• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अर्थमन्त्रीज्यू, काठमाडौंमा मात्रै चलाउने अनलाइन क्लास?

प्रवीण शर्मा शनिबार, जेठ १७, २०७७  २०:२२
1140x725

अर्थमन्त्रीज्यू,
नमस्कार!
एक वर्षको बजेट बनाउँदा र बजेट भाषण गर्दा थाक्नु भएको होला, आराम पनि गर्नु पर्‍यो। हजुरको आरामलाई केही असर नपर्ने गरी आराम गर्दै सुतेरै भए पनि मोबाइलमा पढ्न मिल्ने गरी सानो सन्देश लेख्ने सोच बनाएँ। हजुर यो सन्देश पाउन सक्ने, मोबाइल र इन्टरनेट दुवै सुविधा भएको समूहमा पर्नुहुन्छ र आशा छ हजुरको मोबाइलसम्म यो पुग्छ।

मन्त्रीज्यू, धेरै भूमिका बाध्न चाहिनँ किनकि हजुर आफै पढ्न भ्याउनुहुन्छ/हुन्न, अरुले पढिदिएर हजुरलाई सुनाउनेले पूरा नसुनाउलान् कि। त्यसैले 'टु दि पोइन्ट' जाम है त। आफू बोल्नुभन्दा पहिले हजुरकै बोली बोल्न मन लाग्यो। हैन हैन लेख्न मन लाग्यो। आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा हजुरले बोलेको यो बोली यदि मैले भुलले फरक लेखेको भए माफ गरिदिनु हुनेछ र मिलाएर बुझिदिनु हुनेछ भन्ने विश्वास लिएको छु। 

'कोभिड-१९ को कारण पठनपाठनमा सिर्जना भएको अवरोधलाई दृष्टिगत गरी भर्चुअल कक्षा संचालन, अनलाइन शिक्षा तथा टेलिभिजन एवम् रेडियोमार्फत् नयाँ शैक्षिक वर्षको पठनपाठन अघि बढाइनेछ। संक्रमण जोखिमको कारण विद्यार्थीमा परेको मनोसामाजिक असर निवारण गर्न सकारात्मक सोचसहित सिर्जनशिलता विकासका क्रियाकलाप संचालन गरिनेछ,' यो हजुर कै बोली हो नि है?

यो सुन्दा एकदम मज्जा आयो मन्त्रीज्यू र खुशी पनि लाग्यो। मज्जा यो कुरामा आयो कि सायद हाम्रो शिक्षामन्त्रीज्यूले कोरोनाले देशको शिक्षामा पारेको असरको राम्रो अध्ययन गरी गज्जब सल्लाह दिनु भएछ हजुरलाई। र खुशी यो कुरामा लाग्यो बजारमा अब रेडियो, टेलिभिजन अनि इन्टरनेट बेच्नेका त दिन आउने भए।

मन्त्रीज्यू, जनतासँग एउटा तथ्यांक छ र यदि यो तथ्यांक सही हो र हजुरले बनाएको बजेट तथ्यांकमा आधारित हो भने धेरैका दिन आउने कुरा पक्का भयो। अरुको आओस् नआओस, विद्यार्थीका मात्र दिन आए पनि हामी धेरै खुशी हुने थियौँ। हुन त नमरी स्वर्ग देखिँदैन पनि भन्छन् है। अनि फेरि कि पढेर हो, कि परेर हो सिक्ने पनि भनेको सुनिन्छ। तर कताकता नेपाल जस्तो देशमा एक्कासी अनलाइन तथा भर्चुअल कक्षाको कुरा सुन्दा 'जब पर्‍यो राती तब बूढी ताती' भन्ने उखान सत्य सावित हुन खोज्दैछ जस्तो लाग्यो। सायद मलाई मात्र लागेको होइन होला। खै र! छोडौँ यो कुरा अनि लागौ तथ्यांकतिर।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय जनसंख्या र आवास जनगणना २०११ अनुसार नेपालमा ७.२८ प्रतिशत घरधुरी वा परिवारमा मात्र कम्प्युटर छ, जबकि ३.३३ प्रतिशतसँग इन्टरनेट सुवधिका छ। त्यस्तै रेडियो, टेलिभिजन र मोबाइल फोनको स्वामित्व क्रमशः ५०.८२ प्रतिशत, ३६.४५ प्रतिशत र ६४.६३ प्रतिशत छ। हुनत सन् २०११ पछि देश कहाँदेखि कहाँ पुगिसक्यो भन्ने कुरा आयो होला हजुरको विचारमा। २०११ पछि विश्वव्यापीकरण र टेक्नोलोजीमा विकासका कारण यी सुविधाहरूको स्वामित्व नाटकीय रूपमा बढेको अपक्षा छ। तर सहरी र ग्रामीण क्षेत्रका मानिसमा यी स्रोतहरूको वितरणमा असमानता अझै उच्च छ। 

