काठमाडौं- आइतबार थप चार जिल्लामा कोरोना संक्रमण थपिएको छ। आइतबार बाजुरा, तनहुँ, कालिकोट र सल्यानमा नयाँ कोरोना संक्रमित फेला परेका छन्। हालसम्म देशभर संक्रमितको संख्या १५ सय ६७ पुगेको छ। आइतबारमात्र १६६ जना थपिएका छन् भने सबैभन्दा धेरै संक्रमित प्रदेश- २मा रहेका छन्।
प्रदेश- २ पछि प्रदेश- ५ र प्रदेश-१ मा रहेका छन्। विगतमा कम संक्रमित रहेको कर्णाली प्रदेशमा पनि कोरोना संक्रमित देखिइरहेका छन्। आइतबार क्वारेन्टाइनमा रहेका दुई जनाले ज्यान गुमाएका छन्।
दैलेखेको दुल्लु नगरपालिका- ३५ वर्षीया पुरुषको मृत्युपछि परीक्षण रिर्पोट पोजेटिभ आएको छ। उनी केही दिनदेखि उक्त नगरको क्वारेन्टाइनमा बस्दै आएका थिए। त्यस्तै बाजुराकी २ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ। जेठ १५ गते बाजुरा अस्पताल भर्ना भएकी ती बालिका यसअघि आमासँग क्वारेन्टाइनमा बस्दै आएकी थिइन्। भारतबाट आफ्ना अभिभावकसँग उनी बाजुरा फर्किएकी थिइन्। योसँगै मृत्यु हुनेको संख्या ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तो छ प्रदेशगत विवरण
प्रदेश | जिल्ला | संक्रिमित |
१ | ९ | १६५ |
२ | ८ | ६२४ |
बागमती | १२ | ४५ |
गण्डकी | ६ | २३ |
५ | ९ | ५६० |
कर्णाली | ५ | १२३ |
सुदूरपश्चिम | ८ | २७ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।