म्याड्रिड- स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले स्पेनमा अन्तिम पटक थप अन्तिम दुई साताका लागि बन्दाबज्दीको समय बढाउनका लागि संसदको अनुमति मागेको आइतबार सरकारी अधिकारीले जानकारी गराएका छन्।
उनले स्पेनमा कोरोना भाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा कम भएको भए पनि अझै पूर्ण नियन्त्रणमा आइ नसकेको भन्दै आगामी जुन २१ गतेसम्म बन्दाबन्दी (लकडाउन)लाई बढाउने सोचका साथ अघि बढेका हुन्।
स्पेनमा जुन ७ मा लकडाउनको अवधि सकिँदैछ। समाजवादी विचार राख्ने प्रधानमन्त्री साञ्चेजले आइतबार एक पत्रकार सम्मेलनमा आफूले लकडाउनको अवधिलाई अन्तिम पटक दुई हप्ता बढाउन चाहेको बताएका छन्।
उनले कोभिड–१९ का कारण निकै ग्रस्त बनेको स्पेनले कोरोना भाइरस विरूद्धको लडाईंको उत्तरार्धतिर पुगेको भएपनि समस्या पूर्ण नियन्त्रणमा भने आइनसकेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।