण फैलिने खतरा देखियो,' प्रतिवेदनमा भनिएको छ। उक्त रिपोर्टमा आरडिटी किटलाई कोरोना पहिचानका लागि प्रयोगमा ल्याउन नहुने राय समेत दिइएको छ। 

तर, मन्त्री ढकालकै निर्देशनमा उक्त रिपोर्ट लुकाइएको मन्त्रालय स्रोत बताउँछ। स्रोतका अनुसार उक्त रिपोर्ट लुकाएर आरडिटी किटको प्रयोगमा जोड दिनेमा मन्त्रीका सल्लाहकार डा खेम कार्कीसमेत सक्रिए छन्। केही समयअघि डा कार्कीले स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा आरडिटी किटलाई विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले समेत मान्यता नदिएको बताएका थिए। तर, किट खरिद भएर नेपाल आएपछि उनी यो विषयमा मौन छन्। किट खरिद गर्ने निर्णयमा उनको पनि हस्ताक्षर छ।

Ncell 2
Ncell 2
nimb
nimb

'सरकारले किट खरिद गरेर ल्याउनुअघि किट गुणस्तरहीन छ भन्ने डा कार्की पनि अहिले परिषद्‍को रिपोर्ट कार्यान्वयन गर्न नहुने पक्षमा छन्,' मन्त्रालय स्रोतले भन्यो, 'होइन  भने विगतमा आरडिटी किट प्रयोग गर्न हुँदैन भन्दै प्रत्यक्ष प्रसारणमा बोल्ने डा कार्की अहिले किन यो विषयमा मौन छन्?

मन्त्रालयले परिषदको सुझावसहितको रिपोर्ट लुकाएर पिसिआर परीक्षणलाई भन्दा पनि आरडिटीलाई नै बढी जोड दिइरहेको छ। परिषद्को उक्त रिपोर्ट लुकाएर मन्त्रालयले आरडिटीलाई प्राथमिकता दिएको कुरा गत मंगलबार मन्त्रालयले जारी गरेको 'नेसनल टेस्टिङ गाइडलाइन कोभिड-१९'ले समेत पुष्टि गर्छ। उक्त गाइडलाइनमा क्वारेन्टाइनमा रहेका लक्षण नदेखिएका व्यक्तिको पिसिआर परीक्षण नगर्ने तर आरडिटी भने अनिवार्य गर्ने उल्लेख छ। विज्ञहरूले उक्त गाइडलाइन अवैज्ञानिक भन्दै आलोचना गरिरहेका छन्।

आरडिटीको गुणस्तरका विषयमा प्रश्न उठेपछि सरकारले २ चरणमा एन्टिबडीमा आधारित २ लाख २१ वटा आरडिटी किट किनिसकेको छ भने फेरि तीन लाख वटा एन्टिजिनमा आधारित किट किन्ने तयारी अगाडि बढाइसकेको छ। 

मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार सरकारले पहिलो चरणमा ओम्नी ग्रुपसँग ७ करोडभन्दा बढी मूल्यमा ७५ हजार थान आरडिटी किट र त्यसपछिको २ चरणमा २ लाख २१ हजार थान आरडिटी किट करिब १३ करोड रुपैयाँमा खरिद गरेको हो। दोस्रो र तेस्रो चरणमा २ लाख २१ हजार वटा किट किन्दा प्रतिकिट ५६५ नेपाली रुपैँयाका दरमा किनिएको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'अब एन्टिजिनमा आधारित ३ लाख किट खरिदका लागि पनि मन्त्रीले मन्त्रालयको उच्चस्तरीय समितिमा निर्देशन दिइसक्नु भएको छ,' मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने, 'एकातिर अनुसन्धान प्रतिवेदनले प्रयोग गर्न मिल्दैन भनेको छ। अर्कोतिर मन्त्री नै आरडिटी किट खरिद गर्न निर्देशन दिनुहुन्छ। हामी त सबै अलमलमा परेका छौं।' 

