काठमाडौं- शनिबार प्रदेश-१ को संखुवासभामा पनि कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका छन्। योसँगै संक्रमितहरूको फैलावट ५३ जिल्लामा पुगेको छ। संखुवासभामा २ जनामा संक्रमण देखिएको हो।
शनिबार १ सय ८९ जना थपिएका छन्। ललितपुरमा पनि एक जना थपिएका छन्। शनिबार सबैभन्दा धेरै २९ जना कपिलवस्तुको यशोधराका रहेका छन्।
प्रदेश- २ र ५ मा ५ सय ४७ जना संक्रमित रहेका छन्। दैलेखको दुल्लु नगरपालिकाको क्वारेनटाइनमा एक जनाको मृत्यु भएको तर परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। हालसम्म कोरोना संक्रमितको संख्या १४ सय १ पुगेको छ। जसमा १२ सय ८८ पुरुष १ सय १३ महिला रहेका छन्।
प्रदेशगत विवरण
| प्रदेश |
जिल्ला |
संक्रमित |
| १ |
९ |
१६० |
| २ |
८ |
५४७ |
| बागमती |
१२ |
४५ |
| गण्डकी |
५ |
२० |
| ५ |
९ |
५४७ |
| कर्णाली |
३ |
६१ |
| सुदूरपश्चिम |
७ |
२१ |
| |
जम्मा- ५३ |
१४०१ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।