काठमाडौं- बाजुरा जिल्लाको क्वारेन्टाइनमा बसेको अवस्थामा मृत्यु भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। उनको हिजो बिहान साढे २ बजे मृत्यु भएको थियो।
यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। जेठ १५ मा बाजुरा जिल्ला अस्पतालमा आएकी ती बालिकाको उमेर २ वर्ष छ। उनको १६ गते स्वाब संकलन गरी सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।