काठमाडौं- विभिन्न १३ विद्यार्थी संगठनहरूले आगामी आर्थिक वर्षको बजेटमा समेटिएको शिक्षा क्षेत्रको बजेटलाई लिएर विरोध जनाएका छन्।
शनिबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघलगायतका विभिन्न १३ विद्यार्थी संगठनले शिक्षामा कम्तिमा पनि २० प्रतिशत बजेट छुट्याइनुपर्नेमा ११ प्रतिशतमात्र बजेट छुट्याइएको लगायतका विषयमा विरोध जनाएका थिए।
नेपाल विद्यार्थी संघ‚ अखिल (क्रान्तिकारी)‚ समाजवाद विद्यार्थी युनियनलगायतका संगठनले विरोध जनाएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।