स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीसहित मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको उच्चस्तरीय कमिटीले आरडिटी किट खरिदका लागि स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखालाई निर्देशन दिएइसकेको हो। आरडिटी किट भरपर्दो नभएको भन्ने कुरा नेपालकै पछिल्ला केही घटनाले समेत प्रमाणित गरेको छ। सुर्खेतमा आरडिटीमा नेगेटिभ भएर घर गएका एक व्यक्तिको मृत्युसमेत भइसकेको छ। मृत्युपछि गरिएको पिसिआर परीक्षणमा भने ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार मात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणअनुसार डोल्पामा मृत्यु भएका ५८ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पोजिटिभ देखिएको छ। ती पुरुषको पनि आरडिटीमा नेगेटिभ नतिजा आएको थियो।  किटको गलत नतिजाका कारण समयमा नै नागरिकले उपचारलगायतका स्वास्थ्य सेवा नपाउँदा ज्यान गुमाउनु पर्ने अवस्था आउँदासमेत मन्त्रालयले आरडिटी किटमा नै जोड दिनु गलत भएको जनस्वास्थ्य विज्ञहरूको भनाई छ। 

मन्त्रालय स्रोतका अनुसार किटको गुणस्तर राम्रो र प्रभावकारी भएको विवरण उपलब्ध गराउन मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाई परिपत्र गरेको छ। मन्त्रालयले परिषद्‍को अघिल्लो प्रतिवेदन लुकाएर थप अर्को अनुसन्धान गर्नसमेत निर्देशन दिएको बुझिएको छ। 'अर्को प्रतिवेदन मन्त्रालयले भनेबमोजिमको बनाउन दबाब दिइएको छ,' परिषद् स्रोतले भन्यो, 'मन्त्रालयले भने अनुसार नै प्रतिवेदन बनाउने हो भने अनुसन्धान किन गर्नु? अनुसन्धानको के अर्थ?' मन्त्रालयले परिषद्‍लाई अध्ययनको जिम्मा दिएको हो। परिषद्‍ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायतका विज्ञहरूसँगको सहकार्यमा अनुसन्धान अगाडि बढाएको हो। 
 
सरकारले धेरै परीक्षण भएको देखाउन आरडिटीमा जोड दिएपनि त्रिभुवन विश्वविद्यालय, माइक्रोबायोलोजी विभागका प्रमुख डा मेघराज बञ्जारा आरडिटीबाट परीक्षण गर्नुको औचित्य नभएको बताउँछन्। ‘विश्व स्वास्थ्य संगठन र सिडिसीले अनुमति दिएको छैन। धेरै गलत नतिजा देखाउने आरडिटीबाट परीक्षण गर्नु र नगर्नुमा कुनै फरक छैन,’ स्वास्थ्यखबरको जिज्ञासमा उनले भने।  यसअघि नेपाल क्लिनिकल माइक्रोबायोलोजिस्ट संघ (एनएसिएम)ले कोरोना पहिचानका लागि गर्ने गरिएको आरडिटी परीक्षण विधि भरपर्दो नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रयोग नगर्न सुझाव दिइसकेको छ। संघले स्पष्ट रूपमा क्वारेन्टाइनमा राखिएको ५ देखि १० दिनभित्र पिसिआर परीक्षण नै गर्न सुझाएको छ। उसले मन्त्रालयलाई दिएको सुझाव भनिएको छ, ‘क्लिनिकल डाइग्नोसिसका लागि आरडिटी परीक्षण बिरामीको पहिचान गर्नका लागि भरपर्दो छैन। त्यसैले गम्भीर प्रकारका बिरामी र कोभिड–१९ का आशंका गरिएका बिरामीलाई यसबाट परीक्षण गर्न हुँदैन।’ 

विज्ञहरुले आरडिटीबाट गरिने परीक्षणमा भर नपर्न निरन्तर सचेत गराए पनि स्वास्थ्य मन्त्रालयले सुनेको नसुन्यै गरिरहेको छ। यसरी सरकारले नै जनस्वास्थ्यमाथि खेलबाड त गरिरहेको छ नै, राज्यको करोडौं रुपैयाँसमेत खर्च गरिरहेको छ। मन्त्रालयले हालसम्म तीन चरण गरेर २ लाख ९६ आरडिटी किट खरिद गर्दा राज्यको झन्डै २० करोड खर्च भइसकेको छ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  १९:०८
  • #कोरोना_अपडेट
  • #स्वास्थ्य_मन्त्रालय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्