• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

४ घण्टा विज्ञलाई सुनेपछि आधा घण्टा बोलेका प्रधानमन्त्रीले भने- हामीले ढिलो गर्‍यौं

64x64
वीरेन्द्र ओली बुधबार, जेठ २१, २०७७  २३:३५
1140x725

काठमाडौं- चैत ११ गते कोरोना भाइरसको संक्रमित देखिन शुरु गरेलगत्तै सरकारले देशभर लकडाउन शुरु गर्‍यो। यो लक डाउन सातौँ पटक थप हुँदै जेठ ३२ गतेसम्म पुगेको छ। चैत ११ गते, चैत १८,चैत २५, बैसाख ३, बैसाख १५,बैसाख २५,जेठ ५, जेठ २० हुँदै जेठ ३२ गतेसम्म सरकारले लकडाउन वढाउने घोषणा गरेको हो। 

यसरी लक डाउन थपिँदै गर्दा सरकारले कोरोना संक्रमण रोक्न सफल भएको दाबी गरिरहेको थियो भने देशमा संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने वृद्धि भइरहेको थियो। संघीय संसदमा उपस्थित भएर सरकार कोरोना संक्रमण रोक्न सरकारको नीति सफल भएको दाबी प्रधानमन्त्री ओलीले गरेका थिए। उनले उक्त सम्बोधन गर्दा तीन जनाले ज्यान गुमाइसकेका थिए। तर प्रधानमन्त्रीको सम्बोधनमा दुई जनाले मात्र ज्यान गुमाएको उल्लेख गरेका थिए। 

बुधबारसम्म कोरोना संक्रमणका कारण ९ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या २३ सय पुगेको छ। यो संख्या अझै वृद्धि हुने निश्चित छ। सरकारले लकडाउन शुरु गर्दा २ जनामा भएको संक्रमण अहिले प्रत्येक दिन तेहोरो अंकले वृद्धि भइरहेको छ। यो अझै बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन्। हाल करिब १ लाख ५० हजार मानिस क्वारेनटाइनमा छन् भने भारतबाट नेपाल आउनेको संख्या पनि बढिरहेको छ। 

निकै ढिलो गरी सरकारले अन्य मुलुकमा फसेका नेपालीको उद्धार गर्ने निर्णय पनि गरेको छ। उनीहरू पनि सबै स्वस्थ व्यक्ति आउँछन् भन्ने ग्यारेन्टी हुँदैन। भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन। नेपालका क्वारेन्टाइनस्थल मापदण्ड अनुसारका नभएको र लामो समससम्म कोरोना संक्रमितसँग अन्य मानिसलाई राख्नुपरेको अवस्था छ भने परीक्षण निकै कम छ। यी सबै कारण पहिल्याउँदै जाने हो भने संक्रमितको संख्या अझ निकै बढ्न सक्ने जनस्वास्थ्यविद्हरुको भनाइ छ। 

त्यस्तै सरकारको लकडाउन बढाउनेबाहेक अन्य विकल्प नदिएपछि श्रम गरी खानेदेखि व्यवसाय गर्नसम्म अहिले सरकारको नियमतको प्रतिकारमा उत्रन थालेका छन्। काठमाडौँ र जिल्ला बाहिर केही स्थानमा  व्यवसायीहरु आन्दोलनमै उत्रन थालेका छन्। त्यस्तै व्यवसायीले प्रधानमन्त्री समक्ष अब उल्लंघनमा उत्रन बाध्य हुने चेतावनी दिइसकेका छन्। यसरी लकडाउन नै उपयुक्त विकल्प भनेर बसेका प्रधानमन्त्री ओली अहिले भने यसलाई फरक रुपमा सोच्ने मुडमा पुगेको देखिन्छ। बालुवाटारमा उनले बुधबार विभिन्न क्षेत्रका २५ जना विज्ञहरु समक्ष पनि यही कुरा राखेका छन्। जनस्वास्थ्य र योजना आयोगका पूर्व उपाध्यक्षहरुसमेतका विज्ञ सहभागी भएको उक्त छलफलमा प्रधानमन्त्रीले पहिलोपटक अरुका कुरा सुनेका थिए। सधैँ बालुवाटारमा हुने छलफलमा आफैँ हाबी हुने प्रधानमन्त्री पहिलो पटक गम्भीर भएर विज्ञको कुरा सुनेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री ओलीले विज्ञसँगको छलफलमा आधा घन्टा जति सम्बोधन गरेर आफ्नो भनाई टुंग्याएका थिए। ‘हामीले पहिलो पटक यसरी विभिन्न क्षेत्रका विज्ञहरूलाई बोलाएर छलफल गरियो। यसअघि नै यस्ता छलफल गर्नु पर्ने थियो त्यो विभिन्न कारणले गर्न सकेनौँ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै छलफलमा सहभागी एक जना विज्ञले भने, ‘अब यसरी अर्को पटक चिकित्सकहरूको छुट्टै समुह बनाएर स्पेशल छलफल फेरी गर्नेछु।’  छलफलमा निकै थाकेका ओलीले आएका सुझावहरु राम्रो भएको र सबै अहिले कार्यान्वयन गर्न सम्भव नभएकाले आवश्यक सुझाव कार्यान्वयन गर्ने बताए। 