वार्षिक घरेलु सर्वेक्षण २०१६-१७  अनुसार कम्तीमा एउटा मोबाइल फोन नेपालका ८८.४ प्रतिशत घरपरिवारमा मात्र छ । टेलिभिजन ४४.८ प्रतिशत घरमा छ। इन्टरनेट विश्वभरको जानकारी पाउन सजिलो संचार माध्यम भएपनि तर हाल नेपालका १२.७ प्रतिशत घरधुरीले मात्र इन्टरनेट प्रयोग गर्छन्। हामी कसरी यस सन्दर्भमा भर्चुअल शिक्षातिर अचानक छलाङ मार्ने अपेक्षा गर्न सक्छौं? यसले नेपालजस्तो मुलुकमा अझ बढी चुनौती पार गर्नुपर्ने देखाउँछ। तथ्यांकले स्पष्ट रूपमा देखाउँछ कि सबै विद्यार्थीहरूले इन्टरनेटमा पहुँच राख्न सक्दैनन्।

माथिका तथ्यांकको आधारमा सहर-ग्रामीण क्षेत्रको अनुपात कति छ त्यो मैले यहाँ लेखिनँ, संदेश लामो होला कि भनेर। सक्नु हुन्छ भने हजुरको कर्मचारीमार्फत तथ्यांकको आधारमा सहर-ग्रामीण क्षेत्रको अनुपात कति छ एकपटक बुझ्ने प्रयास गरिदिनुहोला है बिन्ति छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जति सजिलो काठमाडौंमा बस्ने अनि इमेल र इन्टरनेटबाट परीक्षा दिने विद्यार्थीलाइ छ, त्यो कर्णालीको विकट गाउँमा बस्नेलाई छैन। बजेट काठमाडौंको अनलाइन तथा भर्चुअल मिटिङबाट बनाउन सम्भव भयो भन्दैमा कर्णालीको विकट गाउँको एउटा किसानले छोराछोरीलाई इमेलको "ई" मात्र पनि सिकाउन सक्ला भनेर दिवासपना नदेख्ने पो हो कि? किनकि शिक्षाको अधिकार सबैलाई बराबर नै छ होला संविधानमा। 

बजेट भाषणमा कोरोना संक्रमण जोखिमको कारण विद्यार्थीमा परेको मनोसामाजिक असर निवारण गर्न सकारात्मक सोचसहित सिर्जनशीलाता विकासका क्रियाकलाप संचालन गरिनेछ भनेर भनिरहँदा टर्चवाला टिक-टिके मोबाईल समाई टावर खोज्दै हेलो हेलो गर्दै डाँडा चड्ने गाउँका साइला-काइलाहरूलाई झन् मनोसामाजिक असर थुपार्दै त छैनौँ हामी? एकद्वार प्रणाली भनेजस्तै सहरमुखी एक नजरवाला भएर ठूलाठूला कलेज र विश्वविद्यालयको श्रोत, साधन र सुविधा अनि उनीहरूको पठनपठानलाई मात्र आधार मानी बजेट भाषणमा सो कुरा बोल्नु भएको हो भने मलाई भन्नु केही छैन। तर यदि नेपालमा विकट गाउँ पनि छन् अनि घण्टौँ हिडेर टिनको छानामुनि पढ्न जाने स्कुले विद्यार्थी पनि छन् है भन्ने कुरामा विश्वास छ भने अर्थमन्त्रीज्यू तपाईको बजेटले अनलाइन र भर्चुअल कक्षा संचालन गर्न एक घर एक रेडियो मात्र पनि पुर्‍याउन सक्छ?

[email protected]

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्