काठमाडौं- शनिबार प्रदेश-१ को संखुवासभामा पनि कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका छन्। योसँगै संक्रमितहरूको फैलावट ५३ जिल्लामा पुगेको छ। संखुवासभामा २ जनामा संक्रमण देखिएको हो।
शनिबार १ सय ८९ जना थपिएका छन्। ललितपुरमा पनि एक जना थपिएका छन्। शनिबार सबैभन्दा धेरै २९ जना कपिलवस्तुको यशोधराका रहेका छन्।
प्रदेश- २ र ५ मा ५ सय ४७ जना संक्रमित रहेका छन्। दैलेखको दुल्लु नगरपालिकाको क्वारेनटाइनमा एक जनाको मृत्यु भएको तर परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। हालसम्म कोरोना संक्रमितको संख्या १४ सय १ पुगेको छ। जसमा १२ सय ८८ पुरुष १ सय १३ महिला रहेका छन्।
प्रदेशगत विवरण
प्रदेश | जिल्ला | संक्रमित |
१ | ९ | १६० |
२ | ८ | ५४७ |
बागमती | १२ | ४५ |
गण्डकी | ५ | २० |
५ | ९ | ५४७ |
कर्णाली | ३ | ६१ |
सुदूरपश्चिम | ७ | २१ |
| जम्मा- ५३ | १४०१ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।