‘सरकारले कोरोना नियन्त्रणमा स्पेशल विज्ञहरुको समूह बनाएर जाने योजना बनाएको छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हामीले यो धेरै पहिला गर्नुपर्ने थियो। ढिलो भयो तर अब पनि प्रभावकारी काम गर्न सकिएला।’ सबै क्षेत्रका विज्ञहरुका एक एक गरी सबैको सुझाव सुनेपछि अन्तिममा जवाफ दिएका उनले विज्ञ समुह गठनदेखि लकडाउनको मोडल परिर्वतन गर्ने विषयमा आफू सकारात्मक रहेको जानकारी दिए। 

क्वारेनटाइन र लकडाउनबारेमा सच्चाउन भनेका छौँ : डा समीरमणि दीक्षित
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा लकडाउनलाई कसरी हेर्ने भन्नेमा केन्द्रित भएको थियो। सधैं लकडाउन राखी राख्ने कि खुकुलो पार्ने कि भन्नेमा हाम्रो पक्षबाट धेरै सुझाव दिइयो। विभिन्न क्षेत्रका विज्ञहरुको राय एकै थियो लकडाउनलाई खुकुलो पार्नै पर्छ। राज्यले आफूलाई भ्याईनभ्याई भएको छ तर निजीलाई अस्पतालाई परीक्षणमा ल्याउन सबैले सुझाव दिइयो। 

परीक्षणको दायरा बढाउन निजी र गैरसकारीलाई नल्याएर हुँदैन भन्ने सुझाव दिएका छौँ। कारोना संक्रमण नियन्त्रणमा सरकारले गर्न नसकेकाले यस्तो छलफल गर्नु राम्रो छ। यसलाई निरन्तरता दिन सके अझै राम्रो हुने सुझाव दिइयो। यदि सरकार सफल भएको भए यस्तो छलफल गर्नु पर्ने जरुरी नै थिएन। क्वारेन्टाइनमा धेरै मान्छेहरु मरिरहेका छन्। क्वारेन्टाईनमा बाँच्न जाने हो तर मान्छे मर्न गए जस्तो भयो। यस विषयमा चिकित्सकलगायत अन्य क्षेत्रका विज्ञहरुले क्वारेन्टाइनको मोडालिटीमा परिवर्तन गर्नुपर्ने हो कि भन्ने सुझाव दिइएको छ। 

क्वारेन्टाईन र आइसोलेसनलाई सँगैसँगै राख्नुपर्ने ठाउँमा घर वा अन्य कुनै ठाउँमा राखेर गर्न सकिने सुझाव दिइएको छ। परीक्षणको दायरा बढाउन सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भयो। यति धेरै क्षेत्रका विज्ञहरूलाई बोलाएर सँगै छलफल गराउँनु ठूलो कुरा हो। उहाँले पहिले नै गर्नुपर्ने थियो, गर्न सकेनौँ। ढिलो भएपनि राम्रो भयो भन्नुभयो। फेरि यस्तो बैठक राख्छौँ भन्नु भएको छ। चिकित्सकहरुको छुट्टै सञ्जाल राखेर साझा छलफल र सुझाव लिने भन्नु भएको छ यसले राम्रै गर्ला। प्रधानमन्त्रीले यति धेरै सुझाव आएका छन् सबै लिन सकिँदैन तर अति आवश्यक छानेर कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।
 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  २३:३५
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन यसका लागि गठित ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। महामन्त्री एव... आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने पार्टी सचिवालयको आइतबार बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्र... आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत सेप्टेम्बर २२ देखि २८ सम्म महासभाको सामान्य बहस हुनेछ। यस क्रममा विश्वक... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्